"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

साझा अबधारणाकासाथ महिलाहरु एक ठाउमा आउन जरुरुी छ ः राज्य मन्त्री खडका

No data was found

Khabar Raftar

सम्झना विष्ट,पौष २२धनगढी । सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास राज्य मन्त्री सरस्वती खडकाले साझा अबधारणाकासाथ महिलाहरु एक ठाउमा आउन जरुरी भएको बताएकी छिन । मंगलबार दलित महिला संघ फेडो कैलालीले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेश सरकारको निती, योजना र बजेटमा दलित तथा सिमान्तकृत समुदायको समेटिनुपर्ने शैक्षिक सवाल सम्बन्धी अन्तरकृया कार्यक्रममा बोल्दै उनले यस्तो बताउकी हुन ।

“समग्र विकासको अवरोध, जातीय तथा लैङ्गिक विभेद“भन्ने मुख्य नाराका साथ र्मगलबार धनगढीमा आयोजीत उक्त कार्यक्रममा बोल्दै राज्यमन्त्री खडकाले दलित महिलाहरु मात्र नभई सम्पूर्ण महिलाहरुले साझा अबधारणा बनाएर एक ठाउमा जरुरी घएको बताएकी हुन । पार्टी जुनसुकै भए पनि दलित र महिलाका सवालमा सबै एक ठाउमा आउनु पर्ने बताउदै राज्यमन्त्री खडकाले राजनैतिक दलहरुले महिलाहरुलाई दिनु पर्ने स्थान अझै नदिएको बताईन ।

 

अरु सबै गलत आफु मात्र ठीक भन्ने सोचको अन्त्य गर्नु पर्ने बताउदै उनले खराव संस्कार बदल्नु पर्ने बताईन । अधिकारका सवालमा आवाज उठाई रहनु पर्ने बताउदै उनले दलित तथा सिमान्तकृत समुदायका लागी सबैले एक ठाउमा उभिनु पर्ने बताईन । बेरोजगारी देशकै समस्या भएको बताउदै उनले गरिवी र बेरोजगारी अन्त्यका लागी सबैले एकजुट भएर लाग्नु पर्ने बताईन । मन्त्रालयले विद्यार्थीहरुका लागी दिवा खाजा, छात्रबृती, न्यानो लुगा जस्ता कार्यक्रमहरु गर्दै आएको बताउदै उनले एमविविएस छात्र बृतीमा विद्यार्थीहरु पढी रहेको बताईन ।

त्यसैगरी पूर्ब मन्त्री तथा प्रदेश सभा सदस्य लक्ष्मी विकले प्रदेश सरकारले दलितका सवालमा काम गर्न नचाहेको बताईन । उनले दलित शसक्तिकरण ऐन कर्यान्वयन नगरी संशोधनमा लैजानु दलित विरोधी काम भएको बताईन । दलित शसक्तिकरण ऐन संशोधन विद्यक दलित विरोधी विद्येक भएको बताउदै उनले कर्मचारीको ईशारामा नचाउने गरी संशोधन हुन लागेको बताईन । उनले आफुले रोष्टमबाट यस्को विरोध गर्दै आए पनि सुनुवाई नभएको बताईन ।

उनले निती, योजना र बजेटमा दलित तथा सिमान्तकृत समुदायको समेटिनुपर्ने शैक्षिक सवाल सम्बन्धी आवाजहरु उठाई रहेको बताउदै समुदायका विषयमा बोल्न कहिल्यै पछाडी नपर्ने बताईन । त्यसैगरी प्रदेस सभा सदस्य ललिता सुनारले समुदायका सवालमा ाबेल्दै आउको बताउदै सुनुवाई नहुने गरेको बताईन । त्यसैगरी राष्ट्रिय योजना तथा नीती आयोगका सदस्य नृप सुनारले नीती योजनाहरु दलित मैत्री भए पनि कार्यान्वयनको पाटो कम्जोर भएको बताए । उनले निती बनाईसके पछि बजेट विनियोजन गरेर कार्यान्वयन गरिनु पर्ने बताए ।

त्यसैगरी दलित महिला संघ फेडोकी संस्थापक तथा प्रगतीशिल लोकतान्त्रीक पार्टीकी केन्द्रिय अध्यक्ष परिषद अध्यक्ष दुर्गा सोवले दलित महिला सबै भन्दा पछाडी परेको बताउदै राजनैतिक दलहरुले महिलाको अधिकार सुनिश्चित गर्न नसकेको    बताईन । पार्टी भित्र दलित र महिलाहरु इमाँन्दार भएको बताउदै उनले उनीहरुलाई नेर्तत्व तह सम्म कसैले पु¥याउन नसकेको बताईन । नेताहरुले नेतृत्व पुस्तान्तरण गर्न नसक्दा र भ्रष्टाचारको अन्त्य गर्न नसक्दा जेन्जी विद्रोह भएको बताउदै उनले २७ घण्टामा सत्ता प।िबर्तन भएको बताईन ।

हुँदा खाने र हुनेखानेको एउटै नीति बनाउदा हुँदा खानेहरुको अबश्थामा सुधार नआएको बताउदै उनले नीति तथा योजनामा हुँदा खानेलार्र्ई समेट्नु पर्ने बताईन । विकासको नियम तल पीधमा रहेकालाई माथी उठाउने भएको बताउदै उनले पीधमा रहकेो बर्ग समुदायलाई राज्यको मूलधारमा ल्याउने गरी नीति तथा योजना बनाउनु पर्ने बताईन । मानव जीवनमा सबे भन्दा ठूलो शिक्षा भएको बताउदै उनले कोही पनि शिक्षाबाट बञ्चित नहोउन भनेर नीति तथा योजना बन्नु पर्ने बताईन ।

त्यसैगरी जर्नी अफ होप फाउण्डेशनका संस्थापक कृष्ण सोवले महिला अगाडी बढेका देशहरु विकासको गतीमा अगाडी बढेको बताउदै महिलाहरुलाई हरेक क्षेत्रमा अगाडी बढाउनु पर्ने बताए । त्यसैगरी जिल्ला समन्व समिति कैलालीकी प्रमुख टिकाभूलले पार्टीको समानुपातीक बन्द सुचीमा आफन्त नाता गोताका मान्छेहरु भर्तीगर्ने केन्द्र बनेको बताउदै पाउनु पर्नेले कहिल्यै नपाएको बताईन ।

दलित समुदायमा क्षमता भएको बताउदै उनल अबसर मात्र नपाएको बताईन । अधिकारका लागी दलित समुदायले अझै लड्नु पर्ने अबश्था भएको उनले बताईन । त्यसैगरी धनगढी उपमहानगरपालीकाकी उप प्रमुख कन्द कला रानाले धनगढी उप महानगरपालीकाले शिक्षा, स्वाशथ्यका क्षेत्रमा उल्ेख्य काम गरेको बताईन । उनले गरिव तथा विपन्न बालबालीका हरुलाई छात्रबृती पनि दिदै आएको बताउदै अझै गर्दैजाने बताईन ।

दलित महिला संघकी ेकन्द्रिय महासचिव रेण्ुा सिजापतीले कार्यक्रमको उदैश्य बारे जानकारी गराएको कार्यक्रममा निर्बाचन कार्यालयका प्रमुख पे्रम राज भट्टले प्रस्ती राखेका थिए । उनले आफ्नो प्रस्तुतीमा १३ प्रतिशत दलित समुदायका बालबालीका अझै विद्यालय बाहीर रहकेो बताएका थिए । दलितको साक्षरता दर ६७.४ प्रतिशत मात्रै भएको बताउदै उनले यसमध्ये तराईका दलितको साक्षरता दर ५१.९ प्रतिशत मात्रै भएको तथ्याङक प्रस्तुत गरेका थिए ।

तथ्यांक अनुसार दलित समुदायका १.६ प्रतिशतले मात्रै स्नातक वा सोभन्दा माथिको पढाइ पार गरेको पाइएको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशमा राजनैतिक दलहरुले महिलाहरुलाई ३३ प्रतिशतमा १५ प्रतिशत पनि नदिएको उनले बताएका छन । निर्बाचन आयोगको बाध्यकारी नियमका कारण महिलाहरु आउन सफल भएको उनले बताए । दलित महिला संघकी अध्यक्ष सविना सुनारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संघकी प्रदेश संयोजक तथा कैलाली जिल्ला सचिव अम्बीका ताम्रकारले गरेकी थिईन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान