"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेकपाले कर्णाली प्रदेशमा समाजवादी मार्च सञ्चालन गर्ने

No data was found

Khabar Raftar

शेरबहादुर विश्वकर्मा,साउन ३२ काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी कर्णाली प्रदेशमा समाजवादी मार्च सञ्चालन गर्ने निर्णय गरेको छ । बिहिवार सुर्खेतमा सम्पन्न नेकपा कर्णाली प्रदेश समितिको दोस्रो पूर्ण बैठकले नेपाली विशेषताको समाजवादको पक्षमा जनमत निर्माण र ध्रुवीकरण गर्नका लागि जिल्ला स्तरसम्म मार्च सञ्चालन गर्ने निर्णय गरेको इन्चार्ज शुसिलले जानकारी दिएका छन् ।

स्थायी समिति सदस्य एवम् प्रदेश इन्चार्ज कर्णजीत सी (शुसिल)को अध्यक्षतामा भएको बैठकले नेकपाको उत्पादन अभियान अन्तर्गत कर्णाली प्रदेशमा चप्पल कारखाना सञ्चालन गर्ने,समाजवादी कर्णाली शीर्षकको मुखपत्र प्रकाशन गर्ने , जनवर्गीय संगठन र मोर्चा संगठनलाई सुदृढ गर्न भेला सम्मेलन गर्ने र नेकपाका विभिन्न निकायबीच प्रशिक्षण तथा बिचारधारात्मक स्कूल सञ्चालन गर्ने कार्यक्रम तय गरेको छ ।

“रुपान्तरित माओवादी–कम्युनिस्ट एकता आजको आवाश्यकता, समाजवादी कर्णाली निर्माण अभियान हाम्रो प्रतिबद्धता“भन्ने मुख्य उदेश्य सहित सञ्चालन हुने कर्णाली मार्चको क्रममा नेपालको आन्तरिक मामिला र स्वाधीनता विरुद्ध पश्चिमाहरुको हस्तक्षेप बढेको भन्दै एमसीसी विरुद्ध जनपरिचालन र प्रदर्शन गर्ने निर्णय समेत गरेको छ ।

संगठन र योजनामा जनवर्गीय संगठनलाई परिपूरक बनाउने,समाजवादी सम्पर्क मन्चलाई विस्तार गर्ने ,प्रदेश कार्यालय सचिवमा केन्द्रिय सदस्य विवेक सीलाई जिम्मेवारी दिने र बिराट सीको नेतृत्वमा उत्पादन बिभाग गठन गर्ने निर्णय समेत बैठकले गरेको छ ।

गत बैशाखबाट कार्यान्वयनको चरणमा रहेको ६ महिने आवधिक योजना, नेकपाको उत्पादन अभियान लगायत राजनीति , संगठन र संघर्ष सम्बन्धि योजनाको समिक्षा गर्ने र आगामी योजनालाई थप विकसित गर्ने उदेश्यले भएको नेकपा कर्णाली प्रदेश समिति बैठकमा पोलिटब्युरो सदस्यहरु एटम सी, आधार सी,बन्धु सी केन्द्रिय सदस्यहरु बिबेक सी,ध्रुव सी र रणजीत सी लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान