"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

पितृसत्ताको जगजगीलाई नकार्दछ पंचप्रिया खण्डकाव्यले

No data was found

Khabar Raftar

गणेश नेपाली,बैशाख ०४ धनगढी । भारत, उत्तरखण्ड, पिथौरागढ निबासी वरीष्ठ साहित्यकार पीताम्बर अवस्थीको खण्डकाव्य पंचप्रिया हिन्दूधर्मशास्त्रको धार्मिक ग्रन्थ महाभारतकी प्रमुख मध्ये कि एक पात्र द्रोपदीको, उनले भोग्नुपरेको विभेदपूर्ण जीवन र तत्कालीन समयमा महिला प्रति परिवार, समाज र राज्यको दृष्टिकोण र सोचलाई कुमाउनी भाषामा काव्यात्मक वर्णन, विवेचना र विश्लेषण गरेका छन् ।

सात सर्गहरूमा रचना गरिएको पंचप्रिया खण्डकाव्यमा १६४ पेज, १७० श्लोकहरू रहेकाछन् । इस्वी सन् २००० मा प्रकाशित यो खण्डकाव्यको प्रकाशक संस्कृत पुस्तकालय पिथौरागढ रहेको छ । यसको मूल्य भारतीय रूपैयाँ २५० रहेको छ । कुमाउनी भाषा र सुदूरपश्चिमको खस नेपाली भाषा उस्तै जस्ता लाग्छन् । डडेल्धुरा, बैतडी, दार्चुला, डोटी, बाजुरा, अछाम बझाङमा बोलिने नेपाली भाषा बोल्न जान्ने र बुझ्न सक्नेहरूका लागि यो खण्डकाव्य पढ्न सहज छ ।

कुमाऊँ र सुदुरपश्चिम प्रदेशको भाषा, संस्कृति र सामाजिक जनजीवन साझा छन् । खस नेपाली भाषा जान्ने साहित्यानुरागीहरूका लागि पंचप्रिया पठनीय कृति हो । महाभारतकी पात्र द्रोपदीले भोगेको जीवन त्यो समयमा पनि सामाजिक रूपमा अस्वीकार्य थियो र आजपनि अस्वीकार्य नै छ ।

उनले पाँच पतिहरूकी पत्नी हुनुको अपमान भोगेको र पिताले आफ्नो कुनै स्वीकृति नलिइ, जानकारी नै नगरी उनको स्वयंम्बरमा अनेक राजकुमारहरूलाई आमन्त्रण गरि जसले प्ररिस्पर्धा जित्न सक्छ उसैसंग छोरीको विहे गरिदिने घोषणानुसार अर्जुनसंग भएको विवाह तथा उनकी सासू कुन्तिले भुलवस पाचैजना भाइहरूले बाडेर राख भन्दा आमाको वचन र आदेशको पालना गर्ने छोराहरूले एकजना महिला द्रोपदीसंग विहे भएको कारण कृतिमा द्रोपदीलाई पंचप्रिया भनिएको मात्र छैन कृतिको नाम नै पंचप्रिया राखेका छन् कृतिकारले ।

जुवामा युधिष्ठिरले आफ्नो राज्य, आफू, आफ्ना भाइहरू र पत्नी द्रोपदीलाई समेत हार्दा द्रोपदीका पीडा, दुख, अपमानलाई आम नारी अस्मितासंग जोडेर काव्य सिर्जना गरिएको छ । द्रोपदीले पंचप्रिया खण्डकाव्यमा बोलेका विचारहरू वर्तमानको महिला आन्दोलनका मार्गदर्शन भएका छन् । छोरीलाई पिताले आफ्नो सम्पत्ति ठानेर कन्यादान गर्ने बस्तु होईनन् , पतिले जुवामा राख्ने सम्पत्ति पनि होइनन् पत्नीहरू, आफ्नो व्यक्तिगत स्वतन्त्रताको उपभोग गर्ने निर्णायक अधिकार स्वयम् महिलामा निहित हुनुपर्छ भन्ने मानवीय स्वतन्त्रताको उद्घोषण हो पंचप्रिया ।

छोरी जन्मिने भन्ने पत्ता लगाएर गरिने मादा भ्रुण हत्याको विरोध गरिएको छ । दाइजो प्रथाको कारण हुने बुहारी हत्या, उत्पिडन र अपमानको लाई सभ्यताकै कलंक भनिएको छ । छोरा र छोरीका विचमा शिक्षा, सम्पत्ति, सामाजिक र सांस्कृतिक विभेदको निन्दा गरिएको छ । छोरीलाई चुलोचौकामा सिमित राख्ने परिवारलाई छोरी पढाउने र शिक्षित बनाउनु पर्छ प्रेरणा हो ,पंचप्रिया । आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक र सांस्कृतिक रूपले नारी जागरण र उत्थानमा जोड दिएको पंचप्रिया खण्डकाव्यले महिला आत्मनिर्भरतालाई विशेष जोड दिएको छ ।

यस्ता कृति प्रकाशित हुदा महिला स्वतन्त्रता, उत्थान र जागरणमा विशिष्ट योगदान त हुन्छ नै । परिवार, समाज र राष्ट्र कै सर्बाङ्गिण विकास हुने सुनिश्चित छ । मानव सभ्यताको निरन्तरता र सृष्टिमा पुरुषको तुलनामा महिलाको भूमिका अतुलनीय रूपमा श्रेष्ठ र वन्दनीय छ । तिनै महिला समाजमा पूज्य हुनुको सट्टा अनेक विभेद र हिंसाको सिकार भैरहेको सामाजिक, धार्मिक, सांस्कृतिक वेथितिका विरूद्धमा लेखिएको कृति हो पंचप्रिया । पितृसत्ताको जगजगीलाई नकार्दछ पंचप्रियाले ।

खण्डकाव्यका केही श्लोकहरू ः
जीवन अपनो आस पराई
नारिको धर्म बडो कष्टदायी ।
बांधि जांछि जब सिन्दूरका बन्धन
फिरिल्ये सुख ऊ कभै नि पायी ।। पहिलो सर्ग पहिलो श्लोक पेज ७

नारि वरण करना कि योत्अ
प्रथा स्वयम्वर कि बेकार् अ ।
………., दुष्ट जो जितलो
पैरुन्अ पड्लो बीस हारअ ।।५।। दोस्रो सर्ग पेज नं. १८

ईजा बोलिछ जिल्ये ल्यारिछा
आपस मे तुम सब बांटी लिया ।
नि चानूँ क्वै करो विरोध
बतकौ यो तुमि गांठ पाडि लिया ।।२८।। तेस्रो सर्ग पेज ३९

पाँच पुरुषन् को वर्ण विधाता
कभै नि मैं स्वीकार करूंलो ।
अन्तर्मनका इन प्रपंचनकैं
सदा सदा मैं इनकार करूलो ।।४।। चौथो सर्ग पेज ४५

जुआ खेलना ल्ये सदा हुँछि हानि
अरे मनुष्यो ! आब आँखा खोलो ।
माट् में तुमरो यश मिललो
संसार तुमन् कैं पागल कौलो ।।३४।। पाचौं सर्ग पेज ७४

क्या ? सोचि बेर येदिनकि
तुम ले मैंस वरण करिछ ।
चीर –हरणकि यो व्यथा ल्ये
जीवन मेरो मरण करीछ ।।३।। छैठौँ सर्ग पेज ९७

नर् अल्ये स्वार्थ का लिजी नारीकैं
दुर्गम उकाल में चढै दी ।
नयो पाठ, पर द्रुपद च्येलिले
सारि दुनियाँकैं पढै दी ।।१।। सातौं सर्ग पेज १३३

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान