पौष १४ धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस १६ गते बुधबार बस्ने भएको छ । सोमबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले बुधबार दिउँसो २ बजे बैठक बस्ने निर्णय गरेको हो ।
यसअघि ११ गते बस्ने भनिएको बैठक संसद भवन पुर्ननिर्माणको काम पूरा नहुँदा स्थगित गरिएको थियो । गत भदौ २४ गतेको जेन्जीे आन्दोलनका क्रममा प्रदेश सभामा आगजनी र तोडफोड गरिएको थियो ।
अहिले पुनर्निर्माण गरेर बुधबार प्रदेश सभा आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवाराज जैसीले बताए । गत भदौ ५ गते चालु अधिवेशनको बैठक बसेको थियो । त्यसपछि पुस १६ गते बैठक बस्न लागेको हो ।
Post Views: 190


