"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राना थारु समुदायको डोली – चन्डोल बोक्ने परम्परा संकटमा

No data was found

Khabar Raftar

माघ १६ धनगढी । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा संकटमा परेको छ । आधुनिक जीवनशैली, यातायातको सहज पहुँच र बदलिँदो सामाजिक सोचका कारण राना थारु समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा संकटमा परेको हो ।

पुस्तौँदेखि निरन्तर चल्दै आएको मौलिक सांस्कृतिक अभ्यास संरक्षणको गम्भीर चुनौतीमा परेको स्थानीय राना समुदायका अगुवा र संस्कृतिविद्हरुले बताएका छन । विवाहका अवसरमा दुलहाका लागि ‘चन्डोल’ र दुलहीका लागि ‘डोली’ प्रयोग गर्नु राना थारु समुदायको सदियौँ पुरानो चलन हो । यसले समुदायको सामाजिक प्रतिष्ठा, आपसी सम्बन्ध र विशिष्ट सांस्कृतिक पहिचानलाई उजागर गर्ने गरेको छ ।

परम्परागत रूप्मा बाँस, कपडा र स्थानीय सामग्री प्रयोग गरी तयार गरिने डोली–चन्डोल केवल विवाहमा दुहला, दुलहरी बोक्ने साधन मात्र नभई संस्कार, आस्था र सामाजिक मूल्यको प्रतीक मानिन्छ । नेपाल राना थारु समाजका केन्द्रीय सदस्य रामशाह रानाले बेहुलीका लागि तयार गरिने डोली बाँसबाट निर्माण गरिने बताए ।

डोलीको माथिल्लो भाग सेतो कपडाले बेर्ने बताउदै उनले बाँसकै छतरी बनाइने बताए । डोली भित्र चारपाई (डोरीले बुनिएको खटिया) राखी चारैतिर रङ्गीविरङ्गी कपडाले सजाइने उनले बताए । पहिले कछनीको कपडाको प्रयोग बढी हुने गरेको बताउदै उनले दुलहा बस्ने चन्डोल पनि बाँसबाटै तयार गरिने बताए । बाँसका डण्डालाई चारैतिर बाँधेर बीचमा छतरी राखिने बताउदै उनले कण्डी, फुलवा तथा अर्सा कपडाले आकर्षक ढङ्गले सजाइने बताए ।

चन्डोल र डोली सजाउने काममा परिवारका सदस्य तथा आफन्तको सक्रिय सहभागिता रहने बताउदै उनले जसले सामूहिकता र सामाजिक एकताको भाव झल्काउँने बताए । विवाहको दिन दुलहालाई चन्डोलमा चढाउनु अघि घरमै विशेष संस्कार गरिने बताउदै उनले दिदीबहिनीले हल्दी (बेसार) कुटेर बेहुलाको शरीरमा दल्ने चलन भएको बताए । जसले रोगव्याधि हट्ने र शुभता ल्याउने जनविश्वास राना थारु समुदायमा रहेको उनले बताए ।

त्यसपछि बेहुलालाई नुहाईधुवाई गराई टाउकोमा सेतो पगडी, शरीरमा नयाँ कपडा, कम्मरमा सेतो फेटा र कटारो बाँधिने उनले बताए । बहिनी–ज्वाइँ र भिनाजुले ढाल–तरबार बोक्ने चलन पनि रहेको रानाले बताए । दुलहालाई चन्डोलमा बसाल्नु अघि ‘निम्तो हाल्ने’ अर्थात् दक्षिणा दिने र टीकाटालो गर्ने बताउदै उनले चन्डोल भित्र गद्दा र गुदरिया ओछ्याइएको खटियामा दुलहासँगै उनका भाइलाई पनि बसाइने बताए ।

जसलाई ‘सौविल्ला’ भनिने बताउदै उनले दुलहा एक्लो नहोस् भन्ने मान्यताका आधारमा यो चलन विकसित भएको बताए । चन्डोलमा बसेका दुलहा र सौविल्लालाई दिदीबहिनी, फूपू तथा आफन्तले फूल, पैसा र अक्षताले पूजा गर्ने बताउदै उनले जसलाई राना थारु भाषामा ‘न्यौछार’ गर्ने भनिने बताए । डोलीमा भने दुलहीलाई मात्रै चढाइने परम्परा भएको उनले बताए ।

दुलहीलाई पनि दिदीबहिनीले हल्दी लगाउने, नुहाए पछि बेहुलाको घरबाट पठाइएको लुगा लगाइ दिने र अक्षता, फूल–पैसाले पूजा गर्ने चलन भएको बताए । राना थारु अगुवा रतनबहादुर रानाका अनुसार पहिले दुलहीले सेतो कपडा र बम्बै घघँरिया लगाउने प्रचलन थियो । अहिले त्यो चलन विस्तारै हराउँदै गएको बताउदै, उनले आधुनिक फेसन र महँगा लुगाले परम्परागत पहिरन विस्थापित हुँदै गएको   बताए ।

पहिले दुलहालाई भिनाजु र बहिनीज्वाइँ गरी चार जनाले चन्डोलमा काँधमा बोकेर बेहुलीको घर पुर्याउने र विवाह सम्पन्न भएपछि दुलहीलाई दाजुभाइ तथा भतिजाले डोलीमा काँधमै बोकेर बेहुलाको घरसम्म पुर्याउने चलन रहेको बताउदै उनले गाउँदेखि गाउँसम्म डोली–चन्डोल बोकेर हिँड्दा वातावरण उत्सवमय हुने भए पनि अहिले यो दृश्य बिरलै देख्न पाइने बताए ।

हाल घरभन्दा केही परसम्म मात्र रीतिथिति जोगाउन डोली र चन्डोलमा बोक्ने गरिएको रानाका अगुवा रानाले बताए । त्यसपछि बस, कार वा अन्य सवारीसाधन प्रयोग गरेर गन्तव्यमा पुर्याइने बताए । डोली–चन्डोल बोक्ने चलन हराउँदै गएको प्रति गहिरो चिन्ता गर्दै राना थारु समुदायका अगुवा बालसुग्रिव रानाले पहिला डोली–चन्डोल बोक्दा काँध पुरै सुन्निने गरेको स्मरण गर्दे अब ती दिन सम्झनामा मात्र सीमित हुँदै गएको बताए ।

आधुनिक सवारी साधनको प्रयोगले सहजता दिएको बताउदै उनले समुदायको मौलिक चालचलन र संस्कार ओझेलमा पर्न थालेको बताए । परम्परागत पहिरनको साटो अचेल बेहुलाले कोटपाइन्ट, टाइ र दुलहीले आधुनिक तथा महँगा लुगा लगाउने चलन बढ्दै गएको उनले बताए । यसले राना थारु समुदायको मौलिक पहिचान झल्काउने संस्कृति कमजोर बन्दै गएको उनले बताए ।

स्थानीय  अगुवाहरुले आधुनिकतालाई पूर्ण रूप्मा अस्वीकार गर्न नसकिने भए पनि परम्परागत संस्कार र संस्कृति जोगाउन नयाँ पुस्तामा चेतना आवश्यक रहेको बताएका छन । डोली–चन्डोल जस्ता सांस्कृतिक प्रतीक संरक्षण गर्न समुदाय, स्थानीय तह र सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको थारु बुद्धिजीवी गेदुराम रानाले बताए ।

“राना थारु समुदायको डोली–चन्डोल परम्परा केवल विवाह संस्कारको एउटा हिस्सा मात्र नभई सामूहिक पहिचान, सामाजिक सम्बन्ध र सांस्कृतिक गौरवको प्रतीक भएकाले यसलाई जोगाउनु आवश्यक भएको उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान