मंसिर १५ धनगढी । प्रदेश स्तरीय सुरक्षाअ गोष्ठीका लागि धनगढी आई पुगेका गृहमन्त्री ओमप्रकाश अर्यालले गेटा अस्पतालको अवलोकन गरेका छन । उनले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसममा रहेको अस्पताल र विश्वविद्यालय परिसरको अवलोकन गरेका हुन् ।
धनगढी विमानस्थलबाट सुरूमै गेटा स्थित गेटा अस्पतालमा पुगेका उनले अस्पतालको अनुगमन गरेको अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीले बताए । गृहमन्त्रीले अवलोकनका क्रममा अस्पतालको बारेमा त्यहाँ कार्यरत चिकित्सकहरूले सामान्य जानकारी गराएका थिए । त्यसलगतै गृहमन्त्रीले गौरीफन्टा नाकाको अवलोकन गरेका छन् ।
गृहमन्त्री अर्यालले नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुबैजना महानिरीक्षक तथा प्रदेश र जिल्लाका सुरक्षा निकायका प्रमुखहरूसँगै सीमानाकाको अवलोकन गरेका हुन् । गृहमन्त्री अर्यालले नाकास्थित कार्यालयहरूको निरीक्षण गरेका छन् । मंगलवार धनगढीमा हुने प्रदेश स्तरीय सूरक्षा बैठकमा भाग लिन गृहमन्त्री अर्याल सुरक्षा निकायका प्रमुख सहित धनगढी आई पुगेका हुन् ।


