जेठ २९ धनगढी । धनगढीमा रात्रिकालीन बजार लाग्ने भएको छ । धनगढीको खुलामञ्चको सडक किनारमा रात्रिकालीन बजार लाग्ने भएको हो । युवाहरूले दिनमा अध्ययन गर्न र साँझको समयमा आय–आर्जन गर्न सकुन् भन्ने उदेश्यले धनगढी उपमहानगरपालिकाले रात्रिकालीन बजार लगाउने योजना बनाएको हो ।
युवाहरूलाई आय–आर्जन गर्न सक्ने बनाउन आगामी वर्षबाट धनगढीमा हरेक वर्ष रोजगार मेला आयोजना समेत गरिने भएको छ । आगामी वर्षको बजेटमा धनगढी उप–महानगरपालिकाले रोजगार मेलाको आयोजना गर्ने भएको हो । संघ, प्रदेश र सुदूरपश्चिमका सम्पूर्ण स्थानीय तहसँग सहकार्य गरेर हरेक वर्ष रोजगार मेला लगाउने नगरपालीकाले जनाएको छ ।
धनगढीमा हरेक वर्ष रोजगार मेला लगाउने जानकारी गराउदै त्यसका लागि संघ सरकार, प्रदेश र सुदूरपश्चिमका स्थानीय तहसँग समन्वय गर्ने नगर प्रमुख गोपाल हमालले जानकारी गराए ।
Post Views: 126


