"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङमा गार्मेन्ट उद्योगमा भएको आगलागीबाट १ करोड ३० लाखको क्षति

No data was found

Khabar Raftar

असार ३२ बझाङ । बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर–४,बागथला बजारस्थित गार्मेन्ट उद्योगमा भएको आगलागीबाट १ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार राति भएको आगलागीबाट १ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको जानकारी गराएको हो ।

स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित होनैनाथ गार्मेन्ट उद्योगमा राति करिब पौने १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए ।
जस्तापाताले छाएको एकतले तीनकोठे कच्ची भवनमा सञ्चालित उक्त उद्योग पूर्णरूपमा जलेर नष्ट भएको उनले बताए ।

आगलागीबाट ठुलो मेसिन ३ थान, साना मेसिन १६ थान, लत्ता–कपडा, धागो लगायत अन्य सामग्री जलेर करिब १ करोड ३० लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी गराएको हो । घटनाको जानकारी राति १ः३० बजे प्राप्त भएपछि अस्थायी प्रहरी चौकी बागथलाबाट प्रहरी निरीक्षक हरकसिंह फरालको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको उनले जानकारी गराए ।

स्थानीयवासीको सहयोगमा राति २ बजे आगो नियन्त्रणमा लिइएको प्रहरीले जानकारी गराएको छ । विद्युत् सट भएर आगलागी भएको अनुमान गरिएको छ । सञ्चालक पुष्पराज भट्टले २०७२ साल देखि सञ्चालनमा आएको होनैनाथ गार्मेन्ट उद्योग जिल्लामै नमुना उद्योगको रूपमा विकास भइरहेको बताए । उद्योगमा ९ जना स्थायी कामदार कार्यरत भएको बताउदै उनले जसमा ४ जना कर्मचारी र ५ जना सञ्चालककै परिवारका सदस्य रहेको बताए ।

उद्योगले सबै प्रकारका आवश्यक पोशाक उत्पादन गर्दै आएको उनले बताए । उद्योगमा रहेको सबै सामग्री जलेर नष्ट भएको उद्योग सञ्चालक पुष्पराज भट्टले जानकारी गराए ।

आगलागी जानकारी पाएलगत्तै गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको नेतृत्वमा उपाध्यक्ष मनीषा धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्ट, प्रशासकीय अधिकृत धनराज जोशी, शिक्षा शाखा प्रमुख हिम्मत भण्डारी सहितको टोलीले बुधबार स्थलगत निरीक्षण गरेको उनले बताए ।

निरीक्षणका क्रममा गाउँपालिका अध्यक्ष बोहराले आगलागी पीडितलाई राहत प्रदान गर्न कार्यपालिका बैठक बोलाएर निर्णय गरिने बताए । जिल्लाको नमुना उद्योग भएकाले राहत र पुनर्निर्माणका लागि अन्य सरोकार निकायसँग सहकार्य गर्नका लागि समेत पालिकाले पहल गर्ने उनले बताए ।

गाह्रोमा साथ दिने संस्कारलाई बलियो बनाएर, समस्यामा सबैले सहयोग गर्नु सामूहिक जिम्मेवारी भएको अध्यक्ष बोहराले बताए । गाउँपालिकाले विपद्का बेला सबै सरोकारवालालाई सहकार्यका लागि अपिल गरेको उनले बताए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान