कैलाश जोशी । मानिस सधैं परिवर्तनशील छ, र समाज पनि निरन्तर गतिशीलतामा रहन्छ । पछिल्लो दशक विज्ञान र प्रविधिमा अभूतपूर्व परिवर्तनहरू देखा परिसकेका छन, जसले सामाजिक संरचना, उत्पादन प्रणाली, र आर्थिक सम्बन्धहरूमा धेरै ठूला परिवर्तन ल्याएका छन् । स्टिम इन्जिनबाट सुरू भएको औद्योगिक क्रान्ति फ्युल इन्जिन हुँदै नानो–प्रविधिसम्म आइपुगेको छ, जसले मानव सभ्यतालाई नयाँ चरणमा पुर्याएको हो । यतिबेला मानव सभ्यता नै नंया चरणमा प्रवेश गर्ने संक्रमणकालिन समय हो ।क्वान्टम मेकानिक्स र कृत्रिम बुद्धिमत्ताको तीव्र विकासले औद्योगिक उत्पादनलाई नयाँ उचाइमा पुर्यायाएको छ । उत्पादनका साधन, उत्पादक शक्ति, र उत्पादन सम्बन्धमा आएका परिवर्तनहरूले बिधमान अर्थ व्यवस्थालाई पुनःपरिभाषित गर्नु पर्ने माग गरेको छ ।
माक्र्सवादी भौतिकवाद अनुसार, आर्थिक गतिविधिको चरित्र अनुसार मानिसको चेतना निर्धारण हुने गर्छ । यिनै ठुला – ठुला हेरफेरका कारण, मानिसको चेतना अहिले हिजोको ठांउमा छैन यो नितान्त नंया र भिन्न बन्दै गएको छ, र अस्तित्वमा रहेका कुनैपनी पुराना मान्यताहरूले सन्तुष्टि दिन नसक्ने अवस्थामा समाज आइपुगेको छ । जसकारण यो समयको समाज पुराना मान्यता बिरुद्ध बगावत गर्दछन।नेपालमा प्रमुख राजनीतिक दलहरू अझै पनि पुराना सिद्धान्तहरूकै वरिपरि चक्कर काट्न बिवश छन् ।
नेपाली कांग्रेस २०१२ सालमा बी.पी. कोइरालाले प्रस्ताब गरेको प्रजातान्त्रिक समाजवादलाई आधार मानेर त्यो समयको आंखाले वर्तमान समयलाई हेर्दै अघि बढिरहेको छ । नेकपा (एमाले) अहिले सम्म मदन भण्डारीले प्रतिपादन गरेको ४० – ५० को दशकको जनताको बहुदलीय जनवाद (जबज) को मार्गचित्र लाई पछ्याइरहेको छ । नेकपा (माओवादी केन्द्र) प्रचण्डले ५०–६० को दशकमा प्रतिपादन गरेको जनयुद्धका दस्तावेजहरूलाई नै आधार मानेर अगाडि बढिरहेको सन्धर्भ छ ।
वर्तमान विश्व, बिज्ञान प्राविधि, उत्पादक शक्ती, उत्पादन सम्बन्ध र यसको आधारमा पैदा भएका विभिन्न आयामहरुको गहिरो खोज अनुसन्धान जरुरी भएको यो समय समाजलाई डोहोर्याउने राजनीतिक दल, नेता र उनिहरुको कार्यसुचि भित्र खोज, अनुसन्धानका विषयहरु कहिलै नपर्नु दुःखद मात्र होइन उनिहरु यो दुनियाँका सबैभन्दा अल्छे मानिसहरु हुन भन्ने पुष्टि गर्दछ । यस्ता अल्छिहरुबाट समाज रुपान्तरणको अपेक्षा गर्नु सान्दर्भिक हुंदैन ।
यी पुराना मान्यताहरू नयाँ युगका लागि अपुर्ण छन् र अपूरा साबित भइरहेका छन् । पुराना मान्यता र समाजको नंया चेतनाको बिच पैदा भएको अन्तरबिरोधले पुराना सबै दलहरुमा बिघटन देखा परेको छ । दलहरूले पार्टीलाई प्राविधिक ढंगले टिकाएपनी वा सुधार गर्न कोसिस गरेपनि तिनको वैचारिक पुनर्जागरण हुन नसक्दा ति शक्तिहरु पतन वा बिघटनको संघारमा छन् । पुराना सिद्धान्तहरूमा अडिएका हरेक संरचना ढल्ने निश्चित छ, किनभने इतिहासले देखाएको छ कि जो परिवर्तनशील हुँदैन, उसको पतन हुन्छ नै । र नेपालमा पुराना भनिने दलहरुको पनि पतन वा बिघटन अब निश्चित जस्तै देखिन्छ । यो कसैको विरप्पनले थेग्ने, थेगिने कुरा होइन ।यिनै बिशेषताको कारण नंया मान्यता खोज्न समाज तल्लिन छ ।
नंया खोजिरहेको समाजले दलाल पुंजिवादी अर्थ प्रणाली र यसको सहयोगमा टिकेको सत्ताको बिघटन संगै साम्राज्यवाद र उत्पिडित राष्ट्रहरु बिचको अन्तरबिरोधको समाधान खोजिरहेको छ । भाषा, साहित्य वा पदावलीको बुझाइको दृष्टिले कतिपय जनताले आफुले के खोजिरहेको छु भन्ने सहजै थाहा नपाएपनि उनिहरु नंया मान्यता सहितको समाज खोजिरहेका छन्, र यो समाधान समाजवाद हो ।
समाजवाद भन्ने पदावली नेपालमा लोकप्रिय भएपनि यस बिरुद्ध लक्षित अनेकौं सड्यन्त्रले जनतालाइ भ्रमित गर्ने कार्य गरिरहेको छ ।यसरि नंया मान्यता सहितको समाजको खोजि गरिरहेका जनतालाइ नंया अनुहार प्रस्तुत गरेर भ्रमित गर्ने प्रयत्न भइरहेको छ । यस्ता अनुहारहरु आर्थिक प्रणालिको रुपान्तरणको कुरा गर्दैनन, उनिहरुको तर्कमा ब्यवस्था यहि ठिक छ अवस्था बदल्नु पर्छ भन्ने तर्क रहेको छ । तर, नेपालमा बिकसति घटनाक्रम र यस्ता अनुहारका रबैयाको कारण यस्ता तर्कहरु पनि सबैले बुझ्ने स्तरमा असफल भैसक्यो । अहिले फेरि नंया अनुहार थपिने क्रममा छन्, उनिहरु गैर कम्युनिष्ट र देशभक्त पार्टी निर्माण गर्ने चर्चा गरिरहेका छन् ।
जनतालाइ समाजवादमा जानबाट रोक्ने उदेश्यले साम्राज्यवाद बिभिन्न योजनाका साथ समाजवादी आन्दोलन बिरुद्ध हमलामा उत्रिएको छ । यस्ता भ्रमबाट समाजलाइ बचाउन र अगाडि बढाउने नेत्रित्व नंया मान्यता प्रस्तुत गर्ने शक्तिले मात्र गर्न सक्छ । त्यो शक्ति नेकपा हो नेपालको क्रान्तिकारी आन्दोलनमा पछौटेपन विरुद्ध नेकपा (नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी) निरन्तर संघर्षरत छ ।
समाजलाई बुझ्ने दृष्टिकोणलाई वैज्ञानिक आधारमा पुनःसंरचना गर्दै नेकपाले आधुनिक भौतिकशास्त्र र समाजशास्त्रलाई एकीकृत गर्दै नयाँ सिद्धान्त र मान्यताहरूको विकास गरिरहेको छ ।
नेकपाले अनिश्चिय , संभावना , रक्षा , र रूपान्तरण जस्ता वैज्ञानिक अवधारणाहरूलाई समाजको अध्ययनमा समाहित गरेको छ । नेकपाले आफ्नै जिवनमा अनुसन्धान गरेका मौलिक बिषयहरुलाइ शुत्रबद्ध गर्न उपयुक्त पदावली सहित बिचार शंस्लेषणको तयारि समेत गरेको छ । यो अवधारणा आधुनिक भौतिकशास्त्रको सिद्धान्तसँग अनुरुप रहेको छ ।
आजको समयमा उभिएर हामिले भौतिक शास्त्रले बिकास गरेका मान्यताको आधारमा समाजलाइ हेर्ने दृष्टिकोणको बिकास गर्न सक्नु पर्दछ त्यो नेकपाले गरेको छ ।
स्टिम इन्जिन युग (१७औँ – १९औँ शताब्दी) — उत्पादनका साधनहरूको औद्योगीकरण । फ्युल इन्जिन युग (१९औँ – २०औँ शताब्दी) — विश्वव्यापी पूँजीवादको विस्तार । नानो टेक्नोलोजी युग (२१औँ शताब्दी) — सूचना प्रविधि, जैविक विज्ञान र क्वान्टम मेकानिक्समा क्रान्ति । यसले उत्पादक शक्ति, उत्पादन सम्बन्ध, अर्थ सम्बन्धमा नंया आयामहरु देखा परेका छन् । मान्छेको चेत नंया भएको छ ।
नंया चेतले नंया मान्यताको खोजि गरेको छ । अब पुंजिवाद नंया मान्यता होइन, बिश्वभरिका जनताहरुको मनबाट अश्विकृत, युद्ध, शोषण र दमन थेपर्ने फोहोर हो । त्यसैले २१औं सताब्दी पुंजीवादको सताब्दी होइन ।यो सताब्दीमा बिकास भएका र बिकास हुंदै गरेका बिज्ञान प्रबिधी र मानिषको चेतनालाइ पुंजीवादको भ्रम र सड्यन्त्रले जति नै कोसिस गरेपनि आफ्नो पक्षमा अड्याउन सक्दैन । यो समाजबादी क्रान्तिको सताब्दी हो । यो समयको समाजको चेतना पुराना मान्यता बिरुद्ध छ । नंया मान्यता सहित आफ्ना कार्यक्रम लाइ जनतामाझ लगिरहेको नेकपा नै अबको समयको नेतृत्वदायी शक्ति बन्ने निश्चित छ ।
यो तर्कमात्र होइन नेकपाका महासचिब बिप्लब सीको नेत्रित्वमा अनुसन्धान भएका तथ्यहरुले पुष्टि गर्ने बिषयहरु हुन ।क्वान्टम भौतिकशास्त्रले दिशानिर्देश गरेको छ कि कुनैपनि कणको स्थान र वेग एकै समयमा ठिक संग मापन गर्न सकिदैन । अर्थात संसार निश्चित छैन, त्यसैले समाजलाई बुझ्न पनि निश्चित मापदण्डमा मात्र सीमित रहन सकिँदैन । नेकपाले आफ्नो नवौं महाधिवेशनमा— अनिश्चय, संभावना, रक्षा र रुपान्तरण , समाज बिकासका नविन बिशेषताहरु, भौतिक बिज्ञानमा भएका नंया अनुसन्धानहरु, एकिकृत स्वामित्व प्रणाली, बैज्ञानिक समाजवाद र जनमत, पार्टीको तथ्य द्वारा रुपान्तरण, भुमण्डलीकृत पुंजीवादबारे, कम्युनिष्ट अन्तराष्ट्रियबारे जस्ता एकदमै महत्वपुर्ण बिषयहरुमा वैचारिक संश्लेषणहरु गरेको छ ।
यिनै संश्लेषण भित्र आगामि युगको झलक प्राप्त गर्न सकिन्छ ।समाजवादको अभ्यास भएका मुलुकहरु रूस—केन्द्रीकृत योजना असफल हुँदै नोकरशाहीकरण । चीन—सन् १९७८ पछि बजारमुखी अर्थतन्त्रमा रुपान्तरण । पूर्वी युरोप—पश्चिमी पूँजीवादको सामरिक, आर्थिक र प्रचारात्मक हमलाबाट पराजय आदि जस्ता समाजवादी सत्तामा देखा परेका संकट साथै असफलता र ‘इतिहासको अन्त्य’ भन्दै हौसिएको लुटेरा पुंजिवादको घिनौला हर्कतहरु र पूँजीवादी व्यवस्थामा पैदा भएका देखिएका संकटबाट पाठ सिक्दै नेकपाले नयाँ आर्थिक अवधारणा अगाडि सारेको छ ।
यसलाई ल्भध भअयलयmथ त्चबअप, ल्भत भनिएको छ, जसमा निम्न आधारभूत तत्व समावेश छन् —एकीकृत स्वामित्व ः उत्पादनका साधनहरू निजी पूँजीपति वा राज्यको हातमा मात्र सीमित नराखी समाजको हितमा परिचालित हुने । सामूहिक उत्पादन ः उत्पादन प्रणालीलाई सामाजिक स्वामित्व र सहयोगात्मक ढाँचामा आधारित गराउने । व्यक्तिगत उत्तरदायित्व ः सामूहिक प्रणालीमा व्यक्ति विशेषको योगदान र उत्तरदायित्व सुनिश्चित गराउने ।
यो अवधारणा चिनियाँ समाजवाद, सोभियत अर्थतन्त्र, क्युबाली उत्पादन प्रणाली जस्ता पुराना प्रयोगहरूको समेत अध्यन, नेपालमा पैदा भएका बिबिध आयाम र बिशेषताको अध्यन, र नेपाली मौलिकताको समाजवाद बिकासको निम्ति गरिएका पछिल्ला खोज अनुसन्धान र नेकपाले यिनै तथ्यहरुको आधारमा गरेको अध्यन, अनुसन्धान, प्रयोग र प्रमाणित तथ्यहरुको मुल्यलाइ नंया आर्थिक मार्गको रुपमा संश्लेषण गरिएको छ । यहि नीतिले नेपालको आगामि भविष्यको उज्वलता शुनिश्चित गर्ने छ।त्यो अहिलेलाइ नेपाली बिशेषताको समाजवाद हो।
नेकपाले सैद्धान्तिक अवधारणालाई व्यावहारिकरूपमा प्रयोग गर्दै विभिन्न कार्यनीति अघि सारेको छ । नेकपाको नवौं महाधिवेशनले दुइ वा दुइ भन्दा बढि कार्यनीतिहरु एकै पटक प्रयोग गर्न सकिने नीति लियो । अमेरिकी साम्राज्यवाद र नेपाली जनता बिचको अन्तरबिरोध नै मुख्य अन्तरबिरोध हो भन्ने निष्कर्स निकालेको नेकपाले साम्राज्यवाद सम्पुर्ण मोर्चाबाट श्रमिक जनता, उत्पिडीत राष्ट्र, समाजवाद र क्रान्तिकारी कम्युनिष्ट आन्दोलन बिरुद्ध आएको छ त्यसकारण कम्युनिष्ट पार्टीले पनि सबै मोर्चाबाट लड्न जरुरि छ भन्ने निष्कर्स निकालेको छ ।
त्यसैले, खुला मोर्चा ः आगामी निर्वाचनमा भाग लिने निर्णय । ०८४ को निर्वाचनमा आफ्नो दललाइ निर्वाचन आयोगमा दर्ता गराएरै सहभागि हुने निर्णय नेकपाले लिएको छ । यसले वर्तमान सत्ता बिरुद्ध शान्तिपुर्ण संघर्षको मोर्चा खोजिरहेको मध्यम बर्गिय समाजलाइ समाजवादी क्रान्तिमा आउन सहजिकरण गर्ने छ । सडक संघर्ष ः राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति संघर्ष गर्दै, जनताका समस्याहरु, भ्रष्टाचार, बेथीति, अराजकता, सड्यन्त्र र भ्रम बिरुद्ध सशक्त संघर्षको सिर्जना गर्दै जनताको सहभागिता बढाउने । उत्पादन प्रवद्र्धन ः समाजवादी उत्पादन प्रणालीको अभ्यास गर्दै वस्तु तथा सेवा उत्पादनमा आत्मनिर्भरता ल्याउने ।
अन्तर्राष्ट्रिय कूटनीति ः नेपाललाई सन्तुलित र स्वाधीन नीति अपनाउन प्रेरित गर्ने । बिश्व ब्यवस्थामा देखा परेको धु्रबिकरण र यसको नेपाल प्रभाव लाइ ध्यानमा राखेर नेपालमा समाजवादी सत्ता स्थापनाको निम्ति अनुकुलता सृजना गर्न साम्राज्यवाद बिरोधि धारा संग सहकार्य गर्ने । जस्ता दुरगामि महत्वका कार्यक्रमहरु नेकपाले बिकास गरिरहेको छ।नेपालमा नेताहरूको चरित्र, इमानदारीता, र संघर्षशीलता हेर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नै एकमात्र सशक्त, निस्कलंक, इमानदार, देशभक्त र वैज्ञानिक दृष्टिकोण राख्ने क्रान्तिकारी नेता भएको तुलनात्मक रुपमा पुष्टि हुंदै गएको छ ।
बिप्लब व्यक्तित्व नेपाली जनताहरुको बिचमा सर्व स्विकार्य ब्यक्तित्व बनेको सन्धर्भ छ । नेकपाको नवीन दृष्टिकोण, संगठनको अनुशासन, आर्थिक सिद्धान्त, र क्रान्तिकारी कार्यशैलीका कारण नेपालको आगामि समाजवादी क्रान्तिको नेतृत्व नेकपाले लिने निश्चित छ । र बिधमान नेपालको अवस्था हेर्दा एकप्रकारको नेत्रित्व बिहिनतामा देश रुमल्लिरहेको तथ्यहरु सम्मुख छन् । यस्तो अवस्थामा देशकै शासकिय नेत्रित्व कमरेड बिप्लवले लिनु पर्ने देखिन्छ ।
समाजले खोजेको नंया मान्यता, दलाल पुंजिवादी सत्ताको बिघटन, नेपाली बिशेषताको समाजवाद स्थापनाको प्रश्न र पुंजिवादी बिश्व ब्यवस्थामा नै देखा परेको भयानक बिघटनको अवस्थाले बिश्वलाइ नै समाजवादमा जानको निम्ति नविन नेत्रित्व खड्किने सन्धर्भमा नेपालले उक्त कार्यभार पुरा गर्नुपर्ने हुनसक्छ । नेकपाले पछिल्लो समयमा गरेका बिचार शंष्लेषणहरु र यसले बिश्व कम्युनिष्ट आन्दोलनमा पार्ने प्रभावहरुको आधारमा नेकपा महासचिब बिप्लब ब्यक्तित्व नै नेपालको निम्ति राष्ट्रिय अन्तराष्ट्रिय पहलकर्ता वा नेता हुने कुरा निश्चित छ ।
निश्कर्ष ः– समाज परिवर्तनको यो चरणमा पुराना मान्यताहरूले काम नगर्ने भएको छ । वैज्ञानिक सिद्धान्त र समाजशास्त्रको नयाँ बुझाइअनुसार नेपाललाई अगाडि बढाउन नेकपाले नयाँ बाटो कोरेको छ । आधुनिक विज्ञान, विशेष गरी क्वान्टम भौतिकशास्त्र र कृत्रिम बुद्धिमत्ता को प्रभावलाई सामाजिक अध्ययनमा लागू गर्ने नेकपाको दृष्टिकोण निकट भविष्यमा बिश्व ब्यापि रुपमा महत्वपूर्ण बन्नेछ ।
यस आधारमा नेकपाले अगाडि सारेको समाजबादि मोडेल, चुनावी खुल्ला मोर्चा, सडक संघर्ष, र उत्पादनको पुनःसंरचना जस्ता योजनाले नेपाललाई क्रान्तिकारी दिशातर्फ लैजाने निश्चित देखिन्छ । यसले नेपालमा नेपाली बिशेषताको समाजवादलाइ शुनिसस्चत गर्ने छ । नंया मान्यता खोजिरहेको संक्रमणकालिन यो समय युग पर्वतकको चेतबाट आंफुलाइ परिस्कृत गर्न नसक्ने अल्छे ल्वांठहरुको बिघटन मात्र होइन पतन निश्चित छ ।
साथै नेपाल जस्तो समाजवाद चाहाने र देशलाइ माया गर्ने जनताहरुको बाहुल्यता रहेको देशमा नंया अनुहार लिएर झुल्किरहेका भ्रमका बेलु्नहरु पनि फुट्ने छन् । त्यसैले अबको समय नेकपा र नेपाली बिशेषताको समाजवादको समय हो ।


