"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डोटेली राजाको प्राचीन दरबार ‘अजयमेरुकोट’ पुनर्निर्माणको काम सकियो

No data was found

Khabar Raftar

कार्तिक ३० डोटी । डोटेली राजाको प्राचीन दरबार अजयमेरुकोटको पुनर्निर्माणको काम सकिएको छ । अजयमेरु गाउँपालिकाको ७८ लाख रुपैयाँ लागतमा वडा नम्बर २ स्थित हाटकोटमा रहेको दरबारको पुनर्निर्माणको काम सकिएको हो ।

गत आर्थिक वर्ष २०८१÷८२ मा गाउँपालिकाले ९० लाख रुपैयाँ विनियोजन गरेपछि गत फागुनमा पुरातत्व विभागले खण्डका रूपमा रहेको अजयमेरुकोट दरबारको उत्खनन गरेको थियो । उत्खननमा देखिएको दरबारको शैली अनुसार पुनर्निर्माणको काम सकिएको गाउँपालिकाका प्राविधिक रतन ऐरले जानकारी गराए ।

दरबारको जगसम्मै उत्खनन गरी पुनर्निर्माण गरिएको उनले बताए । पुरातत्वका संरचनाको पुनर्निर्माण गर्दै आइरहेका कालिगड भक्तपुरबाट मगाइएको उनले जानकारी गराए । दरबारको संरचना जस्ताको त्यस्तै र तीन मिटर उचाइ भएका पर्खाल निर्माण गरिएको उनले बताए ।

छानोबिनाको भग्नावशेष अवस्थामा रहेको दरबार उत्खनन गर्दा भेटिएका संरचना अनुसार हाललाई मुख्य दरबार पुनर्निर्माण गरिएको उनले बताए । ढुङ्गाको धुलो (स्टोन डट्स) मा चुना मिसाई गारो बनाई ठुलठुला ढुङ्गाले दरबार निर्माण गरिएको उनले बताए ।

उत्खननमा भेटिएका ढुङ्गासँगै टुटफुट भएका ढुङ्गाका ठाउँमा पुरानै शैलीमा नयाँ ढुङ्गा प्रयोग गरिएको उनले जानकारी गराए । उत्खनन र अध्ययन अनुसन्धानबाट अजयमेरुकोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुन सक्ने देखिएको उनले बताए ।

बिचमा गल्ली एकातिर तीन र अर्कोतिर चार कोठा गरेर भुइँ तलामा सात र माथि जाने ढुङ्गाको सिँढी पनि भेटिएकाले दुईतले भवनमा करिब १४ कोठाको मुख्य दरबार रहेको हुन सक्ने खुलेको उनले बताए ।

मुख्य दरबार क्षेत्रमा दरबारसँगै एकतले भवन, मण्डली, सुरक्षा टावर लगायतका गरेर १० वटा ढुङ्गे संरचना भेटिएको उनले बताए । बजेट अनुसार हाललाई दरबारको भुइँ तला निर्माण पूरा भएको उनले जानकारी गराए ।

उत्खननका बेला भुइँ तला मात्रै भेटिएको बताउदै उनले एउटा कोठाबाट माथि चढ्ने सिँढी भेटिएको बताए । यसले दरबारमा अर्को तला पनि थियो भन्ने खुल्ने पुरातत्वविद्को भनाइ थियो । दुई वा त्योभन्दा बढी कति तलाको दरबार थियो भन्ने अहिलेसम्म खुल्न नसकेको उनले बताए ।

उनका अनुसार दरबार क्षेत्रमा छतमा प्रयोग भएका पातला ढुङ्गाका सिलेट भेटिएका थिए भने काठ नभेटिएकाले छानो ढुङ्गाको मात्रै थियो वा काठ पनि प्रगोग भएको थियो भन्ने खुल्न सकेको छैन ।

डोटेली राज्यको इतिहास बोकेको अजयमेरुकोट कत्युरी राजवंशको उत्कृष्ट कला शैलीमा निर्माण गरिएको उत्खननका समयमा पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भास्कर ज्ञवालीले बताएका छन् ।

उनका अनुसार अजयमेरुकोटको विशिष्ट कलाकृति र निर्माण शैली कर्णाली नदी भन्दा पूर्वमा रहेका देवलहरू भन्दा फरक रहेको छ । यहाँ बिचमा मण्डप बनाएर दायाँबायाँ देवल बनाउने शैली छ ।

बैठक कक्ष र नाउला विशिष्ट किसिमका छन । यो नेपालकै उत्कृष्ट कलाकृतिका रूपमा रहेको उनले बताए । अजयमेरुकोटमा निरय पाल र नागी मल्लको अभिलेख पाइएका छन । पहिले नपढिएका केही अभिलेख अहिले उतार गरिएको छ । त्यसबारे विषयविज्ञ बोलाएर छलफल गरिने बताइएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान