साउन १३ धनगढी । अल्लोबाट उत्पादित कपडाको माग बजारमा बढन थालेको छ । धनगढी उपमहानगरपालीका वडा नम्बर–३ चटकपुरमा रहेको अल्लो कपडा उद्योगमा दिनहँु कपडाको माग बढन थालेको हो ।
पहाडी जिल्ला दार्चुलामा विगत १२ बर्ष देखि दुई वटा मेसिनबाट संचालित उक्त उद्योगबाट उतपादित कपडाको माग बजारमा बढ्न थालेपछि ३ बर्ष देखि धनगढीमा पनि उद्योग संचालनमा ल्याएको संचालक वागमतीदेबी धामीले जानकारी गराईन ।
अहिले ६ वटा मेसिनबाट काम भईरहेको बताउदै उनले माग अनुसार सुदूरपश्चिमका ९ वटै जिल्ला र काठमाण्डौमा पनि कपडा जाने गरेको उनले बताईन । जाडो मौसममा कपडाको माग वढी हुने गरेको र धेरै जसो महोत्सबका बेला उत्पादित कपडाका थान बिक्री हुने गरेको धामीले बताईन ।
गर्मी मौसम भन्दा जाडो मौसमका बेला कपडाको माग धेरै हुने गरेको उनले बताइन् । उद्योगमा कपडा बुन्ने व्यक्तिलाई एक मिटरको एक सय रुपैयाँ ज्याला दिने गरेको बताउदै उनले उद्योगमा उत्पादित एक पिस कपडालाई तीन हजार ५ सय देखि चार हजार सम्म बिक्री गर्दै आएको बताईन ।
सबै खर्च कटाएर बार्षिक पाँच लाख जति बचत हुने गरेको बताउदै उनले पछिल्लो समयमा उद्योगमा उत्पादित कपडाको बजार माग बढ्दै जान थाले पछि दुई वटा मेसिन थप्ने योजना बनाएको उनले जानकारी गराईन ।


