"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछामको साफेबगरमा डढुवा रोगको प्रकोपले आलु खेती प्रभावित

No data was found

Khabar Raftar

पौष ३० अछाम । अछामको साफेबगरमा आलु बालीमा डढुवा रोगको प्रकोप देखा परेको छ । अछामको साँफेबगरस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले लगाएको आलु बालीमा डढुवा रोगको प्रकोप देखा परेको हो । रोगको प्रकोपले फल नलाग्दै आलुका बोट सुक्न थालेपछि व्यावसायिक आलु कृषक चिन्तित बनेका छन् ।

सहकारीले खेती गरिएको आलु बालीमा डढुवा रोगको प्रकोप देखिएको हो । सहकारीले भाडामा प्रयोग गरेको कुल २० रोपनी जग्गा मध्ये करिब १० रोपनी क्षेत्रफलमा लगाइएको आलु बाली पूर्ण रुपमा सखाप भएको छ । संस्थाका अध्यक्ष सुरत भूलले डढुवा रोगका कारण सहकारीलाई तीन लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको बताए ।

मौसममा आएको अचानक परिवर्तन, चिस्यान र निरन्तरको ओसिलो वातावरणका कारण रोग फैलिएको उनले बताए । किसानले धेरै मिहिनेत गरेर लगाएको बाली एकाएक नष्ट हुँदा ठुलो आर्थिक क्षति बेहोर्नु परेको अध्यक्ष भूलले बताए ।

डढुवा रोगको अवस्था बुझ्न तथा प्राविधिक सहयोगका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई अछामका प्राविधिक पूर्ण प्रसाद ढुंगाना प्रभावित आलु बालीमा पुगेको जानकारी गराउदै उनले आलुमा देखिने डढुवा रोगका लक्षण, कारण र नियन्त्रणका उपायहरु बारे कृषकलाई जानकारी गराएको बताए ।

प्राविधिक ढुंगानाले डढुवा रोग लाग्दा आलुको पात कालो हुने, डाठ सुक्ने र अन्ततः बोटै नष्ट हुने समस्या देखिने बताए । समयमै रोग पहिचान गरी उपयुक्त विषादी प्रयोग गर्न सके क्षति न्यूनीकरण गर्न सकिने उनले बताए । आगामि दिनमा आलु खेती गर्दा असोज महिनामा गर्न सुझाव दिँदै उनले मौसम अनुकूल बाली व्यवस्थापन गर्न आग्रह गरेका छन ।

त्यसैगरी युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी साँफेबगर शाखाका प्रमुख प्रेमराज रेग्मीले सहकारीले गरेको बिमा अनुसार क्षतिपूर्ति भुक्तानीका लागि बिमा कम्पनी मार्फत पहल गर्ने बताएका छन । उनले आवश्यक कागजात सङ्कलन र प्रक्रिया पूरा भए पछि बिमाबाट राहत उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान