"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दैजीछेला औद्योगिक क्षेत्रमा रुख कटान नहुँदा निर्माण कार्य अलपत्र

No data was found

Khabar Raftar

मंसिर २४ कञ्चनपुर । दैजीछेला औद्योगिक रुख कटानको काम नहुँदा निर्माण कार्य अलपत्र परेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर–२ र ३ को वनक्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने तयारी भए पनि रुख कटानको काम नहुँदा निर्माण कार्य अलपत्र परेको हो ।

छेला औद्योगिक क्षेत्र स्थापनाका लागि झन्डै २५ हजार रुख कटान गर्नुपर्ने वन मन्त्रालयले जनाएको छ । रुख कटानको अनुमति प्राप्त नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको वेदकोट नगरपालिका वडा नम्बर–२ का अध्यक्ष नरेशबहादुर सिंहले बताए । औद्योगिक क्षेत्र विस्तारका लागि रुख गणनाको काम पछि छपानको काम सकिएको उनले बताए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुँवरले औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पर्ने रुख कटानका लागि रायसुझाव सहितको प्रतिवेदन मन्त्रालयमा पेश गरिएको बताए । नापी कार्यालयले चार किल्ला प्रमाणित गरेर १३६.५९ हेक्टर वनक्षेत्रमा औद्योगिक क्षेत्र विस्तारका लागि यस अघि सिफारिस गरिसकेको जनाएको छ ।

सरकारले २०७२ सालमा मन्त्रीपरिषद् बैठकले दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो । जेनजी आन्दोलन पछि औद्योगिक क्षेत्र स्थापनाको काम अलपत्र परेको वडाध्यक्ष सिंहले बताए । यसका लागि मन्त्रीपरिषद् बैठकले निर्णय गर्नुपर्ने उनले जानकारी गराए ।

औद्योगिक क्षेत्र निर्माण अघि बढ्न नसके पनि पहुँच मार्गमा कालोपत्रेको काम भने अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको समपूरक अनुदान र बेदकोट नगरपालिकाको गरी सात करोड लागतमा छेला औद्योगिक क्षेत्रको पहुँच मार्गमा कालोपत्रेको काम भइरहेको वेदकोट नगरप्रमुख भोजराज बोहोराले बताए ।

हाल ३.५ किलोमिटर कालोपत्रेको काम भइरहेको र बाँकी दुई किलोमिटरमा कालोपत्रेको कामलगत्तै प्रक्रियामा जाने उनले बताए । हाल पहुँच मार्ग निर्माण अन्तिम चरणमा रहेको निर्माण व्यवसायी भागेश्वर न्यु उग्रतारा शिव शङ्कर जेभीका सञ्चालक ब्रिज चन्दले बताए । उनका अनुसार हाल ६० प्रतिशत कालोपत्रेको काम सकिएको छ ।

अबको दुई महिना भित्रै पहुँच मार्गको काम सकिने उनले बताए । पहुँच मार्ग निर्माणले तीव्रता पाए पनि औद्योगिक क्षेत्र विस्तारको काम भने अगाडि नबढ्दा स्थानीय निराश भएका छन् । औद्योगिक क्षेत्र निर्माण गरिए १० औँ हजार नागरिकले क्षमता अनुसारको रोजगारी पाउने अपेक्षा गरिएको वडा नम्बर २ का अध्यक्ष नरेश सिंहले बताए । कञ्चनपुर आउने मन्त्रीहरूलाई यस क्षेत्रको पटक पटक अवलोकन गराए पनि निर्माण कार्य अगाडी बढ्न नसकेको उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान