"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ब्राह्मण र दलित पण्डितको संयुक्त वैदिक संस्कारमा दलितको विवाह सम्पन्न

No data was found

Khabar Raftar

मंसिर ०६ बैतडी । ब्राह्मण र दलित पण्डितले संयुक्त रुपमा वैदिक संस्कार अनुसार दलितको विवाह सम्पन्न गरेका छन । यही मंसिर ५ गतेका दिन बैतडीको दशरथ चन्द नगरपालिका वडा नम्बर–१० बुड्डाका पंकज परियार र दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर–७ डिन्सीकी सुनिता परियारको विवाह ब्राह्मण र दलित पण्डितले संयुक्त रुपमा वैदिक संस्कार अनुसार सम्पन्न गरेका हुन ।

पण्डित गणेश पन्तसँगै नारायण मिश्र र दलित समुदायका पण्डित जनक शर्मा विश्वकर्माले संयुक्त रूपमा विवाह विधि सञ्चालन गर्दै पंकज र सुनिताको विवाह संस्कार सम्पन्न गराएका हुन् । पंकज र सुनिताको विवाहले हिन्दू धार्मिक संस्कार सबैका लागि समान रूपमा खुला रहेको स्पष्ट सन्देश दिएको छ । विवाह समारोहमा रहेका पण्डितहरूले धर्म जातले होइन, आचरण र मानवताको आधारमा परिभाषित हुने कुरा बताएका छन् ।

उनीहरूले हिन्दू वैदिक संस्कारमा कुनै जातीय अवरोध नभएको र सबैलाई समान अधिकार भएको बताएका छन । यस्तो संयुक्त सहभागिताले धार्मिक समावेशिताको एउटा सकारात्मक रूप समाजमा प्रस्तुत गरेको पण्डित गणेशप्रसाद पन्तले बताए । विवाह पछि आयोजना गरिएको भोज समारोहले कार्यक्रमलाई अझै अर्थपूर्ण बनाएको बताईएको छ ।

सबै समुदायका मानिसहरूले एउटै स्थानमा बसेर एउटै स्थानमा खाना खाएर सामाजिक सद्भावको सशक्त उदाहरण प्रस्तुत गरेको पण्डित पन्तले बताए । वर–वधु पंकज परियार र सुनिता परियारले आफ्नो वैवाहिक समारोहले समाजमा यति ठूलो सकारात्मक सन्देश दिन सफल भएकोमा खुसी प्रकट गरेका छन । उनीहरूले यस्तो पहलले दलित तथा सबै समुदायका मानिसहरूलाई धार्मिक संस्कारमा समान अवसर मिल्नु पर्छ भन्ने धारणालाई बलियो बनाएको बताएका छन ।

विवाह केवल दुई व्यक्तिको वैवाहिक मिलन मात्र नभई समाजलाई समानता, सम्मान र धार्मिक एकताका दिशातर्फ अघि बढाउने ऐतिहासिक कदमका रूपमा देखिएको छ । एउटै विधि, एउटै स्थान र एउटै थालीमा भोजन गरेर सबै समुदायको सहभागिताले जातीय विभेद विरुद्ध सशक्त सन्देश दिएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान