"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बेथिति विरुद्ध बेलौरीका बोहरा आमरण अनशनमा

No data was found

Khabar Raftar

माघ २१ कञ्चनपुर । भ्रष्टाचार विरुद्ध विभिन्न १३ बुँदे मागहरु राख्दै जेनजी समूहका युवा केशवकुमार बोहरालले आमरण अनशन सुरु गरेका छन् । जेनजी समूहका युवा बोहराले मंगलबार दिउँसो देखि स्थानीय तहमा मौलाएको भ्रष्टाचार, बेथिति र कुशासन विरुद्ध आमरण अनशन सुरु गरेका हुन् ।

सूचनाको हक बमोजिम बेलौरी नगरपालिकालाई विभिन्न विषयमा अनुदान, योजना, बजेट र ठेक्का सम्बन्धी सूचना माग गरिए पनि बेवास्ता गरिदा बाध्य भएर आमरण अनशन बस्नुपरेको बोहराले बताएका छन ।

अनसनरत बोहराले शिक्षा क्षेत्रमा बजेट, दिवा खाजा, नियुक्ति र व्यावस्थापनमा भएको भ्रष्टाचार, अनियमित्ता छानबिन गरी पारदर्शी शिक्षा प्रणाली लागू गर्न, नगर अस्पताल तथा स्वास्थ्य चौकीमा औषधी, जनशक्ति र सेवामा भएको बेथिति अन्त्यगरी निःशुल्क गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिनु पर्ने माग राखेका छन् ।

त्यसैगरी, खानेपानी आयोजनामा भएको अनियमित्ता र भ्रष्टाचारको छानबिन गरी नगर भित्रका सबै घरधुरीमा सुरक्षित खानेपानीको व्यवस्था गरिनुपर्ने, कृषकलाई उपलब्ध गराइनु पर्ने अनुदानमा भएको दुरुपयोग रोक्दै वास्तविक किसानलाई मात्रै सेवा उपलब्ध गराइनु पर्ने, खेलकुदका क्षेत्रमा सुधार गरिनु पर्ने, बजारमा हुने कालोबजारी अन्त्यगरी प्रभावकारी बजार अनुगमन सञ्चालन गरिनु पर्ने माग उनले राखेका छन् ।

यसका साथै १८ वर्ष मुनिका बालबालिकालाई सुर्तीजन्य पदार्थ तथा मदिरा बिक्री गर्न रोक लगाइनु पर्ने, सूचनाको हकको हनन् गर्ने पदाधिकारी तथा कर्मचारीलाई कारबाही गरिनु पर्ने,बेलौरी नगरपालिकामा अवैध तरिकारले नियुक्ति गरिएका अस्थायी कर्मचारीको नियुक्ति बदर गरिनु पर्ने, अलपत्र परेका सडक यथा शिघ्र मर्मत गरिनु पर्ने, ढल निकासको दीर्घकालीन व्यवस्थापन गर्नु पर्ने, युवालाई रोजगारी, उद्यमशील र आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गरिनु पर्ने लगायतका मागहरू राख्दै जेनजी समूहका युवा बोहरा दुई दिन देखि बेलौरी बजारस्थित भीमदत्त चोकमा अनशन बसेका हुन ।

माग सम्बोधन नभए सम्म शान्तिपूर्ण रूपमा अनिश्चितकालिन अनशनमा बस्न उनले चेतावनी दिएका छन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान