"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

फोहोर व्यवस्थापन सम्बन्धी उपकरण खरिदमा अनियमितता भएको ठहर

No data was found

Khabar Raftar

पौष १० धनगढी । सार्वजनिक लेखा समितिले सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत औषधी आपूर्ति व्यवस्थापन केन्द्रले खरिद गरेको मेडिकल तथा फोहोर व्यवस्थापन सम्बन्धी उपकरणमा अनियमितता भएको ठहर गरेको छ ।

आर्थिक वर्ष २०८०÷८१ का लागि गरिएको खरिद प्रक्रियाको बोलपत्र आह्वान देखि उपकरण आपूर्ति र जडान सम्मको अवस्थाको अनुगमन पछि समितिले अनियमितता भएको ठहर गरेको हो । सार्वजनिक लेखा समितिले अनियमितता भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप अनुसन्धानका लागि पत्र लेख्ने निर्णय गरेको छ ।

बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक लेखा समिति सभापति अक्कल बहादुर रावलले समितिको निष्कर्ष सार्वजनिक गर्दै उपकरण खरिदमा संलग्न व्यक्ति तथा निकायमाथि निष्पक्ष र निर्बाध अनुसन्धान हुनुपर्ने बताए । कागजात अध्ययन, स्थलगत निरीक्षण र सम्बन्धित निकायसँग छलफल सहित अनुसन्धान गर्दा खरिद प्रक्रियामा गम्भीर प्रश्न उठ्ने आधार भेट्टाएको उनले बताए । छानबिन गरी दोषी देखिने जोसुकैलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउन सिफारिस समेत गरेको उनले बताए ।

कैलाली, कञ्चनपुर, बैतडी र बझाङका अस्पतालका लागि विभिन्न मेडिकल उपकरण खरिद प्रक्रियामा नौ करोड २० लाख रुपैयाँ बजेट रहेकोमा चार करोड ८२ लाख ४० हजार रुपैयाँ अनियमितता भएको उनले बताए । समितिले अध्ययन गरेका कागजात अनुसार स्वास्थ्य निर्देशनालयले २०८० असोज ७ मा आर्थिक बर्ष २०८०÷८१ का लागि विभिन्न मेडिकल उपकरण खरिद गर्न राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा छ वटा कम्पनी सहभागी भएका थिए । हस्पिटेक इन्टरप्राइजेज, क्लिनटेक प्रालि, जनमुक्ति हेल्थ इन्टरप्राइजेज, दिव्यम कन्सर्न प्रालि, बायोमेड इन्टरनेसनल र लाइफ लाइन ट्रेड इन्टरनेसनल प्रालिले बोलपत्र दर्ता गराएका थिए ।

प्राविधिक मूल्याङ्कन समितिले गरेको मूल्याङ्कन पछि छ वटा मध्ये पाँच वटा कम्पनीलाई प्राविधिक रूपमा अयोग्य ठहर गरिएको थियो । लाइफ लाइन ट्रेड इन्टरनेसनल प्रालि मात्र प्राविधिक रूपमा योग्य ठहर भएपछि सोही कम्पनीको आर्थिक प्रस्ताव खोलिएको थियो । समितिका अनुसार मूल्याङ्कन प्रक्रियामा समय लागेको भन्दै बोलपत्रको मान्य अवधि र बैङ्क जमानतको म्याद समेत २०८० चैत २३ सम्म थप गरिएको थियो ।

कागजात अनुसार अन्य कम्पनी अयोग्य ठहरिनुको कारण पनि उल्लेख गरिएको छ । हस्पिटेक इन्टरप्राइजेजले म्याद नाघेको प्रमाणपत्र पेश गरेको, क्लिनटेक प्रालिले विगत आर्थिक बर्षको कर चुक्ता प्रमाणपत्र पेश नगरेको तथा आवश्यक अनुभव नदेखाएको र जनमुक्ति हेल्थ इन्टरप्राइजेजको बैङ्क जमानत अवधि आवश्यक १२० दिन नपुगेको जनाइएको छ । यस्ता प्राविधिक कमजोरीका कारण प्रतिस्पर्धाबाट बाहिरिए पछि खरिद प्रक्रिया एकल कम्पनीमा सीमित भएको देखिएको छ ।

औषधी आपूर्ति व्यवस्थापन केन्द्रले अनुमान गरेको लागत भ्याटसहित आठ करोड ३९ लाख ७७ हजार रुपैयाँ थियो । लाइफ लाइन ट्रेड इन्टरनेसनल प्रालिले आठ करोड २६ लाख ६४ हजार ३६० रुपैयाँमा ठेक्का कबोल गरेको थियो । जुन अनुमानित लागत भन्दा करिब १.५३ प्रतिशत कम हो । २०८० माघ ३ गतेका दिन उक्त कम्पनीको मात्र आर्थिक प्रस्ताव खोलिएको थियो भने माघ १८ मा बोलपत्र स्वीकृत गर्ने आशयपत्र जारी गरिएको थियो ।

२०८० फागुन १ गते ४१ लाख ५० हजार रुपैयाँ बराबरको बैङ्क जमानत एनआइएमबी बैङ्कमार्फत पेश गरेपछि सम्झौता सम्पन्न भएको कागजातमा उल्लेख छ । त्यसपछि २०८१ जेठ ९ देखि जेठ ११ सम्म उपकरण आपूर्ति र जडान गरिएको र जेठ १२ मा कम्पनीले काम सम्पन्न गरी भुक्तानीका लागि निवेदन दिएको विवरण सार्वजनिक लेखा समितिले सार्वजनिक गरेको छ ।

यद्यपि कागजातका आधारमा उक्त समयमा प्रक्रिया पूरा भएको देखिए पनि सार्वजनिक लेखा समितिले खरिद प्रव्रिmयाको समग्रतामाथि प्रश्न उठाएको छ । विशेष गरी अधिकांश कम्पनीलाई प्राविधिक चरणमै अयोग्य ठहर गरिनु, बोलपत्र र बैङ्क जमानतको म्याद थपिनु तथा अन्ततः एकल बोलपत्रदातालाई मात्र ठेक्का जानुले प्रतिस्पर्धा सीमित गरिएको हो कि भन्ने शङ्का समितिले व्यक्त गरेको छ ।

समितिका सदस्यका अनुसार सार्वजनिक खरिद ऐन र नियमावलीको मर्म अनुसार प्रतिस्पर्धा बढाउने वातावरण हुनुपर्ने भए पनि यस प्रकरणमा त्यसको विपरीत अवस्था देखिएको छ । “कागज मिले जस्तो देखिए पनि निर्णय प्रक्रियामा मिलेमतो वा पक्षपात भए नभएको विषयमा गहिरो अनुसन्धान गरिनु पर्ने समितिले निष्कर्ष निकालेको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान