"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछामको बासुकी माविद्धारा देउसी भैलो खेलेर ११ लाख १५ हजार ९ सय ६२ रुपैया संकलन

No data was found

Khabar Raftar

कार्तिक २२ अछाम । अछामको बासुकी माध्यमिक विद्यालयले तिहारमा देउसीभैलो खेलेर ११ लाख १५ हजार ९ सय ६२ रुपैया संकलन गरेको छ । अछामको मेल्लेख गाउँपालिका वडा नम्बर–४ कुस्कोटमा रहेको बासुकी माध्यमिक विद्यालयले तिहारमा देउसीभैलो खेलेर ११ लाख १५ हजार ९ सय ६२ रुपैया संकलन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोकुल शाहले विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय युवाले ‘बासुकी माध्यमिक विद्यालय निर्माणमा हाम्रो सहभागिता, कक्षा ११, १२ सञ्चालनमा अक्षय कोष स्थापनामा हाम्रो ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ देउसी–भैलो अभियानको थालनी गरेको बताए ।

अछामका विभिन्न गाउँमा पुगेर मौलिक गीत देउडा खेल्दै भैली टिमले आर्थिक संकलन गरेको उनले जानकारी गराए । अभियान गाउँमा मात्र नभई सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएप मार्फत देश–विदेशमा छरिएर रहेका ५ सय ९० जना कुस्कोटवासी सम्म पुगेको उनले जानकारी गराए ।

देश–विदेशमा रहेका उनीहरूले गाउँको स्कुलका लागि दिल खोलेर सहयोग गरेको उनले जानकारी गराए । शाहले अभियानको पहिलो चरणमा सङ्कलन भएको रकमलाई तत्काल खर्च नगरी एउटा ‘अक्षय कोष’मा राखिने बताए ।

कोषको मूलधनलाई सधैँ सुरक्षित राखेर त्यसबाट आउने वार्षिक ब्याजबाट कक्षा ११ र १२ का लागि आवश्यक शिक्षकको तलब, शैक्षिक सामग्री, प्रयोगशाला व्यवस्थापन र गरिब तथा जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने उनले जानकारी गराए ।

अभियानले राम्रो सुरुवात गरेको बताउदै उनले हरेक रुपैयाँमा स्थानीय दाजुभाइ र दिदीबहिनीको पसिना र माया मिसिएको बताए ।

उच्च माध्यमिक तहको शिक्षाका लागि आर्थिक स्रोतको अभाव परीपूर्ती गर्न देउसीभैलो खेलेर रकम संकलन गरिएको उनले बताए । स्थानीय मानवहादुर साउँदले विद्यालयमा ०८१ साल देखि कक्षा ११ र यस वर्षदेखि १२ कक्षाको पठनपाठन सुरु गरिएको बताए ।

एसईई सकेका विद्यार्थीलाई उच्च माध्यमिक तह पढ्न धनगढी, महेन्द्रनगर लगायतका स्थानमा जानुपर्ने बाध्यता हटाउन तथा छोरीहरूलाई उच्च माध्यमिक तहसम्मको अध्ययनलाई सहज गराउन गाउँकै विद्यालयमा ११ र १२ कक्षाको पढाइ सुरु गरिएको साउँदले बताए ।

आर्थिक स्रोत सबैभन्दा ठुलो चुनौती बनेको बताउदै उनले विद्यालयमा प्राथमीक विद्यालयतर्फ ४ जना स्थायी दरबन्दीका शिक्षक भएको बताए । त्यसैगरी २ जना माध्यामीक विद्यालय र एक जना निम्न माध्यामीक विद्यालय गरी ३ जना राहत शिक्षक रहेको उनले बताए ।

संघीय अनुदानमा एक जना र गाउँपालिकाको अनुदानमा ६ जना शिक्षक कार्यरत भएको जानकारी गराउदै उनले गाउँपालिकाको अनुदानमा राखिएका ६ जना शिक्षक मध्ये प्राथमीक विद्यालयमा १, निम्न माध्यामीक विद्यालयमा २, माध्यामीक विद्यालयमा १ र कक्षा ११ र १२ मा दुई जना रहेको जानकारी गराए । त्यसैगरी स्थानीय स्रोतमा प्राथमीक विद्यालयमा १, निम्न माध्यामीक विद्यालयमा १ जना शिक्षक राखिएको बताए ।

१७ जना शिक्षक, एक जना लेखापाल र एक जना परिचर गरी विद्यालयमा १९ जना कर्मचारी रहेको जानकारी गराउदै उनले अझै कक्षा ११ र १२ का लागी दुई जना शिक्षकको आवश्यकता रहेको जानकारी गराए ।

गाउँपालिकाको अनुदानमा ६ जना र स्थानीय स्रोतबाट २ जना शिक्षक थपेर जेनतेन चलेको विद्यालयलाई ‘प्लस टु’ सञ्चालन गर्न थप दुई जना शिक्षकको तलब व्यवस्थापन गर्न तिहारमा देउसीभैलो मार्फत रकम जुटाएर अक्षयकोष खडा गरिएको उनले जानकारी गराए ।

भर्खरै

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन
निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै
सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य
स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु
प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण
कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक
दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय
कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन
लोटस आई स्कुलको २७ औ वार्षिकोत्सव समारोह सुरु
शुक्लाफाँटा निकुञ्जको पिपरैया स्थित हात्तीसारमा रहेकी अढाई वर्षकी शुक्लाकली हात्तीलाइ तालिम दिइैदै

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

2114744a-8db5-499f-b6cc-d8332c302e2f

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न मुख्यमन्त्री शाहको निर्देशन

681bf69c-06e8-4580-9c81-d6ea0c674629

निर्वाचनको समय नजिकिदै गर्दा दमाहा बाजाको प्रयोग बढ्दै

dasahi-attariya-w

सुदूरपश्चिम प्रदेशमा नेकपा (बहुमत) ले आह्वान गरेको बन्दको प्रभाव सामान्य

cropped-cropped-khabar-raftar-2.png

स्कारपियो र मोटरसाइकल ठोक्किदा एकजनको मृत्यु

7492b49c-bee6-4fce-a7ee-1c0cd5023c39

प्रवासी युवाद्वारा सहयोग गरिएको मर्चरी च्याम्बर धनसिंहपुर स्वास्थ्य चौकीलाई हस्तान्तरण

raswapa-kailali-5

कैलाली–५ मा रास्वपाका उम्मेदवार चन्दको वाचा–पत्र सार्वजनिक

7638ddb9-77d4-4459-b843-c9c98c41a1d6

दलित समुदायमा वैदिक शिक्षा विस्तार, प्रशिक्षित युवा पुरोहित सेवामा सक्रिय

05157772-3bb4-42ae-bb1f-7b0653798dfc

कृषि विकास बैंक कर्मचारी संघ नेपाल सुदूरपश्चिम प्रदेश समितिको रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन