"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीकी सम्भवतः पहिलो वैष्णव, लक्ष्मी नारायण मन्दिर र ऐश्वर्य विद्या निकेतन विद्यालयको जमीनको मालिक लक्ष्मी दमेनी(अमृता)मेटिएको इतिहास र प्रमाण

No data was found

Khabar Raftar

गणेश नेपाली । श्याम नेपाली धनगढी बजारमा लुगा सिलाएर गुजार गर्छन् । उनको आफ्नो घर छैन् र घर बनाउने जमीन पनि छैन् । उमेरले ५५ बर्ष भन्दा ज्यादाका हुन् । उनको बुवा सुर्खेतबाट धनगढीमा बसाई सरेका हुन् । धनगढी बजारको शुरूवाती दौरका मानिसहरूमा पर्छन् उनका बुवा बाबुराम सुनाम । तर सन्तानका लागि भनेर तराई झरेका र तराई झरेका पहाडीयाहरूले सित्तैमा पाउने जमीन पनि राज्यद्वारा नपाएका रहेछन् वा त्यसको लागि प्रयासै गरेका वा नगरेका पनि हुनसक्छन् ।

श्याम नेपालीको बारेमा थोरै भएपनि यहाँ उल्लेख गर्नुपर्ने कारण के भने यिनै श्याम नेपाली हुन् लक्ष्मीनारायण मन्दिर, धनगढी र सुदूरपश्चिमको प्रतिष्ठित शैक्षिक संस्था ऐश्वर्य विद्या निकेतन माध्यमिक विद्यालयको जमीनकि भूमिपति लक्ष्मी(अमृता) दमेनीका भदा (दाजुको छोरा) । श्याम नेपालीकी फूपू हुन् लक्ष्मी(अमृता) दमेनी । लक्ष्मी दमेनीका बुवा धनबहादुर हुन् । श्याम नेपालीका बुवा बाबुराम सुर्खेत जन्मथलो छोडेर कैलाली बसाइ सरेका रहेछन् । यो सम्बन्धले लक्ष्मी दमेनीको जन्मस्थान पनि सुर्खेत हो भन्ने देखाउछ ।

वि.सं. २०२५ सालमा कैलालीको सदरमुकाम भजनीबाट धनगढीमा सरेको हो । २०२५ सालसम्म केही बर्ष भजनीमा बसोबास भएका दिलबहादुर दमाई पनि धनगढी सदरमुकाम भएपछी यहीँ आएर बस्न थाले । उनले हालको मेनरोडबाट नैनादेवी मन्दिर जाने बाटोको शुरूमै पूर्वतिर फर्केको अर्थात भित्रीबाटोको पश्चिम साइडमा घर बनाए । त्यतिबेला धनगढीको जमिन त्यति महत्वपूर्ण थिएन । जहाको भएपनि मान्छे आएर बसिदिनु नै ठूलो कुरो थियो धनगढीमा त्यतिबेला ।

खासमा दिलबहादुर दमाई डोटी जिल्लाको सिलगढीका थिए । त्यसैले नि होला उनी सदरमुकाम भएको ठाउँमा बसाइ सरेका । हाल उनको घर भएको जमिन पिपल टोल हनुमान मन्दिरको बगलमा कारागार रोडमा छ । त्यतिबेला धनगढी अहिले जस्तो गुल्जार कहाँ थियो र । धनगढीका अधिकाँश मानिसहरू एकाअर्कालाई व्यक्तिगत रूपमा चिन्थे । अझ दिलबादुरले लक्ष्मी दमेनीलाई चिनजान गर्न सजिलो हुने नै भयो । दिलबहादुरको पेशा व्यवसाय भनेकै लुगासिलाउने थियो ।

त्यस समयमा लुगा सिलाउनेहरू पनि धेरै भेटिदैन थिए । त्यसैले नि होला लक्ष्मी दमेनीसंग दिलबहादुरको राम्रै चिनजान भएको। अझ सजातीय भएर होला सायद लक्ष्मी दमेनीले दिलबहादुरलाई मामा भनेर नाता लगाएकी थिइन । कतिपय घरायसी काममा दिलबहादुरसँग सल्लाह गर्ने गरेकी थिइन । एकदिन लक्ष्मी दमेनीले सपनामा भगवान विष्णुलाई देखिकी रहिछन् । भगवान विष्णुले उनलाई भनेछन् , मलाई यस ठाउँबाट अन्यत्रै लैजाऊ, मलाई यस ठाउमा बस्ने मन छैन् ।

उनी भगवान विस्णुकी अनन्य भक्त थिइन । सपनामा भगवान विष्णुले साक्षात दर्शन दिएर त्यस ठाउमा बस्न मन छैन भनेको कुराले उनलाई पिरोलिरह्यो । एकदिन सपनाको वृतान्त उनले मामा भन्ने गरेका दिलबहादुरलाई सुनाइन् । कहाँ सार्ने होला अब भगवान विष्णुको मूर्तिलाई त्यस ठाउँबाट मामा भान्जीले धेरै छलफल गरेर मानिसहरूको बसोबास कम भएको ठाउँ हालको एल.एन. चोकनिर लक्ष्मीनारायण मन्दिर परिसरमा आफू पनि आएर बस्न थालिन् ।

तत्कालिन यो घटना बारे दिलबहादुर दमाईकी छोरी विष्णु जैरूसंगको कुरानानीबाट थाहा भएको हो । उनलाई के पनि स्मरण छ कि उनी ८ बर्षकी हुदा उनको विवाह २०२६ सालमा सुरत जैरूसंग भएको थियो । त्यतिबेला आफन्तको नाताले एकसय रूपैया विवाह खर्च भनेर विष्णु जैरूका बुवालाई लक्ष्मी दमेनीले दिएको कुरा उनका बुवाले भन्नुभएको सम्झना छ उनलाई ।

श्याम नेपाली लक्ष्मी दमेनीका भाइका छोरा हुन भन्ने पनि विष्णु जैरूबाट थाहा भएको हो । पछि श्याम नेपालीसँग कुरा गर्दा उनले आफ्नी फूपू लक्ष्मी दमेनीका बारेमा धेरै थाहा नभएको बताए । उनलाई फूपुको सम्पत्तिका प्रति कुनै मोह नभएको पनि उनको कुराले महसुश गराउथ्यो ।

लक्ष्मी दमेनीका आफन्त भनेकै श्याम नेपाली र विष्णु जैरू हुन् । हाल उनीहरू धनगढीमै बसोबास गर्छन् । विष्णु एक आत्मनिर्भर महिला पनि हुन् । उनका पति सुरत जैरू र उनी जिल्ला हुलाक कार्यालय कैलालीको अगाडि कपडा सिलाउने काम गर्थे । सडक फराकिलो बनाउने कार्य जारी रहेकोले बिष्णु जैरू आफ्ना पतिसँग जिल्ला हुलाकको बगलमा काम गर्छिन् ।

त्यतिबेला धनगढीमा हिन्दूधर्म भित्रकै वैष्णव सम्प्रदायको संख्या थिएन् भन्दा पनि हुन्छ । शुरूवातमा धनगढीको वैष्णव भनेकै लक्ष्मी दमेनी थिइन । विष्णु जैरूका अनुसार उनले गाईहरू पालेकी थिइन । त्यतिबेला धनगढीमा होटल व्यवसाय गर्ने भारतीय मूलका नागरिकहरू थिए । गाइको दूध उनले होटलहरूमा बेच्थिन । उनको बासस्थानमा फलफूलका रूखहरू नि थिए । वैष्णव भन्ने बितिक्कै शाकाहारी सात्विक थिइन लक्ष्मी भन्ने स्पष्ट छ ।

लक्ष्मी दमेनी धनाढ्य भएको धेरै मानिसहरूले भन्छन् । उनी धनगढीका केही व्यापारीहरूलाई ऋण पनि दिने गर्थिन् । कारोबार व्यापारीहरूसँग बढी हुने भएकोले धनगढीका व्यापारीहरूसँग बोलिव्यवहार राम्रै थियो । बिहान बेलुका पूजा अर्चनामा व्यस्त रहनु र दिउसोको समयमा आफन्त र धनगढीका प्रतिष्ठित व्यापारी र सर्वसाधारणसँगको भेटघाटमा दिनचर्या चलिरहेको थियो ।

उनको एक छोरो पनि थियो । दुर्भाग्यवश १४÷१५ बर्षको उमेरमा छोराको निधन भएकी लक्ष्मी दमेनी पुत्र वियोगले विरक्तिदै र गल्दै गएकी थिइन । आफूसँग भएको जमीन बेच्न थालेकी थिइन । त्यति नै बेला बि. सं. २०१९ का व्यवस्थापिका सदस्य माननीय स्व. खगराज पन्तका छोरा कृष्ण पन्तका अनुसार हाल ऐश्वर्य विद्या निकेतन मा.वि. र ऐश्वर्य बहुमुखी क्याम्पस हसनपुर हाल पन्त निवास पिपल चौतारा रोडमा अवस्थित चार कठ्टा जमीन उहाका पिताज्यू माननीय स्व. खगराज पन्तले लक्ष्मी(अमृता) दमेनी सँग खरिद गर्नुभएको रहेछ ।

त्यतिबेला स्व. खगराज पन्तलाई हाल ऐश्वर्य विद्या निकेतन भएको जमीन सबै खरिद गर्न अनुरोध गरेकी रहिछन् लक्ष्मी (अमृता) दमेनीले । तत्कालिन अवस्थामा आफूलाई चाहिने भन्दा बढी जमिन स्व. खगराज पन्तले नकिन्नुभएको धनगढीका प्रतिष्ठित उद्यमी स्व. पन्तका सुपुत्र कृष्ण पन्त भन्नुहुन्छ । उहाका अनुसार त्यो सेरोफेरोमा लक्ष्मी दमेनीसँग नै अरूले पनि जमिन किनेको उहाँ बताउनु हुन्छ ।

लक्ष्मी दमेनीको रहस्यमय मृत्यू पश्चात् सो जमिन गृह मन्त्रालयले स्वामित्व ग्रहण गरेको र २०३३ सालतिर ऐश्वर्य विद्या निकेतन स्थापना हुदा बाकी जमिन त्यो बेलाका जनप्रतिनिधिहरूले अनुरोध गर्दा सेती अञ्चलका प्रशासक सत्यनारायण झा नामका अञ्चलाधीशले विद्यालयलाई उपलब्ध गराउन सहयोग गरेका भन्ने पनि कृष्ण पन्तले नै भन्नुभएको हो ।

स्वभाविक नै हो यदि कुनैपनी नागरिकको शेषपछि उसको धनसम्पत्ती राज्यको हुनु र त्यसलाई लोककल्याणकारी कार्यमा सदुपयोग गरिनुपर्छ र उनको शेषपछि उनको जमिनमा ऐश्वर्य विद्या निकेतन विद्यालय जस्तो शैक्षिक संस्था स्थापना र निर्माण हुनुलाई लोककल्याणको अनुपम नमूना नै मान्नुपर्छ । जसको जमीन हो उसको नामसम्म पनि आधिकारिक रूपमा उल्लेख नगरिनु जातव्यवस्थाले ग्रस्त समाजको लुकाउनै नसकिने कुरुप विशेषता हो ।

जमिन बेच्न थालेको केही समयमा उनी मन्दिर परिसरमै रहेको आफ्नो बासस्थानमा मृत अवस्थामा भेटीइन् । उनको मृत्यू रहस्यको गर्भमै रह्यो । उनको मृत्यू स्वभाविक वा हत्या के हो यसै भन्न सकिने अवस्था छैन । त्यो समय पञ्चायति व्यवस्था थियो देशमा । अहिलेको शासन व्यवस्थामा पनि दलितले सहजै न्याय पाउने अवस्था छैन् । त्यस समयमा त झन कल्पना नै गर्न नसकिने । उनको मृत्यूको रहस्योद्घाटन तिर लाग्नु अब निकै कठिन र असम्भव जस्तो लाग्न सक्छ ।

उनको मृत्यूको बारेमा तत्कालिन समाजले बनाएको दृष्टिकोणका बारे तत्कालिन अवस्थालाई प्रत्यक्ष देख्नेहरूको भनाइ सुन्दा थाहा हुन्छ । जुन कानुनी प्रमाणका लागि प्रयाप्त हुनसक्दैनन् । कानूनतः उनको मृत्यू जस्तो ठह¥याइयो त्यसले नै मान्यता पाउला । उनको मृत्यूका बारेमा उनलाई नै थाहा थियो त्यो रहस्य उनीसँगै गयो । तर उनको सम्पत्ति भने लोककल्याणको नाममा मन्दिर र विद्यालयले उपभोग गरिरहेकाछन् । तर उनको नामोनिसान त्यहाँ कुनैपनि किसिमले उल्लेख छैन् । यो सामाजिक जातीय विभेदको कुरुप पक्ष नै हो ।

धनगढीका मिडियाले यो विषय उठाएपछी लक्ष्मी दमेनीको शालिक बनाउने कुराले पनि निकै चर्चा पायो । त्यतिबेला लागेको थियो अब त उनको स्वामित्व रहेको जमीनमा निर्माण भएका विद्यालय र मन्दिर परिसरमा उनको इतिहास बचाइदिन पर्छ भन्ने आम धारणा पनि बन्यो । तर कहिकतै जमीन उनको हो भन्ने प्रमाण नभेटिएकोले सो प्रमाण प्राप्त भएपछी मात्र शिलालेख लेखिने शालिक बनाइने हल्ला पनि चल्यो ।

न शालिक बनेको छ , न शिलालेख लेखिएको छ । अब प्रमाण भेटाउन नि गाह्रो रहेन् किनकी केही जमीन उनीसंग खरिद हामीले गरेका हौँ भन्नेहरू भेटिनु नै पर्याप्त प्रमाण   हो । यसै प्रमाणका आधारमा लक्ष्मी दमेनीको शालिक ऐश्वर्य विद्या निकेतन परिसरमा बन्नुपर्छ । यदि तस्वीर भेटिएन भने शिलालेख भएपनि लेखिनु पर्छ । त्यसो त उनलाई देखेकाहरूले भनेका आधारमा काल्पनिक तस्वीर पनि बनाउन सकिन्छ । अब लक्ष्मी दमेनी (अमृता) माथी सरोकारवालाहरू अन्याय नगरौँ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान