मंसिर ०८ धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाले भोलि मंगलबार स्थानीय सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले एसूचना जारी गर्दै थारु समुदायको विशेष पर्व लवाङ्गी पूजाको अवसरमा स्थानीय सार्वजनिक बिदा दिएको हो ।
बिदाको दिन नगरपालिका अन्तरगतका सबै कार्यालय, संघ संस्था तथा शिक्षण संस्थामा स्थानीय बिदा दिने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

Post Views: 88


