"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछामका दुई जना किशोरी हत्या प्रकरणका अभियुक्त फरार भएपछि पीडित परिवार पीडामा

No data was found

Khabar Raftar

माघ १२ अछाम । अछामको ढकारी गाउँपालिका वडा नम्बर–८ घोडासैनकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको निर्मम हत्या गर्ने किशोर कारागारबाट फरार भएपछि पीडित परिवारको पीडा झन् बढेको छ । घटनामा संलग्न एक जना किशोर घटनाको एक वर्ष पछि गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा फरार भएपछि पीडित परिवारको पीडा झन् बढेको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अभियुक्त दुवै किशोर १८ वर्षमूनिका भएकाले उनीहरूलाई बाल न्याय ऐन अनुसार सुधार गृह डोटीमा राखिएको थियो । भदौ २४ गते डोटीस्थित बालसुधार गृहबाट एक जना किशोर फरार भएका थिए । गत वर्ष घटना पछि अछाम प्रहरीले प्रेम सम्बन्धमा यौन प्रस्ताव अस्वीकार गरी नमानेकै कारण हत्या भएको प्रारम्भिक अनुसन्धान सहित निष्कर्ष किालेको थियो ।

प्रहरीका अनुसार घटनामा संलग्न दुई जना किशोरलाई नियन्त्रणमा लिई जिल्ला अदालत अछामबाट म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको थियो । घटनामा अन्य व्यक्तिको संलग्नता भए नभएको, प्राविधिक र पोस्टमार्टम रिपोर्टको निष्कर्षबारे अन्य जिज्ञासाको जवाफ अझै खुल्न बाँकी रहेको छ ।

जिल्ला अदालत अछामका स्रेस्तेदार राइभान कुञ्जेडाका अनुसार आइतबार उक्त घटनाको पेसी तोकिएको थियो । सरकारी वकिल सरुवा भएर नयाँ आएकाले घटनाको फाइल अध्ययन गर्नुपर्ने कारण देखाउँदै पेसी स्थगित गरिएको छ । ‘बालसुधार गृह डोटीबाट एक जना जेन्जी आन्दोलनका बेला फरार भएको खबर आएको बताउदै उनले सम्भवतः अर्को पेसीमा फैसला हुन सक्ने स्रेस्तेदार कुञ्जेडाले बताएका छन ।

मृतक सरस्वतीका बुवा उदयराम खड्काले एक वर्ष बित्दा पनि न्याय नपाएको गुनासो गरेका छन् । ‘एक वर्षदेखि रातदिन रोइरहेको बताउदै उनले हत्यारा फरार भएको सुन्दा झन् छटपटी भएको बताए । घटनाको एक वर्ष बितेको बताउदै उनले अहिलेसम्म पनि न्यायको टुंगो नलागेको बताए ।

आफनी नातिनी र छोरीका हत्यारालाई जन्मकैद हुनु पर्ने बताउदै उनले दोषीलाई कडा सजाय नदिए यस्ता घटना फेरि दोहोरिन सक्ने बताए । प्रहरी अनुसन्धान अनुसार १४ वर्षीया इशरा र १५ वर्षीया सरस्वती ती दुई जना किशोरहरूसँग करिब एक वर्षदेखि फोन सम्पर्क र भेटघाटमा थिए । घटनाको दुई दिनअघि चारै जनाबीच जंगलमा भेट्ने योजना बनेको थियो ।

माघी तिहार मनाउन गाउँ आएका ती किशोरहरू निर्धारित समय भन्दा अगाडि जंगलमा पुगेर खोलाको किनारमा कुरेर बसेका थिए । चारै जनाको भेट भएपछि उनीहरूबीच सामान्य कुराकानी, गीत, भिडियो सेयर र प्रेम सम्बन्धका विषयमा संवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कुराकानीकै क्रममा ती किशोरहरूले मायाको चिनो भन्दै दोपट्टा मागेका थिए । इशरा दोपट्टा दिन तयार भए पनि सरस्वतीले अस्वीकार गरेपछि घटनास्थलमै विवाद सुरु भएको थियो ।

प्रहरीका अनुसार विवादको मूल कारण शारीरिक सम्बन्ध राख्न सरस्वतिले स्पष्ट रुपमा असहमति राख्नु थियो । बाख्रा फर्काउने क्रममा ती किशोरहरूले सरस्वतीसँग शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरेका   थिए । तर सरस्वतिले विवाह गरेपछि मात्र शारीरिक सम्बन्ध राख्ने अडान लिएकी थिइन् । किशोरहरूले आफूहरूको उमेर कम भएको र केही वर्षपछि विवाह गर्ने आश्वासन दिँदै सम्बन्ध राख्न दबाब दिएको बयान प्रहरीमा दिएका छन् ।

सरस्वतिले उक्त प्रस्ताव अस्वीकार गर्दै खोलातर्फ लागेपछि आक्रोशमा एक जना किशोरले नजिकै रहेको ठूलो ढुंगाले सरस्वतीको टाउकोमा प्रहार गरेको प्रहरीको निष्कर्ष छ । पहिलो प्रहारमै सरस्वतिको घटनास्थलमै मृत्यु भए पनि त्यसबेला अन्य दुई जनालाई मृत्यु भइसकेको जानकारी नभएको प्रहरीको भनाइ छ ।

हत्या भएको थाहा पाएपछि घटनालाई दुर्घटना जस्तो देखाउन सरस्वतिको शव रहेको स्थानमा माथिबाट ठूला ढुंगा खसालिएको अनुसन्धानले देखाएको छ । खोलाको माथिल्लो भागबाट ढुंगा अडेस लगाएर खसालिएको र घटनास्थल कृतिम बनाइएको प्रहरीले जनाएको छ ।

सरस्वतीको मृत्यु भएको देखेपछि इशरा घटनास्थलमा पुगेकी थिइन् । साथीको मृत्यु देख्दा इशराले ती किशोरहरूलाई दोष लगाउँदै घटना सबैलाई बताउने भन्दै रोइकराई गर्दै घरतर्फ जान खोजेकी थिइन् । इशराले घटना लुकाउन नमाने पछि उनलाई पनि मारिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार एक जना किशोरले इशरालाई पछाडिबाट धकेलेर ढुंगाले निधारमा प्रहार गरेका थिए भने अर्को किशोरले ढलेकी इशराको अनुहारमा पटक–पटक ढुंगा प्रहार गरी हत्या गरेर घटनास्थल छाडेका थिए ।

प्रहरी अनुसन्धानले यो घटना आकस्मिक विवाद मात्र नभई सहमति बिना शारीरिक सम्बन्ध राख्न खोज्दा भएको जघन्य हिंसा भएको निष्कर्ष निकालेको छ । अस्वीकार सहन नसक्ने मानसिकता, आक्रोश र घटना लुकाउने प्रयासकै क्रममा दुई जना किशोरीको ज्यान गएको प्रहरीको ठहर छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान