"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली र कञ्चनपुरका थारु बस्तिमा माघी पर्वको रौनक सुरु

No data was found

Khabar Raftar

पौष ३० धनगढी । माघी पर्व सुरु भएसंगै थारु बस्तिमा रौनक छाएको छ । माघी पर्व सुरु भएसंगै सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका थारू बस्तीमा माघी पर्वको रौनक छाएको हो । थारू समुदायको प्रमुख पर्व माघी इतिहास परापूर्वकाल देखि हरेक वर्ष मनाउदै आईरहेको पर्ब हो ।

पौषको अन्तिम दिन जिता मारेसँगै (सुङ्गुर काट्ने) सुरुहुने पर्व तीन दिन सम्म धुमधामसँग थारु समुदायले मनाउने गरेका छन । माघी थारू समुदायको प्रमुख चाड मात्रै नभएर नयाँ वर्षका रुपमा समेत विविध रुपमा मनाउने गरिएको छ । माघ १ गतेबाट थारु सम्वत २६४९ सुरु हुने कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–८ फकलपुरका थारु अगुवा तथा अभियान्ता माधब थारुले बताए ।

थारू समुदायका गाउँबस्तीमा बालबालिका देखि पाका पुस्तासम्म माघीकै रौनकमा रमेका छन् । माघीमा संस्कृतिको संरक्षण गर्दै आएका थारू समुदायले माघी पर्वका अवसरमा छोराछोरीको बिहे, अंशबन्डा, खेतीपाती तथा अन्य कामको वार्षिक योजना निर्माण कार्यसमेत गर्ने गरेको उनले बताए । थारू समुदायले माघी पर्वका अवसरमा विशेषतः ढिक्री, अन्डीको रोटी, सुँगुरको मासु, लोकल रक्सी, तरुल र सक्खरखण्ड उसिनेर खाने चलन रहिआएको छ ।

पौषको महिनाको अन्तीम दिनको रात थारू समुदायले मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसेर ‘मघौटा’ नृत्यमा रमाउने उनले बताए । माघीको दिन (माघ १ गते) झिसमिसेमै उठेर नदी, जलाशयमा गई रुपैँया अथवा सिक्का राखिएको पानीले नुहाउने र नुहाइसके पछि निसराउ काहार्ने (चामल, नुन, हल्दी आदी सामान थोरै–थोरै निकाल्ने) पुर्खा, मान्यजनबाट आशिर्वाद लिने र मिठो परिकार खाने चलन रहेको अभियान्ता थारुले जानकारी गराए ।

पर्वको अन्तिम दिन घरपरिवार, गाउँ समाजको नयाँ नेतृत्वकर्ता चयन गर्ने, बिहे भएका छोरी चेलीलाई निसराउ दिने काम गरिने उनले बताए । यो दिनलाई ‘खोज्नीबोज्नी वा माघी देवानी’ भन्ने गरिएको बताउदै उनले यस दिन भल्मन्सा चुन्ने काम गरिने बताए ।

यस दिन भल्मन्सा चयन नगरेका समुदायले अन्य दिन पनि गर्ने चलन रहेको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको माघी (माघ) पर्वको अवसरमा पौष ३० गते सार्वजनिक बिदा दिएको छ ।

पश्चिम नेपालका थारु समुदायमा माघी पर्व पौष महिनाको अन्तिम दिन देखि नै सुरु हुने भएकाले प्रदेश सरकारले बिदा दिएको हो । पौष महिनाको अन्तिम दिन थारु समुदायमा ‘जिता पर्व’का रूपमा बंगुर (जिता) मारेर सामूहिक रूपमा उत्सव मनाउने परम्परा रहेको छ ।

यही कारण प्रदेश राजपत्रमा पौष ३० गतेलाई ‘जिता पर्व’ उल्लेख गर्दै सार्वजनिक बिदा तोकिएको छ । पौषको अन्तिम दिनदेखि माघ १ र २ गतेसम्म विशेष कार्यक्रम सहित पर्व मनाइन्छ । माघ १ गतेलाई राष्ट्रिय पर्वका रूपमा सार्वजनिक बिदा दिइँदै आएको छ भने त्यसपछिका दिनहरूमा स्थानीय तहबाट पनि बिदा दिने प्रचलन रहँदै आएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान