"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको दानसाँगु खोलामा बेलिब्रिज पुल निर्माण कार्य सुरु

No data was found

Khabar Raftar

माघ ०३ बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकाको दानसाँगु खोलामा बेलिब्रिज पुल निर्माणको काम सुरु भएको छ । मार्तडी–कोल्टी सडक खण्ड कोल्टीसम्म पुगेको करिब २० वर्ष पछि दानसाँगु खोलामा पुल निर्माण सुरु भएको हो । लामो समय सम्म पुल नहुँदा वर्षायाममा कोल्टीतर्फ जाने सवारी साधनको आवागमनमा समस्या हुने गरेको थियो ।

सडक डिभिजन कार्यालय अछामका अनुसार हाल दानसाँगु खोलामा सुरु गरिएको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । पुल निर्माण सुरु भएपछि स्थानीयवासी खुसी भएका छन । पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हट्ने स्थानीयले अपेक्षा गरेका छन् ।

हिउँदको समयमा पनि दानसाँगु खोलामा पुल नहुँदा मार्तडी–कोल्टी जाने सवारी साधन रोकिँदै आएको सवारी चालक रामबहादुर कार्कीले बताए । मार्तडी–कोल्टी सडकमा सबैभन्दा बढी समस्या बाउली र दानसाँगु खोलामा देखिएको उनले बताए । बाउली खोलामा निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि अझै पूर्ण रूपमा काम सम्पन्न हुन नसकेको उनले बताए ।

बाउली र दानसाँगु खोलामा निर्माणाधीन पुल समयमै सम्पन्न भए वर्षायाममा पनि मार्तडी–कोल्टी सडक नियमित सञ्चालनमा आउन सक्ने कार्कीले बताए । यसअघि जगाडङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गर्ने प्रयास विवादका कारण सम्भव नभएको उनले बताए ।

विवाद समाधान भएपछि उक्त बेलिब्रिज दानसाँगु खोलामा ल्याएर निर्माण कार्य अघि बढाइएको बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले जानकारी गराए । जगाडङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा राख्न डिडिएर जनकल्याण जेभीसँग २ करोड २० लाख रुपैयाँमा सम्झौता गरिएको उनले बताए ।

मङ्सिरको पहिलो सातामा पुलको औपचारिक उद्घाटन गरिएको बताउदै उनले सम्झौता अनुसार तीन महिना भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए । हाल काम तीव्र रूपमा भइरहेको र अबको एक महिना भित्र बेलिब्रिज निर्माण सम्पन्न भई सवारी साधन सञ्चालनमा आउने उपप्रमुख बोहराले बताए ।

दानसाँगु खोलामा स्थायी पक्की पुल निर्माणको प्रक्रिया पनि अघि बढाइएको उनलदे बताए । त्यतिन्जेल वर्षायाममा सवारी आवागमन सहज बनाउन बडिमालिका नगरपालिकाको जगाडङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गरिएको उनले बताए । सडक डिभिजन कार्यालय अछामका इन्जिनियर सुभाष साहले ठेकेदार कम्पनीले दुई महिना अघि काम सुरु गरेको बताउदै आगामी एक महिना भित्र निर्माण सम्पन्न हुने बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान