"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछामको मार्कुमा छाउपडी प्रथा अन्त्य गरेको प्रहरीलाई अन्तर्राष्ट्रिय ‘हर्मन गोल्डस्टेइन अवार्ड’

No data was found

Khabar Raftar

कार्तिक ०२ अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर–७ मार्कुलाई छाउपडी गोठ मुक्त गाउँ बनाएको नेपाल प्रहरीलाई अमेरिकामा ‘हर्मन गोल्डस्टेइन अवार्ड’मार्फत सम्मान गरिएको छ ।

नेपाल प्रहरीले अछामको दुर्गम गाउँमा छाउपडी प्रथा अन्त्यका लागि सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी परियोजना मार्फत अन्तर्राष्ट्रिय अर्वाड प्राप्त गरेको हो । प्रहरीको यो परियोजना विश्वप्रसिद्ध ‘हर्मन गोल्डस्टेइन उत्कृष्ट समस्या–मुखी प्रहरी सेवाको’ उत्कृष्ट परियोजनामा छर्नाट भएको प्रहरी नायब उपरीक्षक एवं अछामका पूर्व प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले बताए ।

प्रहरीका तर्फबाट परियोजना प्रस्तुत गर्ने टोलीमा प्रहरी नायब उपरीक्षक किरणजङ्ग कुँवर, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारी र प्रहरी निरीक्षक प्रतिमा कार्की अमेरिका गएका थिए । अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन सहरमा अक्टोबर १३ देखि १५ सम्म कार्यक्रम भएको हो ।

अमेरिकाको एरिजोना स्टेट विश्वविद्यालयको आयोजनामा भएको नेपाल प्रहरीले ‘सामाजिक रुपान्तरणका लागि समुदाय–प्रहरी सहकार्यःअछामको मार्कु गाउमा छाउपडी प्रथा अन्त्य अभियान’ सम्बन्धी प्रस्तुतिकरण गरेको थियो ।

प्रहरीले समुदायमै काम गरेर प्राप्त गरेको पहिलो अन्तराष्ट्रिय अवार्ड ‘हर्मन गोल्डस्टेइन अवार्ड’ रहेको र यसले नेपाल प्रहरीमा इतिहास रचेको भण्डारीले    बताए । ‘अछाममा बसेर प्रहरी प्रमुखको रुपमा जुन काम गरियो सोही कामले पाएको अवार्ड लिन अमेरिका जानु मेरा लागि खुसीको क्षण हो,’ भण्डारीले भने ।

समुदायमा काम गरेर अन्तराष्ट्रिय अवार्ड पाएको यो नै पहिलो हो । छाउपडी प्रथा हटाउनका लागि प्रहरीलाई थप जिम्मेवार बनाएको छ । नेपाल प्रहरीले यो मोडेललाई सुदूरपश्चिम र कर्णालीका अन्य जिल्लाहरूमा पनि विस्तार गर्न सकिने निष्कर्ष निकालेको उनले बताए ।

.यो पुरस्कार अमेरिकी अपराधशास्त्री प्रोफेसर हर्मन गोल्डस्टेइनको नाममा सन् १९९३ देखि हरेक वर्ष प्रदान हुँदै आएको हो । गोल्डस्टेइनले सन् १९७९ मा समस्यामुखी प्रहरी सेवाको अवधारणा प्रतिपादन गर्दै प्रहरीलाई अपराधपछि मात्र प्रतिक्रिया जनाउने प्रणालीबाट हटाएर सामाजिक समस्या पहिचान र दीर्घकालीन समाधानतर्फ उन्मुख गराएका थिए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान