"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको बन्दगडामा मष्टा धाम निर्माण

No data was found

Khabar Raftar

माघ १६ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ बन्दगडाको कौसी गंगाको छेउमा ६५ बिघा जमिनमा मष्टा धाम निर्माण गरिएको छ । धाम क्षेत्रलाई पाँच भागमा विभाजन गरेर मन्दिर लगायतका भौतिक संरचनाहरू निर्माण गरि मष्टा धाम निर्माण गरिएको हो ।

धाममा दुधे मष्टो र दाडे मष्टाका थानहरू सहित १२ वटै मष्टाका शीलाहरू राखिने मष्टा धाम विकास समितिका अध्यक्ष गणेश जिवी साउँदले बताए । बन्दगडामा विश्वको एक मात्र मष्टा धाम बनाएको बताउदै उनले विश्वमा मष्टाको धाम नभएको बताए ।

माघ १९ गते शीला राख्ने बताउदै उनले मष्टा देवता पञ्जावको जलान्धरबाट पनि शीला ल्याएको बताए । माघ २३ गते प्राण प्रतिष्ठान गनेृ बताउदै उनले बन्दगडामा २०७५ साल देखि मष्टा धाम निर्माण कार्य सुरु गरिएको बताए । धाम निर्माणका लागि स्थानीयले भूमि दान गरेको जानकारी गराउदै उनले धाममा पश्चिमको महाकाली देखि पूर्वमा त्रिशूली नदीका शीलाहरु ल्याइएको बताए ।

भारतको पञ्जावबाट समेत शीला ल्याइएको जानकारी गराए । त्यसैगरी मष्टा धाम व्यवस्थापन समितिका सचिव भीमबहादुर साउँदले भौतिक संरचना निर्माणको काम अझै जारी रहेको बताए । दुधे मष्टो र राडे मष्टोको मन्दिर बनाएको बताउदै उनले पार्क बनाउन बाँकी रहेको बताए ।

चार वटा थानहरू भएको बताउदै उनले धार्मिक क्षेत्र भएको बताए । गणेश थान,कालिका थान बनाएको बताउदै उनले मष्टोको नाम फरक–फरक भएको बताए । सबैका लागि धाम बनाएको बताउदै उनले सबैको आस्थाको केन्द्र बनाउने लक्ष्य रहेको बताए । सबैले यो धाममा पूजा गर्न सकुन भन्ने उदेश्यले ११ फिटको मष्टा शीला बनाएको बताए ।

विकास समितिले धनगढीको शिवपुर धाम, बेहडाबाबा मन्दिर, गोदावरी धाम र मष्टा धामलाई धार्मिक पर्यटनका रुपमा विकास गर्ने योजना रहेको उनले बताए । मष्टा धाममा कुल पूजासहित धार्मिक पर्यटकहरू आउने अपेक्षा गरिएको बताए । धाम निर्माणमा हालसम्म करिब तीन करोड खर्च भएको अध्यक्ष गणेश जीवी साउदले बताए ।

तीन करोड खर्च गरेको बताउदै उनले तामाले छाएको दुधु मष्टोको मन्दिर बनाएको बताए । एक दाडे मष्टको मन्दिर र शीलाहरू बनाएको बताउदै उनले एउटा सभा हल बनाउन लागेको बताए । छत लगाउन बाँकी रहेको बताउदै उनले धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गरिने मष्टा धामममा रुद्री पाठ सहित माघ २३ गते प्राण प्रतिष्ठान गरिने जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान