"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

छठ पर्वको मुख्य दिन सोमबार अस्ताउँदो सूर्यलाई विधिपूर्वक अघ्र्य दिईयो

No data was found

Khabar Raftar

कार्तिक १० धनगढी । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन सोमबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक बर्तालुले अघ्र्य दिएका    छन । सोमबार बिहानै स्नान गरी दिनभर निर्जल व्रत बसेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि अनुसार अघ्र्य दिएका हुन ।

कार्तिक शुक्ल चतुर्थी देखि सप्तमी सम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबार देखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदी सहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनि सूर्यदेवलाई आराधना गरिएको बताइन्छ । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

लोककथन बमोजिम सोही समय देखि छठ मनाउने परम्पराको थालनी भएको बताइन्छ । सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्यले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेपछि त्यही बेला देखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् ।

सूर्यको शक्तिविना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको   पाइन्छ । सूर्यको किरणवाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचार समेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।

छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्ब सहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ । यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर खरना षष्ठी मातालाई चढाई बर्तालुले प्रसाद स्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको छठ पूजा समितिीले जनाएको छ ।

षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ । कार्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छाला रोग लाग्दैन भन्ने धार्मिक विश्वास छ ।

विसं २०४६ साल अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । विसं २०४६ साल देखि सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकोमा अहिले फेरि दिन थालिएको छ ।

छठ पर्वका लागि मोहना नदी किनारलाई सजाइएको छ । छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थी देखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदा देखि लसुन, प्याज लगायत तामसी खाद्यपदार्थ नखाइ चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् । यसैले यो पर्व अत्यन्तै पवित्र भएर मनाउने चाडका रुपमा स्थापित भएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान