धीरज प्रपाला, जेठ २८ धनगढी । नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालले रोजगारी सृजना गर्न विभिन्न मागहरु राख्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएको छ । सोमबार युवा संगठन नेपालले ब्यानर र प्लेकार्डसहित विभिन्न माग गर्दै सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिएको हो ।
विश्वका उत्पीडित तथा श्रमीक युवाहरु एक होऔ , माक्र्सबाद लेनिनबाद माओबाद जिन्दा बाद । एकिकृत जनक्रान्ती जिन्दाबाद,नेपाली विशेषताको समाजबाद जिन्दाबाद लेखिएको ब्यानर सहित मुख्यमन्त्री कार्यालय अगाडी एक घण्टा धर्ना दिएको युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज सुशिल सीले जानकारी गराए ।
बेरोजगार युवाहरुलाई रोजगारको ग्यारेन्टी गर, बन्द रहेका राष्ट्रिय उद्योग तुरुन्त सञ्चालन गर,स्वदेशमै रोजगारी सृजान गर, युवा रोजगारीका क्षेत्रमा लगानी गर, युवा जागे देश बन्छ, युवा भागे देश डुब्छ , बैदेशिक रोजगार सुरक्षित गर, ठगी गर्ने म्यानपावर दलेलाई कारबाही गर, युवा संगठन नेपाल जिन्दाबाद ।
एकिकृत जनक्रान्ती जिन्दाबाद लेखिएका प्ले कार्ड सहित धर्ना दिएको युवा संगठन नेपाल केन्द्रिय समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज सुशीलले जानकारी गराए । धर्नामा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य देव सी, कैलाली सचिव सरोज सी लगायत युवा संगठन नेपालका कार्यकर्ताहरुको सहभागीता रहेको उनले जानकारी गराए ।


