"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पुस्तौँ देखिका अपमानीत टोलका नाम परिबर्तन गरिए पछि दलित समुदाय खुसी

No data was found

Khabar Raftar

साउन १६ डोटी । पुस्तौँदेखि अपमानीत नामले चिनीएका डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर–५ दलित टोलको नाम परिबर्तन गरिए पछि स्थानीय दलित समुदाय खुसी भएका छन । बर्षौ देखि कायम आउजी÷ढोली बाडा जस्ता टोलका नाम परिबर्तन गरिए पछि स्थानीय दलित समुदाय खुसी भएका हुन ।

डोटीको दिपायल सिलगढी नगरपालिका वड नम्बर–५ की अम्बिका आउजीले अपमानीत टोलको नाम आउजी÷ढोली बाडा परिबर्तन गरेर फुलबारी टोल राखिए पछि खुसी भएको बताईन । टोलको नाम बदलिएपछि आत्मसम्मान फेरिएको महसूस भएको उनले बताईन ।

टोलको नामले सधैँ अपमान महसुस भइरहेको बताउदै उनले टोलछिमेकका अधिकांश दलित समुदायका व्यक्तिले वर्षौँदेखि अपमान महसुस गर्नु परेको   बताईन । आउजी÷ढोली बाडामा बस्छु भन्न पनि अपमान महसूस हुने गरेको बताउदै उनले आत्मसममानमा चोट पुर्याउने गरेको बताईन ।

अहिले टोलको नाम फेरिएर फूलबारी भएको बताउदै उनले केवल नामको फेरबदल मात्र नभई मानवअधिकार, सामाजिक पहिचान र आत्मसम्मानमा परिबर्तन भएको बताईन । त्यसैगरी दलित महिला सङ्घ (फेडो) का कार्यक्रम संयोजक शङ्कर विश्वकर्माले जातीय आधारमा पुस्तौँदेखि कायम टोलका नामहरू फेर्ने अभियान शुरू भएको बताउदै केही टोलका नाम औपचारिक रूपमा परिवर्तन भइसकेको बताए ।

केही टोलमा नाम फेर्ने उद्देश्यले अभियान जारी रहेको बताउदै उनले विभिन्न महिला समूह, वडा कार्यालय र स्थानीय सरोकार निकायको सहकार्यमा अभियान शुरू भएको बताए । पुस्तौँदेखिको भुलबाडा ‘चेतना बस्ती’, आउजी÷ढोली बाडा ‘फूलबारी बस्ती’ र लोहारबाडा ‘बेतालदेउ बस्ती’ मा परिवर्तन भएको उनले बताए ।

वडा नंम्बर ५ बाट सुरू भएको अभियान अन्य वडा र गाउँपालिका हुँदै जिल्लाभरी सञ्चालन गर्ने योजना रहेको विश्वकर्माले बताए । जातका आधारमा नाम दिइएका बस्तीले दैनिकजसो मन दुखाउने र आत्म सम्मानमा ठेस पुग्ने गरेको बताउदै उनले आफ्नो ठाउँको नाम भन्न पनि हीनताबोध हुने गरेको बताए ।

पहिचानसँग अपमान, जातीय विभेद र तिरस्कार जोडिएका टोलका नाम परिबर्तनले स्थानीय खुसी भएको उनले बताए । विद्यालय, अस्पताल, कार्यालय लगायत हरेक ठाउँमा जातमा आधारित ठाउँ जनाउँदा नयाँ पुस्ताले झन् अपमान बोध गर्ने गरेको बताउदै उनले दलित समुदाय र युवापुस्ताले यो कार्यलाई ऐतिहासिक भनेको     बताए । हिजो आफ्नो ठाउँको नाम भन्न हिच्किचाउनेहरू आज गर्वले उच्चारण गर्न थालेको उनले बताए ।

वडा कार्यालयको समन्वयनमा सरोकारवालाहरुसंगको निरन्तर छलफल, समुदायस्तरका बैठक, समझदारी र सहकार्य पछि अपमानीत नामहरू परिवर्तन सम्भव भएको फेडोका जिल्ला अध्यक्ष सरिता दियालीले बताईन ।‘ठाउँसँग जातीय पहिचान र जातसँग अपमान र विभेद नजोडिएको बताउदै उनले सामाजिक परिवेशका कारण ती शब्दहरूले आत्मसम्मानमा चोट पु¥याउने गरेको बताईन ।

त्यसैले सबैको सहमतिमा नाम फेर्ने अभियान शुरू गरेको बताउदै उनले नाम परिबर्तन गरिएको बताईन । त्यसैगरी ज्येष्ठ नागरिक दिलबहादुर कोलीले विगतमा भोगेका अपमान र विभेदका चोटमा मल्हम लगाउने काम भएको बताए । जीवनको उत्तराद्र्धमा समाजमा भइरहेका परिवर्तन र सकारात्मक सोचले उत्साहित बनाएको उनले बताए ।

टोलका नाम नाममात्र नभई पुस्तौँदेखिका गलत संस्कार, विभेदका कथाव्यथा पनि बाकेको बताउदै उनले विस्तारै समय बदलिनुका साथै टोलका नाम बदलिएको बताए । विगतका विस्मृतिलाई केही भए पनि भुलाएको बताउदै उनले आत्मसम्मान बढाउन योगदान पु¥याएको बताए । विभेदका बाँकी अवशेष पनि हटाउन आवश्यक भएको बताउदै उनले नाम फेरिएजस्तै समानताविरोधी सोच र व्यवहार पनि बदल्न लाग्नुपर्ने बताए ।

दलित महिला संघ फेडोको सहयोगमा डोटीको दिपायल सिलगढी नगरपालिका वड नम्बर–५ मा दलित महिलाहरूलाई सङ्गठित गर्दै विभिन्न ६ वटा समूह गठन गरिएका छन् । समूहले दलित तथा सीमान्तकृत महिलालाई सङ्गठित गर्दै अधिकारको पैरवी, आर्थिक सशक्तीकरण, नागरिक चेतना अभिवृद्धि, नेतृत्व विकासका माध्यमबाट स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा आफ्ना सवाल सम्बोधन गर्न पहल गरिरहेका छन् ।

समूहले संयक्त रूपमा कार्ययोजना बनाएर जातिगत टोलका नाम परिवर्तन गर्ने नीति लिएको अध्यक्ष दियालीले बताईन । त्यसका लागि समूहले स्थानीय जनप्रतिनिधि र सरोकार भएकासँग संवाद गरेर जातीय विभाजनमा आधारित नामहरू परिवर्तन गर्दै समावेशी र सकारात्मक पहिचानबोध नाम राख्ने निष्कर्ष निकालेको उनले बताईन ।

त्यस क्षेत्रमा क्रियाशील विभिन्न निकाय, जनप्रतिनिधि, विशेषगरी वडा नम्बरं ५ कार्यालयले सहयोग गरेपछि नाम परिवर्तन सम्भव भएको सक्रिय महिला समूहकी अध्यक्ष जानकी भूलले बताईन । पछि बृहत् छलफल र घोषणासभा आयोजना गरी सबैको सहमतिमा टोलका नाम अनुमोदन गरिएको उनले बताइन् ।

नाम परिवर्तनबाट जातीय पहिचानका आधारमा हुने विभाजनलाई हटाउँदै सामाजिक सद्भावको उदाहरण प्रस्तुत गरिएको वडाध्यक्ष गणेशबहादुर भण्डारीले बताए । नाम भनेको पहिचान र आत्मसम्मानका आधार भएको बताउदै उनले नाम्मा आत्मसम्मान महसुस गरिएन भने तयसको अर्थ नहुने बताए ।

फेडोका केन्द्रीय महासचिव रेणु सिजापतिले डोटीको एउटा वडाबाट सुरू भएको अभियानले सकारात्मक सन्देश प्रवाह गरेकाले अन्य ठाउँमा पनि यसको विस्तार गरिने बताईन । यो समस्या डोटी, त्यहाँको एउटा वडाको मात्र नभई जिल्ला र देशभरिकै भएको बताउदै उनले यसबाट अरुले पनि सिक्नुपर्ने र त्यसका लागि फेडोले सहजीकरण गर्ने बताईन ।

‘कतिपय ठाउँमा डुम बाडा, कामी बाडा, दमाई बाडा र यस्तैयस्तै नाम अहिले पनि भएको अभियन्ता दुर्गा सोवले बताईन । विगतको पुस्ताले यसलाई सामान्य रूपमा लिए पनि अहिलेको पुस्ताले अपमान महसूस गरिरहेको बताउदै उनले आफ्नो ठाउँबारे गर्व महसुस नभएपछि कतिपयले थातथलो छाडेको गुनासो रेको सुनेको उनले बताईन ।

डोटीको एउटा वडाबाट सुरू भएको पहल सानो भए पनि यसले ठूलो सन्देश दिएको उनले बताईन । फेडोका संस्थापक अध्यक्ष सोवले थातथलो मात्र नभई दलित समुदायका कतिपय व्यक्तिले आफ्नो नाममै अपमान महसूस गरिरहेको बताईन ।

दलित समुदायका कतिपय व्यक्तिका नागरिकतामा फ्याउरो, सिँगाने, कुत्ता, कुकुर्नी, कुकुर, नौपुठे, ढाले, काली गासे, गोप्लो, लाटो, लुखुरी जस्ता नाम राखिएका बताउदै उनले सरकारले थरपरिबर्तनको ब्याबश्था गरेको बताईन । वि.सं.२०७९ साउन २३ गते सरकारले गृह मन्त्रालय मार्फत विज्ञप्ति जारी गरी नागरिकता सच्याउने ब्याबश्था गरेको उनले बताईन ।

बस्तीका नाम फेर्ने कुरा नागरिकता सच्याउने जस्तो ठूलो विषय नभए पनि अभियानलाई देशव्यापी बनाइने फेडोका केन्द्रीय अध्यक्ष कला स्वर्णकारले    बताईन । ‘नाम मात्र होइन, त्यसमा पहिचान जोडिएको हुन्छ। पहिचान मानिसको सबैभन्दा ठूलो सम्पत्ति हो, तर यसैमा कसैले आत्मसम्मान महसूस गर्दैन भने त्यो राम्रो होईन उनले भनिन ।

त्यसैले डोटीमा दलितको अभियानमा गैरदलितले पनि समर्थन जनाए पछि अभियान सार्थक बन्दै गएको उनले बताईन । वडा अध्यक्ष भण्डारीले यस अभियानलाई वडा, गाउँपालिका हुँदै जिल्लाभर विस्तार गर्न आफूहरूको सहयोग गर्ने बताए ।

अबको पुस्ता जातले होइन, चेतनाले चिनिने बताउदै उनले त्यसका लागि वडाबाट सामाजिक रूपान्तरणको शुरुआत भएको बताए । नाम त परिवर्तन गर्यौँ, अब मन र व्यवहार पनि परिबर्तन गर्नु पर्छ । जातीय विभेदबाट मुक्ति पाउनु केवल दलित समुदायको सरोकारको कुरामात्र होइन, यो सामूहिक उत्तरदायित्व हो उनले भने ।

समस्या डोटीमा मात्र नभई देश भरी भए पनि सुदूरपश्चिममा बढी भएकाले गैरदलित बसोबास गर्ने ठाउँका नाम देवीदेउता, ऐतिहासिक पृष्ठभूमि र भूगोलको गौरबगाथासँग जोडेर राखिएका भए पनि दलित बस्तीका नाम संविधानले बर्जित गरेका शब्दलाई जातसँग जोडेर राखिएका छन् ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान