"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

साहित्यिक पत्रकारिताको अवस्था र चुनौतिबारे संगोष्ठी

No data was found

Khabar Raftar

चैत्त ०८ धनगढी । धनगढीमा साहित्यिक पत्रकारिताको अवस्था र चुनौति बारे पत्रकारहरुसँग प्रादेशिक संगोष्ठी गरिएको छ । सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा मिडिया नेपालको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो ।

साहित्यिक पत्रकारिता भन्दा आम पत्रकारिता पुरानो भएता पनि वास्तविक विकास हुन नसकेको प्रति पत्रकार तथा संगोष्ठी कार्यक्रमको कार्यपात्रो प्रस्तोता चित्राङ्ग थापाले चिन्ता व्यक्त गरे । पछिल्लो समयका युवा पुस्ताले साहित्यिक पत्रकारितालाई नजर अन्दाज गरेको र सरकारको तर्फबाट समेत यसको विकासका लागि कुनै पहल हुन नसकेको अवस्था रहेको उनले बताए ।

सुदूरपश्चिममा विगतमा गुगुल्डी, सुदूर चिनारी जस्ता दर्जनौं साहित्यिक पत्रिका प्रकाशन भएता पनि पछिल्लो समयमा आर्थिक अभावसँगै पाठकको अभावले गर्दा साहित्यिक पत्रकारिता र पत्रिका दुवै ओझेलमा परेको पत्रकार नारायण अवस्थीले बताए । त्यसैगरी पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव शिवराज भट्टले सरकारले आगामी दिनमा विशेष पहल चाल्नु पर्ने देखिएको बताए ।

कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री मेघराज खड्काले साहित्यिक पत्रकारिता धरापमा पर्नुको मुख्य कारण साहित्यिक पत्रकारितालाई पाठकको अभाव हुनु भएको बताए ।

कार्यक्रमका सभाध्यक्ष तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि एन जोशीले आफूले पत्रकारिता गर्दा साहित्यिक पत्रकारितालाई विशेष ध्यान दिएको र क्याम्पस तहमा पढ्दै गर्दा पनि साहित्यिक पत्रिकाहरू प्रकाशन गर्दै आएको बताए ।

आज पनि साहित्य क्षेत्रको विकाससँगै साहित्यिक पत्रकारिताको विकासका लागि तत्पर रहेको बताउदै उनले सबैले यसमा हातेमालो गरेर अगाडि बढ्नु पर्ने बताए । साहित्यिक पत्रकारिताको नयाँ अभियान सुदूरपश्चिमबाट सुरुवात गर्नुपर्ने डा. जोशीले बताए ।

कार्यक्रममा पत्रकार महासङ्घ कैलालीका निवर्तमान अध्यक्ष हिमालय जोशी, पत्रकार महासंघ कैलालीका निवर्तमान अध्यक्ष जगत साउद, पत्रकार नारायण अवस्थीसँगै कैलालीमा पत्रकारिता गर्दै आएका पत्रकारहरूको उपस्थिति रहेको थियो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान