भदौ २५ अछाम । अछाम कारागारका कैदीहरूले आन्दोलन गरेपछि केही घण्टा अछाम कारागार तनावग्रस्त भएको छ । कारागारमा रहेका कैदीबन्दीले बिहानैबाट दिउँसोसम्म आफूलाई जेल बाहिर जान दिनपर्ने भन्दै कारागारभित्र माग राखेर आगजनीको प्रयास गरेकोले तनावग्रस्त भएको हो ।
कारागारमा तनाव भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले चारैतिर कडा सुरक्षा व्यवस्था मिलाएका छन् । अहिले अवस्था शान्त भएको जेलर इन्द्र चौधरीले बताए । जेन्जीको नाममा अछाममा मंगलबार नेपाली काँग्रेस, नेकपा ९एमाले० र मंगलसेन नगरपालिकामा तोडफोड गरिएको छ । एमाले पार्टी कार्यालयमा तोडफोडपछि आगजनी गर्ने क्रममा सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए ।
आन्दोलनकर्ताले बजारभर नाराबाजी गरेर बीच बजारमा टायर समेत बालेका थिए । बुधवार आन्दोलनमा हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय अछामले बिहीबार बिहान सम्मका लागि जिल्लामा निशाध्याज्ञा जारी गरिएको छ । सदरमुकाम सहितका अन्य स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना खटिएका छन् ।


