"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीका दुई वटा पालिका महिनौं देखि प्रमुख प्रशासकीय अधिकृत विहिन

No data was found

Khabar Raftar

माघ ०३ बैतडी । बैतडीका दुई वटा पालीका महिनौं देखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएका छन । सुर्नया गाउँपालिका र पञ्चेश्वर गाउँपालिका महिनौं देखि प्रमुख प्रशासकीय अधिकृत विहीन भएका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक–प्रशासनिक कामकाज ठप्प भएका छन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी दुईटै पालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा समस्या भएको छ ।

सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको सरुवा भएयता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विहिन भएको हो । पौष ६ गते मन्त्रालयले सुर्नयामा खगेन्द्र भारतीलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको भए पनि गाउँपालिकामा हाजिर नहुँदै उनको जिल्ला निर्वाचन कार्यालय बैतडीमा सरुवा गरिएको थियो ।

पालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक काम रोकिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले जानकारी गराए । त्यसैगरी कात्तिक अन्तिम साता मन्त्रालयले पञ्चेश्वर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीको सरुवा बैतडीकै मेलौली नगरपालिकामा गरेपछि पञ्चेश्वर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ ।

दुई महिना बित्दा पनि मन्त्रालयले प्रशासकीय अधिकृत नपठाए पछि पालिकाको कामकाज ठप्प भएको छ । प्रशासकीय अधिकृत नपठाए मन्त्रालयमै धर्ना बस्ने गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले चेतावनी दिए पछि बिरसिंह भण्डारीलाई पुस १४ गते प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको छ ।

मन्त्रालयले पठाएको १९ दिन पुग्दा पनि भण्डारी पालिकामा हाजिर नभएको गाउँपालिका अध्यक्ष चन्दले बताए । पालिकामा शिक्षा शाखा प्रमुख महामल घटाल अधिकृतस्तर सातौं (शिक्षा)तहका सिनियर कर्मचारी भए पनि उनले आफु निमित्त प्रमुख प्रशासकीय अधिकृत बस्न नचाहेको अध्यक्ष चन्दले बताए ।

पौष ९ गते मन्त्रालयलाई लामो समय सम्म एउटै कार्यालयमा रही कार्यसम्पादन गर्नुपर्दा कठिनाइ हुने र प्रभावकारी कार्यसम्पादन गर्न नसकिने हुँदा पालिकाबाट माग भए बमोजिम अन्य कर्मचारीलाई आर्थिक प्रशासनिकको जिम्मा प्रदान गरिदिन अनुरोध गदै पत्र समेत पठाएको उनले बताए ।

मन्त्रालयकी सचिव पार्वती शर्मालाई अध्यक्ष चन्दले ह्वाट्सएपमा पत्र पठाएर विना विकल्प पालिकाका कर्मचारीलाई सरुवा गरेर तीन महिना सम्म पनि प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापन किन गर्न नसकिएको भन्दै प्रश्न गरेका छन् ।

आफू विदामा रहेकाले अहिले सम्म मन्त्रालयले सरुवा गरेको जानकारी नपाएको पञ्चेश्वरमा खटाएका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए । भण्डारी अहिले सहरी विकास मन्त्रालय अन्तर्गतका कार्यालयमा शाखा अधिकृत छन् । भण्डारीले आउन नचाहेकाले विभिन्न वाहाना गरेको अध्यक्ष चन्दले बताएका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान