साउन ०५ धनगढी । सुदूरपश्चिम प्रदेशबाट १० हजार ३ सय ८९ जनाले श्रमस्वीकृति लिएका छन । आर्थिक वर्ष २०८०÷८१ मा सुदूरपश्चिम प्रदेशबाट ९ हजार ४ सय ४७ जना पुरुष र ९ सय ४२ जना महिला गरी १० हजार ३ सय ८९ जनाले वैदेशिक रोजगारीमा जानका लागी श्रमस्वीकृती लिएका हुन ।
महिला पुरुष गरी १० हजार ३ सय ८९ जनाले वैदेशिक रोजगारीका लागि श्रमस्वीकृत लिएको नेपाल राष्ट्र बैंक धनगढीले गरेको अध्ययन प्रतिवेदनले देखाएको हो । सुदूरपश्चिम प्रदेशबाट विदेश जानेको संख्या वर्षेनी बढ्दो क्रम्मा रहेको यो तथ्याङकले देखाएको छ ।
वैदेशिक रोजगारीमा जाने पुरुषसँगै महिलाको संख्या पनि बढ्न थालेको छ। साथै वैदेशिक रोजगारमा जान पुनः श्रम स्वीकृति लिनेको संख्या पनि बढ्न थालेको तथ्याङकले देखाएको छ । मलेसिया, ओमन, बहराइन, रोमानिया, जोर्डन, जापान, कोरिया, पोल्यान्ड, कंगो, माल्दिभ्स, इन्डोनेसिया, इजरायल र माल्टा,यूएई, कतार र साउदीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या बढेको श्रम तथा रोजगार कार्यालय धनगढीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको वैदेशिक रोजगारीको प्रमुख गन्तव्य भने भारत भए पनि रोजगारीका लागि भारतमा कति जना गएका छन भन्ने आधिकारिक तथ्यांक भने राखिएको छैन ।
झण्डै ६ लाखको संख्यामा भारतका विभिन्न सहरमा कामको खोजीमा सुदूरपश्चि प्रदेशबाट गएको हुनसक्ने अनुमान गरिएको छ । स्वदेशमा रोजगारीका अवसर नहुँदा वर्षेनी भारत लगायत तेस्रो मुलुक जाने श्रमिकको संख्या बढ्दै गएको छ । छिमेकी मुलुक भारतमा परिवार सहित जानेको संख्या पनि दिन प्रतिदिन बढदै जान थालेको छ ।


