"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारतमा अन्न बाँड्ने एटिएम मेसिन

No data was found

Khabar Raftar

भदौ ०५ एजेन्सी । एटिएमलाई आम रुपमा नगद निकाल्न मिल्ने मेसिनको रुपमा जानिन्छ । यद्यपि समयसँगै यसको प्रयोग बदलिँदै गएको छ । नेपालकै विभिन्न ठाउँमा एटिएम मेसिनबाट पानी, सेनेटरी प्याड जस्ता सामान निकाल्न मिल्ने एटिएम मेसिन प्रयोगमा छन् ।

तर हाम्रो छिमेकी मुलुक भारतमा भने अन्न वितरण गर्ने एटिएम मेसिन प्रयोगमा आएको छ । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)को सहयोगमा भारतको ओडिसा प्रदेश सरकारले भुवनेश्वरमा चौबिसै घण्टा अन्न निकाल्न मिल्ने एटिएम मेसिन प्रयोगमा ल्याइएको छ ।

भारतमै पहिलो अन्न एटिएमको नाम राखिएको छ ‘अन्नपूर्ति’ ।
यसलाई स्थापना गर्नुअघि विभिन्न प्रदेशहरुमा उचित मूल्यमा दिइने अन्नको दुकानमा अन्न एटिएमको उपयोगिता जाँच गरिएको थियो । त्यसको सञ्चालन त्यही दुकानदारले नै   गर्दथे । तर ओडिसामा स्थापना गरिएको अन्न एटिएम पहिलो यस्तो प्रणाली हो जो २४ सै घण्टा खुल्ला हुनुका साथै स्वचालित पनि छ । यसलाई चलाउन कुनै पनि कर्मचारी आवश्यक पर्दैन । यसबाट उपभोक्ताले आफूलाई आवश्यक परेको अन्न जुनसुकै समयमा किन्न सक्दछन् ।

बजार पसल बन्द हुन्छ कि भन्ने चिन्ता पनि गर्नु पर्दैन । ओडिसा सरकारका खाद्य, आपूर्ति, उपभोक्ता कल्याण, विज्ञा तथा प्रविधि मन्त्री कृष्णचन्द्र पात्राले अन्न एटिएमको उदघाटन गरे । उद्घाटन कार्यक्रममा उनले भने, ‘यो मेसिन प्रदेशमा पोषण सुरक्षा हासिल गर्नका लागि संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमसँग साझेदारीमा गरिएको एक महत्वपूर्ण पहल हो । यस्ता एटिएम मेसिन प्रदेशभर स्थापना गरिने छ ।’

सुलभ र सजिलो ः भारत विशाल खाद्य–आधारित सुरक्षा नेटवर्क भएको देश हो, जसअन्तर्गत विभिन्न स्थानमा ५ लाखभन्दा बढी सुपथ मूल्य पसलहरु छन् । यो नेटवर्क मार्फत् हरेक महिना करिब ८१ करोड व्यक्तिलाई अनुदानवाला अन्न वितरण गरिन्छ । हालसम्म पसल सञ्चालकहरुले अन्नलाई जोखेर ग्राहकहरुलाई दिन्छन् । यो प्रक्रियामा अनेक झमेला छ । किन्नेहरुले लामो समय लाइनमा बस्नुपर्दछ । अनाज पोखिने जोखिम र कतिपय अवस्थामा भनिएको तौल जति पनि नपाइने सम्भावना पनि हुन्छ ।

यस्तो अवस्थामा अन्नपूर्ति एटिएम मेसिनबाट सर्वसाधारणले सहज, र सुलभ पहुँच पाएका छन् । सार्वजनिक वितरण प्रणालीको राशन कार्ड प्राप्त देशभरका कुनै पनि व्यक्तिले यो सुविधा लिन सक्ने ओडिसा सरकारले जनाएको छ । अन्नपूर्ति एटिएमले ५ मिनेटभित्र ५० किलोसम्म अन्न वितरण गर्न सक्छ । छिटो हुने भएकाले उपभोक्तालाई लामो समयसम्म लाइनमा बस्नु पर्दैन ।

एकपटक वायोमेट्रिक प्रमाणीकरणको प्रक्रिया पूरा गरेपछि लगातार सबै प्रकारका राशन प्राप्त गर्न सकिन्छ । अधिकारीहरुका अनुसार यसको मोडुलर डिजाइन सजिलैसँग जुनसुकै स्थानमा फिट गर्न सकिन्छ । यो सौर्य ऊर्जाबाट पनि चलाउन मिल्छ ।

भारतमै विकसित प्रविधि ः भारतमा डब्ल्यूएफपीकी उपनिर्देशक नोजोमी हासिमोतोले भनेकी छन्, ‘ओडिसाले समय अनुकूल सफलताको कथा प्रस्तुत गरिरहेको छ । भारतमै विकसित यो अन्नपूर्ति मेसिन अन्य धेरै प्रदेशहरुमा पनि चलाइने छ ।

एक वर्षको परीक्षणको आधारमा यसलाई अझै सुविधाजनक बनाउने प्रयास पनि जारी    छ । भारतमा डब्ल्यूएफपीद्वारा विकसित अन्नपूर्ति मेसिनको पछाडि प्रविधि, खाद्य सुरक्षामा सुधार र सर्वसाधारणलाई सटिक तरिकाले राशन उपलब्ध गराउने दिशामा महत्वपूर्ण कदम मानिएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान