"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आम्दानीको स्रोत बन्दै कैलालीको गोदावरीमा रहेको काठेपुल

No data was found

Khabar Raftar

असार ०६ धनगढी । प्रयोगविहीन अवस्थामा रहेको कैलालीको गोदावरीमा रहेको काठेपुल आम्दानीको स्रोत बन्दै गएको  छ । गोदावरी नगरपालिका वडा नम्बर–४ स्थित गोदावरी नदीमा रहेको काठेपुल आम्दानीको स्रोत बन्दै गएको हो । पुरानो काठेपुल नजिकै सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गमा पक्की पुल बनेपछि विगत केही वर्षदेखि काठे पुल सवारीसाधन ओहोर दोहोरका लागि बन्द गरिए पछि पर्यटकको रोजाईमा परेका कारण आम्दानीको स्रोत समेत बन्दै गएको हो । पुल हेर्नकै लागी पर्यटकहरु गोदावरी पुग्ने गरेका छन ।

पुलमा घुमफिर गर्नुका साथै विभिन्न जातजातिको मौलिक पहिरन लगाएर फोटो खिचाउने, भिडियो बनाउने गरेका कारण केही ब्याक्तिहरुको आयस्रोत बनेको हो । कैलालीको गोदावरी क्षेत्र घुम्न आन्तरिक सहित भारतीय पर्यटक पुग्ने गरेका छन  । घुमफिरका लागि गोदावरी पुगेकाले मौलिक पोसाक भाडामा लिएर फोटो खिचाउँदा स्थानीयवासीले राम्रो आम्दानी गर्दै आएका छन । भाडामा पोसाक दिएर चाडपर्व वा सार्वजनिक बिदाको दिनमा दैनिक २० देखि २५ हजार रुपियाँ सम्म कमाएको व्यवसायी जानकी ठकुन्नाले बताइन । उनले पहिले भाडामा ड्रेस दिने दुई वटा मात्रै पसल हुँदा दिनभरिमा अन्य व्यापार भन्दा राम्रो कमाइ हुने गरेको बताउदै अहिले यस्ता पसल चार वटा भए पछि पहिलेको तुलनामा आम्दानी केही घटेको बताईन ।

ठकुन्नाले हाल दैनिक दुई हजार देखि लिएर सात हजार सम्म आम्दानी भइरहेको बताइन । क्षेत्री, मगर, थारू, तामाङ, नेवारका मौलिक पहिरन भाडामा उपलब्ध गराउने गरेको बताउदै उनले आधा घण्टाका लागि लुगा लगाए बापत एक सय, एक घण्टाका लागि दुई सय रुपैया भाडामा दिने गरेको बताईन । घुमफिर गर्नेले विभिन्न जातिको मौलिक पहिरन लगाएर फोटो, भिडियो खिचाउने गरेको बताउदै उनले गोदावरी पुल वरिपरि २६ जना फोटोग्राफरले काम पाइरहेको बताईन । उनीहरूले एक सय रुपियाँमा पाँच वटा फोटो खिचेर तत्कालै मोबाइलमा पठाउने गरेको उनले बताईन ।

फोटोग्राफर नितिन भट्टराईले फोटो खिचेर दैनिक राम्रै कमाइ भइरहेको बताए  । उनले एउटै पुलमा २६ जना फोटोग्राफरले काम पाएको बताए । गोदावरीको काठे पुल जीर्ण अवस्थामा छ । गत वर्ष त्यसको एकातिर कमजोर भए पछि केही समय त्यसमा घुमफिर गर्न रोक लगाइएको थियो  ।

पुल पर्यटकीय स्थल बनिसकेकाले यसको संरक्षण स्थानीय सरकार सहित सरोकारवालाले गर्नुपर्ने व्यवसायी ठकुन्नाले   बताए । पछिल्लो समय गोदावरीमा पर्यटक आकर्षण गर्ने संरचना थपिँदै गएका छन  । गोदावरी जिपलाइन सञ्चालनमा आए पछि दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ  । थप आकर्षणका लागि भाइरल पुलमाथि अब छाता राख्ने योजना रहेको स्थानीय व्यवसायीले बताएका छन  ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान