पौष ३० धनगढी । कैलालीको गोदावरी धाममा माघ १ गते आयोजना हुने मकर मेलाका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ ।
गोदावरी नगरपालिकाले मकर मेलामा जाने श्रद्धालु भक्तजनहरूको सहजताका लागि निःशुल्क बसको व्यवस्था गरेको हो । बुधवार पत्रकार सम्मेलन गर्दै नगरप्रमुख वीरेन्द्र भट्टले मकर मेलाको पहिलो दिन माघ १ गते निःशुल्क ४ वटा बसको व्यवस्था गरिएको जानकारी गराए ।
बस सेवा अत्तरिया चोक देखि गोदावरी धाम सम्म सञ्चालन गरिने उनले बताए । मकर मेलामा गोदावरीमा भक्तजनहरूको भीड लाग्ने भएकाले गत वर्ष पनि नगरपालिकाले निशुल्क बसको व्यवस्था गरेको थियो ।
Post Views: 41


