माघ १६ अछाम । अछाममा बालेन शाहको चुनावी कार्यक्रममा सुनको सिक्री चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अछामको साँफेबगर नगरपालिका वडा नम्बर–४ छिपेखोला स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय नजिक सोही पार्टीका बरिष्ठ नेता बालेन शाहको चुनावी भेटघाट कार्यक्रममा भिडभाडको मौका छोपी चोरी गर्ने पर्सा जिल्लाको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर–५ बस्ने ३१ वर्षीय उमेश रायलाई प्रहरीले पक्राउ गरेको हो ।
रायले अछामको साँफेबगर नगरपालिका वडा नम्बर–५ नौंठाना बस्ने ४० वर्षकी सत्यदेवी कुँवरको घाटीमा लगाएको १२ दशमलव १७ ग्रामको सुनको सिक्रि चोरी गर्ने क्रममा उमेशलाई इलाका प्रहरी कार्यालय साँफेवगर, अछामबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको हो । घटना सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Post Views: 13


