"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कर्णाली प्रदेशमा बालविवाह गर्ने बालक भन्दा बालिका धेरै

No data was found

Khabar Raftar

असोज ३ सुर्खेत । बालविवाहलाई कानुनले रोक्न खोजे पनि समाजले सहजै स्विकार गर्ने गरेको छ । कर्णालीमा अझै पनि ४३.६ प्रतिशतले २० वर्ष नपुग्दै बिहे गर्ने गरेका छन । तीमध्ये ५५.६ प्रतिशत बालिका र २९.२ प्रतिशत बालक रहेको राष्ट्रिय जनगणना २०७८ को बालबालिका सम्बन्धी सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ । कर्णाली प्रदेशको १० वटै जिल्लामा बालविवाहको दर १० प्रतिशत भन्दा माथि रहेको छ । यसमा सबैभन्दा धेरै बालविवाह सल्यानमा हुने गरेको पाइएको छ । कर्णालीमा बालविवाह गर्नेमा बालक भन्दा बालिका धेरै रहेका छन ।

सल्यानमा २४.३ प्रतिशतले उमेर नपुग्दै बालविवाह गर्ने गरेको राष्ट्रिय जनगणनाको तथ्याङ्कले देखाएको छ । जसमा बालक ११.९ प्रतिशत छन् भने बालिका ३४.७ प्रतिशत छन । जिल्लागत तथ्याङ्क हेर्ने हो भने सल्यान पछि रुकुम पश्चिममा बालविवाह धेरै हुने गरेको छ । यस जिल्लाको बालविवाहको दर २३.७ प्रतिशत रहँदा बालक १२.४ र बालिकाको प्रतिशत ३२.८ रहेको छ । त्यसैगरी बालविवाह धेरै हुने जिल्लामा तेस्रो स्थानमा जाजरकोट रहेको छ । जाजरकोटमा कुल २२.१ प्रतिशतले उमेर नपुग्दै बालविवाह गर्ने गरेका छन ।

जसमा बालक १०.९ प्रतिशत र बालिका ३२.४ प्रतिशत रहेका छन । बालविवाह हुने चौथो जिल्लामा मुगु परेको छ । मुगुमा २०.२ प्रतिशत बालविवाहको दर रहँदा ११.४ बालक र २८.१ प्रतिशत बालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेको तथ्याङ्कले देखाएको    छ । यस्तै बालविवाह धेरै हुने जिल्लामा सुर्खेत पाँचौँ स्थानमा पर्दछ । प्रदेश राजधानी रहेको जिल्लामै बालविवाहको तथ्याङ्क डरलाग्दो छ । विभिन्न अधिकारकर्मी सङ्घ संस्थाले बालविवाह रोक्ने अभियान थालेका भए पनि ती सबै झारा टार्नमै सीमित रहेको राष्ट्रिय जनगणनाको तथ्याङ्कले पुष्टि गरेको छ ।

सुर्खेतमा १९.५ प्रतिशतले २० वर्षमुनि विवाह गर्ने गरेका छन । जसमा बालक ८.३ र बालिका १८.२ प्रतिशत छन । दैलेखमा १८.९ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेकोमा बालिकाको सङ्ख्या धेरै छ । आठ प्रतिशत बालक र २७.५ प्रतिशत बालिकाले बालविवाह गर्ने गरेका छन । त्यस्तै जुम्लामा पनि बालविवाहको तथ्याङ्क डरलाग्दो छ । जुम्लामा १७.९ प्रतिशतले उमेर नपुग्दै विवाह गर्ने गरेकोमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत छ ।

त्यसैगरी हिमाली जिल्ला हुम्लामा ८.३ प्रतिशत बालक र २६.१ प्रतिशत बालिकाले सानै उमेरमा विवाह गर्दा कुल बालविवाहको दर १७.७ प्रतिशत रहेको छ । कालीकोटमा १४.५ प्रतिशत बालविवाह हुने गरेको छ । जसमा ६.५ प्रतिशत बालक र २१.३ प्रतिशत बालिकाले बालविवाह गर्ने गरेका छन । त्यसै गरी डोल्पा जिल्लामा कुल बालविवाहको दर १३.८ प्रतिशत छ । डोल्पामा ८.३ प्रतिशत बालक र १८.८ प्रतिशत बालिकाले बालविवाह गर्ने गरेका छन । सार्वजनिक सरकारी तथ्याङ्कले बालविवाह रोक्न राज्य तथा विभिन्न सङ्घ संस्थाले चलाउँदै आएका अभियान असफल भएका छन ।

कर्णालीमा बालविवाह भित्रभित्रै समाजले सहजै स्विकारेको देखिन्छ । कर्णालीमा बालविवाहको ग्राफ उच्च रहेको भए पनि यस्ता घटना प्रहरीकहाँ निकै कम मात्रामा आउने गरेको प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । पछिल्लो तीन वटा आर्थिक वर्षको अवधिमा कर्णाली प्रदेशभर ४८ वटा बालविवाह विरुद्धका मुद्दा प्रहरीमा दर्ता भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक बर्ष २०७७÷७८ देखि गत आर्थिक बर्ष २०८०÷८१ सम्म अर्थात् तीन वर्षको अवधिमा दैलेखमा सबैभन्दा धेरै १८ वटा बालविवाह विरुद्धका मुद्दा दर्ता भएका थिए । यो अवधिमा सुर्खेतमा १४, सल्यानमा सात, कालीकोटमा छ र हुम्लामा तीन वटा मुद्दा परेको प्रहरीले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । उमेर नपुगी हुने विवाह सबैभन्दा धेरै मधेश र कर्णाली प्रदेशमा    छ । तुलनात्मक रूपमा गण्डकी र बागमती प्रदेशमा २० वर्षमुनिको विवाह कम रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए ।

मुलुकी अपराध संहिताले स्वतः बदर हुन्छ भनेपछि २० वर्षमुनिको विवाहलाई गैरकानुनी मान्नु पर्छ । त्यो सङ्ख्या ठुलो छ, बालविवाह वा कानुनले तोकेको उमेर नपुग्दै झन्डै ३० प्रतिशतले विवाह गर्नुले नीतिगत बहस सिर्जना गरिदिएको छउनले भने । जनसङ्ख्याविद् प्राध्यापक डा. कमला लामिछानेले उमेर नपुग्दै हुने विवाह घटाउन विवाहकै उमेर घटाउने प्रस्ताव गलत भएको बताईन । “बिहेबारी २० वर्षपारि महिलाको प्रजनन स्वास्थ्य र अन्य विकासलाई ध्यानमा राखेर गरिएको समयसापेक्ष व्यवस्था भएको बताउदै उनले विवाहको उमेर घटाउने नभई उमेर पुगेपछि विवाह गर्न समाजमा चेतना बढाउनुपर्ने बताईन ।

२० वर्ष नपुग्दै बिहे गर्ने र बालबच्चा जन्माउँदा महिला सशक्तीकरणमै बाधा पुग्ने उल्लेख गर्दै डा. लामिछानेले कडा कानुन राखेकै उमेर नपुग्दै हुने विवाह रोक्नका लागि भएको बताईन । तैपनि एक चौथाइ भन्दा धेरै किशोरकिशोरीले विवाह गरिरहेको अबश्थामा कानुन संशोधन नभई समाजमा चेतना बढाउनुपर्ने बताईन ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान