"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

थारु समुदायले माघीको अबसरमा वार्षिक योजना र नीति–नियम बनाउदै

No data was found

Khabar Raftar

माघ ०२ धनगढी । माघीलाई नयाँ वर्षका रूपमा मनाउँदै आएका थारु समुदायले बार्षिक नीति नियम निर्माण गर्न थालेका छन । माघीको अबसरमा थारु समुदायले अघिल्लो वर्षका गतिविधिको समीक्षा गर्दै गाउँको नेतृत्व चयन, नीति–नियम परिमार्जन, वार्षिक योजना निर्माण गर्न थालेका हुन ।

धनगढी उपमहानगरपालीका वडा नम्बर–१६ भादा गाउँका भल्मन्सा सन्तराम चौधरीले माघीका अवसरमा नयाँ भल्मन्सा छनौट गर्ने वा पुरानै भल्मन्सालाई निरन्तरता दिने भन्ने निर्णय गरिने बताए । त्यसैगरी गाउँ सञ्चालन सम्बन्धी नियम बनाउने, संशोधन गर्ने र विकास सम्बन्धी योजना तय गर्ने गरिएको उनले बताए ।

कैलाली, कञ्चनपुर लगायत तराईका विभिन्न जिल्लामा माघीलाई बखेरी, खोज्नी–बोज्नी लगायत फरक–फरक नामले पनि चिनिने गरिएको उनले बताए । थारु समुदायमा परम्परागत रूपमा चल्दै आएको भल्मन्सा प्रणाली अन्तर्गत हरेक वर्ष माघ महिनाको पहिलो साता वा माघ महिनाभर उपयुक्त दिन पारेर माघी देवानी आयोजना गरिने उनले बताए ।

कार्यक्रममा प्रत्येक परिवारबाट कम्तीमा एक जना अनिवार्य रूपमा सहभागी हुने गरेको उनले बताए । प्रत्येक गाउँको आफ्नै नियम अनुसार भल्मन्साको कार्यकाल एकदेखि तीन वर्षसम्म रहने व्यवस्था गर्ने गरिएको उनले बताए । भल्मन्सासँगै चौकीदार, ओर्गान, चिराकी, लिखनदार, देशबन्धा गुरुवा लगायतका सहयोगी पदमा पनि व्यक्तिहरू चयन गरिने भल्मन्सा चौधरीले जानकारी गराए ।

भल्मन्सालाई गाउँलेहरूले पारिश्रमिक स्वरूप वार्षिक रूपमा प्रति घरधुरीका आधारमा बाली उपलब्ध गराउने चलन रहेको उनले बताए । सरकारी तथा गैरसरकारी संस्थाका विकास कार्यक्रम कार्यान्वयनमा समेत सहयोगी बन्दै आएको भल्मन्सा प्रणाली थारु समुदायको परापूर्वकाल देखि चल्दै आएको सामूहिक शासन प्रणाली भएको उनले बताए ।

कैलारी गाउँपालिकाले निर्माण गरेको ‘भल्मन्सा प्रणाली संरक्षण तथा विकास ऐन २०७८’ अनुसार माघी देवानीलाई भल्मन्सा प्रणालीको सर्वोच्च निकायका रूपमा मानिने बताउदै उनले प्रणालीमा संसद्को भूमिका निर्वाह गर्ने बताए । विकास निर्माण, मेलमिलाप तथा न्याय निरूपणमा भूमिका खेल्दै आएको भल्मन्सा प्रणालीको संरक्षण र संस्थागत विकासका लागि स्थानीय तहहरूले कानुनी व्यवस्था समेत गरेका छन् ।

कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका, टीकापुर नगरपालिका, बेलौरी नगरपालिका लगायतका स्थानीय तहले ‘थारु भल्मन्सा (बरघर) प्रणाली संरक्षण, प्रवद्र्धन तथा विकास ऐन २०७८’ पारित गरी कार्यान्वयनमा ल्याएका छन् । ती स्थानीय तहहरूले भल्मन्साहरूलाई बजेट निर्माण प्रक्रियामा सहभागी गराउनुका साथै गाउँको सेवा गरेवाफत यातायात, सञ्चार लगायतका सुविधा प्रदान गर्न थालेका छन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान