"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

उत्पादनसँग नजोडीदा नेपालको राजनीति विदेशीको अगाडी झुक्ने ठाँउमा पुग्यो ः विप्लव

No data was found

Khabar Raftar

फागुन १२ कालीकोट । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालको राजनीति उत्पादनसँग नजोडिदा विदेशीको अगाडि झुक्ने ठाउँमा पुगेको बताएका छन् ।
नेकपा कालिकोटले फोईमा आयोजना गरेको स्याउ रोपण कार्यक्रमको उद्घाटनका लागि फोईमा पुगेका महासचिव विप्लवले स्वागत पछि सम्वोधन गर्दै नेपालको राजनीति उत्पादनसँग नजोडिदा विदेशीको आगाडि झुक्ने ठाउँमा पुगेको बताउका हुन ।

नेपालको ६०÷७० वर्षको राजनीति एक अर्कोको आलोचनामा मात्र घुमेको र उत्पादनबाट विमुख भएको बताउदै उनले ६०÷७० वर्षको राजनीतिमा कृषि उत्पादनमा जोड नदिएको बताए । उद्योग कलकारखाना बनाउनेमा पनि जोड नदिएको बताउदै उनले भएको पैसाको पनि सहि सदुपयोग नभएका बताए ।

जनताको जीवन परिवर्तन हुने गरी उत्पादनको योजना कुनै पार्टीसंग नभएकाले देशका नेताहरु दलाल हुन थालेको बताउदै उनले विदेशीको मुख ताकेर बस्ने भएकाले नेपाल पछाडि परेको बताए । उनले नेपालका अरु राजनीतिक पार्टीहरु देशको उत्पादनमा नलागेर सरकार ढाल्ने र बनाउने खेलमा मात्र लागेको आरोप लगाए ।

महासचिव विप्लवले नेपालका सबै पार्टीहरु चन्दा मागेर खाने, भ्रष्टाचार गर्ने, कमिसन खाएर चल्ने गरेको बताउदै नेपाल कम्युनिष्ट पार्टी आत्मनिर्भरको आर्थिक क्रान्तिमा लागेको बताए । महासचिव विप्लवले नेता कार्यकता र पार्टीलाई आत्मनिर्भर बनाउदै जनतालाई समेत आत्मनिर्भर बनाउनका लागि जुम्ला कालिकोटमा स्याउ रोप्न पुगेको बताए । उनले देशभर नेकपा उत्पादनमा केन्द्रीत भएकोे र डेढ वर्षमै पार्टीलाई आत्मनिर्भर बनाउने ठाउँमा पुगेको बताए ।

महासचिव विप्लवले एक पटक जनताको जीवनस्तर परिवर्तन हुनेगरी काम गरेर देखाउने इच्छा भएको बताउदै जनतालाई अवसर दिन पनि आग्रह गरे । महासचिव विप्लवले नेपालमा दलाल पुँजीवादी सत्ताबाट समस्या समाधान नहुने ठोकुवा गर्दै समाजवाद नेपालमा अनिवार्य भएको बताए । महासचिव विप्लवलाई फोईवासी जनताले स्याउको माला लगाएर भव्य स्वागत समेत गरेका थिए ।

महासचिव विप्लवले फोईमा स्याउ रोपेका छन । भने फागनु १४ गते रास्कोटमा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले जय स्याउ ! जय समाजवाद ! भन्दै जुम्लाको धौलापानीमा पनि आईतवार स्याउ रोपेका छन ।

नेपालमा दलाल पुँजीवादको अन्त्य गर्दै समाजवाद ल्याउन र समाजवादी अर्थतन्त्रको जग बसाल्न जय स्याउ ! जय समाजवाद ! भन्लै उनले स्याउ रोपेका हुन । महासचिव विप्लवले जय स्याउ ! जय समाजवाद ! भन्दा सहभागीहरु खुसी भएका थिए । महासचिव विप्लव लगायतका नेताहरुको टिमले करिब १ सय बढी स्याउ रोप्ने खाल्डा पनि खनेका थिए । विहान खाल्डा खनेर स्याउ रोपीएको थियो ।

नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्ष पूर्ण प्रसाद चौलागाईले नेकपाको स्याउ रोप्ने कदम सबैको लागि अनुकरणीय भएको बताउदै बधाई दिएका थिए । जुम्लाको धौलापानीमा आईतवार सुरक्षाकर्मीहरुले समेत विप्लबसंगै स्याउ रोपेका थिए । सुरक्षाकर्मीहरुले नेकपाले स्याउ रोपेको कार्य सबैलाई शिक्षा दिन लाएक भएको बताएका थिए । सुरक्षाकर्मीहरुले स्याउका विरुवाहरु हातमा लिएर स्याउ रोप्न बनाईएका खाल्डाहरुमा स्याउका विरुवाहरु रोपेका थिए ।

उनीहरुले नेकपा जस्तै सबै पार्टीका नेताहरुले कृषि उत्पादनमा लागेको भए देश नयाँ ठाउँमा जाने विश्वास पनि व्यक्त गरेका थिए । विप्लवसंगै स्याउ रोप्न रोल्पाबाट पत्रकार गोपाल चन्द र पत्रकार केपी गुरुङ पनि जुम्ला पुगेका थिए । विप्लवको स्याउ रोप्ने अभियानमा स्थानीय जनताको पनि उल्लेखिय सहभागीता रहेको थियो । नेकपाले १ हजार स्याउका विरुवा रोपेको हो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान