निराजन तिरुवा, दुबई । दलितहरु शताब्दीऔ शताब्दी देखि अन्याय अत्याचार उत्पिडन सहेर जिवन जिइरहेका छन् । अहिले पनि सहजरुपमा दलितहरु आफ्नो मुक्ती स्वतन्त्रताको लागि जागरुक भएर संघर्ष गर्ने चेतनाको विकास गर्न लागी रहेको अबश्था हो । तर पनि रानैतिक दलहरुका स्वार्थका कारण संघर्ष अगाडी बढाउन नसकेको तितो यथार्थ हाम्रो सामु प्रष्ट छ । यद्यपी नेपाली जनताको सकृय सहभागितामा भएको जनआन्दोलनले ल्याएको परिवर्तन सँगसँगै आफ्नो मुक्ती टाढा नरहेको दलित समुदायले विस्वास गरिरहेका छन् ।
आथिर्क सामाजिक शैक्षिक सबै क्षेत्रमा पछाडी पारिएका दलितहरूको पहुँच कुनै पनि क्षेत्रमा नभएको सत्य हाम्रो सामु घाम झैं छलङग छ । यस्तो जटिल परिस्थितिमा देशमा स्थायी शान्ति र सबै किसिमका बिभेदको अन्त्य गरी समृद्ध समुन्नत राष्ट्र बनाउने जिम्मेवारी दलितहरुको काधमा आएको छ । नेपालमा जन्मेर नेपाली भएर पनि अहिले को २१ औ शताब्दीमा पनि छुवाछूतको संगालोले बाधेर अमानवीय जिवन जिउनु पर्ने अबश्था छ ।
दलित समुदायको पक्षमा आम सञ्चार माध्यममाले कस्तो भूमिका निर्वाह गर्नु पर्छ ? देशका जिम्मेवार राजनैतिक दलहरु लगायत अन्य सरोकारवाला निकायले कस्तो भूमिका खेल्नु पर्दछ ? प्रस्टै भए पनि कसैले गरेनन र गर्ने वाला पनि छैनन । त्यसैले आफ्ना लागी आफै लड्न जरुरी छ । सधै अरुका लागी लड्यौ एक पटक आफ्ना लागी लडेर मुक्तीको स्वास फेर्न जरुरी छ । एउटा हातमा चिची अर्को हातमा पापा बोकेर हिड्ने दलित नेताहरुले यस विषयमा छलफल चलाउन जरुरी छ । छmलफल र वहस गरि राष्ट्रको मुल प्रवाहमा दलित समुदायलाई पुर्याउने गरी समय संगै चेतना विकास गर्न जरुरी छ ।
नेपाली कांग्रेसमा आवद्ध दलित नेताहरु, नेकपा एमालेमा आबद्ध दलित नेता र अन्य दलसँग आबद्ध दलित नेताहरु एक भएर यस विषयमा सोच्न जरुरी छ । दलित आन्दोलन विना मुक्ती सम्भव छैन भनेर बुझन जरुरी छ । सरकारी संचार माध्यममा अझै पनि सरकारी तवरबाट कुनै बिशेष कार्यक्रम संचालन हुन सकिरहेका छैनन । यो दुःखद कुरा हो । यस विषयमा व्यापक छलफल र बहस किन हुन सकिरहेको छैन ?समीक्षा गर्न जरुर िछ । यथार्थ के हो खोजौ र याद गरौ ।
यो राजनीतिक दल नेताहरुको नाटक र नौटङ्की नै हो । जसका कारण देश संकटतीर धकेलीदै छ । नेपाली जनताले नेपाललाई संकटकालीन अबस्थाबाट जोगाउन देशको स्वाभिमान बिक्री गर्ने देशीविदेशी दलालहरुलाई चिन्न जरुरी छ । राजनीतिक दलका आबरणमा गरिने सम्पूर्ण राष्ट्रघाती कामहरुको भण्डाफेर गर्न जरुरी छ । राष्ट्र राष्ट्रियता बलियो बनाउने गरी युवाहरुले लाग्न जरुरी छ ।
नेपाली जनता एकजुट भएर अगाडि बढ्नु पर्ने आवश्यकता भई सकेकाले सम्पूर्ण नेपाली जनता राष्ट्रिय एक हुन जरुरी छ । राष्ट्रिय एकताको अभियान सञ्चालन गरी देशलाई जातीइ विभेद मुक्त र स्वाभीमान स्वालम्बन राष्ट्र बनाउन जुटनु पर्छ । राजनीतिक दलको दमनकारी जनविरोधी काम सबैलाई थाहा भएकै कुरा भएकाले बहिष्कार गर्न जरुरी छ ।
राजनीतिक स्वार्थ सिद्ध गर्नेहरुले कमिसनको खेलमा घुडाले टेकेर विदेशीहरुको आर्शिवाद थाप्ने नेपालका नेताहरुले विवेक विचार विश्वास सिद्धान्त नैतिकता सबै गुमाई सकेकाले बढार्न जरुरी छ ।
नेपाली जनताको वास्तविक जनबलले नैं देशलाई सम्बृद्ध बनाउने भएकाले एकजुट भएर भ्रष्टाचारीलाई किनारा लगाई विकासको ढोका खोल्न जरुरी छ । विकासको मुख्य मुलबाटो एकता र इएमानदारीता भएकाले राष्ट्र भक्तहरु एकजुट हुन जरुरी छ । सम्पूर्ण राष्ट्रबादीहरु एक हौ । भ्रष्टाचारीलाई देशबाट लखेटौ ।
दुबई


