पौष ३० धनगढी । कैलालीको गोदावरी नगरपालिकामा माघ २ गते पनि स्थानीय बिदा दिइएको छ । नगरपालिकाले बुधवार सूचना जारी गर्दै माघ २ गते थारु समुदायको नयाँ वर्ष तथा माघी पर्वको उपलक्ष्यमा बिदा दिएको जानकारी गराएको हो ।
प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीद्धारा जारी सूचनामा माघ ३० गते बसेको १३६ औँ कार्यपालिका बैठकबाट बिदा दिने निर्णय गरेको उल्लेख गरिएको छ । बिदाको दिन नगरपालिका र नगरपालिका मातहतमा रहेका कार्यालय, शैक्षिक संस्थाहरू बन्द रहने जनाइएको छ ।
माघीको अवसरमा आखज बुधवार प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । भोलि बिहीबार राष्ट्रिय बिदा रहेको छ । माघ २ गते नगरपालिकाले स्थानीय बिदा दिँदा अघिल्लो दिन माघ ३ गते शनिवार भएकाले लगातार चार दिन बिदा हुने भएको छ ।
Post Views: 47


