"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुराका किसान आलुको व्यावसायिक खेतीमा सकृय

No data was found

Khabar Raftar

पौष ०९ डडेल्धुरा । डडेल्धुराका किसान आलुको ब्यावसायीक खेतीमा सक्रिय भएका छन । राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रम अन्तर्गत डडेल्धुराका किसान आलुको ब्यावसायीक खेतीमा सक्रिय भएका हुन । कार्यक्रम कार्यान्वयन एकाइ आलु सुपर जोन डडेल्धुराले किसानलाई लक्षित गर्दै बीउ उत्पादन तथा बीज वृद्धि गर्ने उद्देश्य सहित तालिम, बीउ तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।

परम्परागत खेतीमा सीमित डडेल्धुराको भित्री मधेस क्षेत्र परशुराम नगरपालिकाका किसानहरू पछिल्लो समय कृषक समूह गठन गरी व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् । परशुराम नगरपालिका वडा नम्बर–५ परिगाउँमा १८ जना किसान मिलेर २०७७ साल देखि ‘लटिनाथ कृषि तथा पशुपन्छी कृषक समूह’ गठन गरी व्यावसायिक आलु खेती गर्दै आएका छन् । समूहका अध्यक्ष सुरेन्द्र बहादुर बोहराले समूहले हाल ७५ क्विन्टल आलुको बीउ रोपेको जानकारी गराउदै जसमध्ये १५ क्विन्टल बीउ उत्पादनकै लागि प्रयोग गरिएको बताए ।

सरकारले आलुको बीउ प्रमाणीकरण (ट्यागिङ) गरेर मात्र प्रयोग गर्नुपर्ने व्यवस्था लागू गरेपछि किसानहरू खाने आलुभन्दा बीउ आलु उत्पादनमा केन्द्रित हुन थालेको उनदे बताए । यसले बजारको सुनिश्चितता र आम्दानी दुवै बढाएको उनले बताए । एक क्विन्टल बीउबाट १० देखि १२ क्विन्टल सम्म उत्पादन हुने गरेको जानकारी गराउदै बोहराले समूहमार्फत हाल ७५ रोपनी क्षेत्रफलमा आलु खेती विस्तार गरिएको जानकारी गराए ।

किसानहरूले प्रमाणित बीउ प्रयोग गर्न सके उत्पादन र गुणस्तर दुवै राम्रो हुने उनले बताए । अर्की कृषक लक्ष्मी खड्काले परम्परागत गहुँ खेती छोडेर आलु खेती गर्न थालेपछि आम्दानी बढेको बताइन् । ‘गत वर्ष मात्रै आलु बिक्रीबाट एक लाख रुपैयाँ भन्दा बढी आम्दानी भएको उनले बताईन । त्यसैगरी जैविक एवं शुद्ध नस्ल पशुपन्छी पालन, अन्न तथा तरकारी कृषक समूह’की अध्यक्ष कविता बोहराले समूहले विगत पाँच वर्षदेखि आलु खेती गर्दै आएको बताइन् ।

‘एक क्विन्टल गहुँ फल्ने जमिनमा आलु खेती गर्दा धेरै फाइदा हुने बताउदै उनले समूहले यस वर्ष ४ सय क्विन्टल आलुको बीउ रोपेको बताईन । परशुराम नगरपालीका वडा नम्बर–१ सलोनकी किसान मञ्जु ठगुन्ना र सोही स्थानका किसान केशवराज अवस्थीले पनि आलु खेती परम्परागत खेतीभन्दा धेरै फाइदाजनक भएको बताए । विगत १० वर्षदेखि आलु खेती गर्दै आएका अवस्थीले अहिले पूर्ण रूपमा व्यावसायिक आलु खेती गर्दै आएको बताए ।

विभिन्न सरकारी निकाय, आलु सुपर जोन र स्थानीय तहको सहयोगले खेती विस्तार गर्न सहज भएको उनले बताए । हिउँदे आलु मात्रै उत्पादन हुने बताउदै उनले वार्षिक करिब १० क्विन्टल बीउ रोपेर चार लाख भन्दा बढी आम्दानी भइरहेको बताए । त्यसैगरी परशुरामको खजुरानीका किसान मानबहादुर भण्डारीले यस वर्ष २० क्विन्टल आलुको बीउ रोपेको बताए । विभिन्न कार्यालयको सहयोगमा कोल्ड स्टोर, बीउ उत्पादन तथा बिक्रीमा सहजता मिलेको उनले बताए । ‘अहिले वार्षिक करिब ६ लाख रुपैयाँको आलु उत्पादन हुने बताउदै उनले बीउ उत्पादन बढाएर १० लाखसम्म पु¥याउने लक्ष्य लिएको भण्डारीले बताए ।

राष्ट्रिय कृषि आधुनिककरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ डडेल्धुराका प्रमुख पिताम्बर बस्नेतले जिल्लामा दुई सिजन—बर्खे र हिउँदे—आलु उत्पादन हुँदै आएको बताए । परशुराम क्षेत्रमा हिउँदे आलु उत्पादन हुने गरेको बताउदै उनले खाने आलुभन्दा बीउ आलुको मूल्य स्वाभाविक रूपमा दोब्बर हुने भएकाले किसानलाई प्रत्यक्ष फाइदा पु¥याउने बताए । बालीचक्र मिलाएर आलु खनिसके पछि खाली जमिनको सदुपयोग गर्न सके रोग–कीराको प्रकोप कम हुने बस्नेतले बताए ।

कार्यालयले बीउ प्रमाणीकरण, रोग–कीरा व्यवस्थापन, खाने आलु क्षेत्र विस्तार र बीउ उत्पादनलाई व्यवस्थित गर्ने उद्देश्य सहित किसानलाई तालिम दिँदै आएको बस्नेतले बताए । सुदूरपश्चिम प्रदेश सहित अन्य प्रदेशका विभिन्न जिल्लाहरूमा समेत डडेल्धुराको बीउ आलुको माग उच्च रहेकाले प्रमाणीकरण गरिएको बीउको बिक्री सुनिश्चितता रहेको उनले बताए । गहुँ खेतीबाट हुने आम्दानीको दोब्बर–तेब्बर आम्दानी आलु खेतीबाट हुने उनले बताए ।

डडेल्धुरामा हाल १ सय २२ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको उनले बताए । परशुराम नगरपालिका कृषि विकास शाखाका प्रमुख कालुसिंह बोहराले पालिकामा संघ तथा प्रदेश सशर्त बजेट अन्तर्गत साना सिँचाइ, बेमौसमी तरकारी प्रवद्र्धन लगायत कार्यक्रम सञ्चालन भइरहेको बताए । नगरपालिका भित्र करिब ९५ प्रतिशत नागरिक कृषि पेशामा आबद्ध रहेकाले कृषि उत्पादन बढाउन प्राथमिकताका साथ काम भइरहेको उनले बताए । किसानहरूले कात्तिकमा रोपेको आलु फागुनमा खन्ने तयारी गरेको उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान