माघ १७ बाजुरा । पर्यटकीय स्थलका रुपमा चिनिँदै आएको बाजुराको खप्तड छेडेदह गाउँपालिकाका वडा नम्बरं ४ र ७ को बीचमा पर्ने छेडेदह तालमा हिउँजमे पछि झनै सुन्दर बनेको छ । प्रकृतिको उपहार मानीने छेडेदह तालमा केही दिन देखि हिउ जमेपछि झनै सुन्दर बनेको हो । आफैमा निकै सौन्दर्य तालमा हिउ जमेपछि झनै सुन्दर बनेको छ ।
तालले त्यहाँ आउने गरेका आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लोभ्याउने गरेको छ । तीर्थस्थल समेत रहेको उक्त तालमा अहिले आन्तरिक तथा बाह्पर्यटकहरु भित्रिने क्रम बढ्दै गएको छ । त्याहा आउने गरेका पर्यटकहरुले तालको वरिपरि देउडा खेल्ने नाचगान गर्ने गरेका छन । गत मङ्गलबार बेलुकी बाक्लो हिमपात भएपछि अहिले उक्त तालमा हिउँ जमेको छ ।
ताल बाहिर र ताल भित्र समेत हिउँ देखिने गरेको छ । बाहिर हिउँको छाया भित्र तालमा पर्ने गरेकाले अहिले यो तालमा भित्र र बाहिर दुबै ठाउँमा हिउँ देखिने गरेको हो । जसका कारण त्यहाँ जाने जो कोही पर्यटक आन्दीत हुने गरेका छन । स्थानीय बिमल रावतले हिउँदमा हिमपातले सेताम्य र वर्खाको समय यसको चारै तिरको हरियालीले तालको महिमा निकै बढ्ने गरेको बताए ।
आफैमा निकै सौन्दर्यता देखिने ताल पछिल्लो समय सबैको रोजाईमा पर्ने गरेको बताउदै उनले ताल बाजुरा देखि छिमेकी जिल्ला बझाङ्ग जाने बीच बाटोमा पर्ने बताए । बाजुरा जिल्लाको प्रकृतिको उपहारको रुपमा रहेको ताल संरक्षण तथा प्रवद्धनको प्रखाईमा रहेको उनले बताए । समयमै तालको संरक्षण तथा प्रवद्धन गर्ने हो भने तालबाट स्थानीयको आर्थिक अवस्थामा निकै परिवर्तन आउने स्थानीय रावतले बताए ।
यती बेला विभिन्न राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्ताहरु घरदैलो चुनावी अभियानको मैदानमा रहेको बताउदै उनले नाईना , सुदारा , ओलीगाउँ , आटीचौर, बुढावाडा , लम्गाउँ हुँदै डोगडी जाने बीच बाटोमा रहेको उक्त तालमा उनीहरुले गाडी रोकेर फोटो खिच्ने गरेको उनले जानकारी गराए ।
तालको संरक्षण तथा प्रवद्धन गर्ने कार्य पार्टीको पहिलो प्राथमिकतामा रहने उम्मेदावरहरुले बताउने गरेको उनलदे बताए । ताल स्थानीयका बीचमा लामो समय सम्म विवादमा रहदै आएको बताउदै उनले विवाद अहिले पनि नटुङ्गिएको बताए ।
त्यसैगरी ताल केही वर्ष देखि पहिरोको उच्च जोखिममा रहेको बताउदै उनले त्यसबाट बचाउँन सके पछि मात्रै यसको विवादित विषयको पनि टुङ्गो लाग्ने बताए । त्यसैगरी खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले तालको वरिपरि रहेको सबै क्षेत्रलाई सेक्टर विभाजन गर्ने गरी संरक्षण तथा प्रवद्र्धन कार्यलाई अगाडी बढाउने योजना रहेको जानकारी गराए ।


