"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमाञ्चल साहित्य समाजले दानवीर बद्रीनाथ भण्डारीको शालिक स्थापना गर्ने

No data was found

Khabar Raftar

बैशाख २८ धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीले सुदूरपश्चिम प्रदेशकै सर्बाधिक राशीको पुरस्कार बद्रीकृष्णा वाङ्मय पुरस्कार एक लाख एघार हजार एक सय एघारका संस्थापक दानवीर , वरिष्ठ समाजसेवी , भाषा, साहित्य, कला र सँस्कृतिको उन्नयनमा विशिष्ट योगदान पु¥याउनु भएका स्वः बद्रीनाथ भण्डारीको शालिक स्थापना गर्ने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीले स्वः भण्डारीको ९९ औं जन्मजयन्तीका अबसरमा समारोहको आयोजना गरि उक्त कुराको जानकारी गराएको हो ।

समारोहका प्रमुख अतिथि नेपाल सरकारका पूर्व उपसचिव एवं प्राज्ञिक व्यक्तित्व गडसेरी माइला तीर्थराज ओझाले सहयोगी मनका धनी स्वः बद्रीनाथ भण्डारीले साहित्य, समाजसेवा, शिक्षा लगायतका क्षेत्रमा विशिष्ठ योगदन पु¥याउनु भएको बताउदै उहाका परिवार पनि सहयोगी भावनाका भएकोे बताए । त्यसैगरी वरिष्ठ पत्रकार मनमोहन स्वारले स्वः भण्डारी आफू , आफ्नो परिवारका लागि मात्र नभईअरूका लागि पनि सक्दो सहयोग गर्न सक्नुपर्छ भन्ने उच्च मानवीय भावनाका प्रेरक व्यक्तित्व भएकोे बताए ।

सुदूरपश्चिम विश्वविद्यालयका सह प्राध्यापक हरिकृष्ण कडायतले उनको व्यक्तित्व र कृतित्वको बारेमा विश्वविद्यालयले पनि अध्ययन गर्नु पर्ने वातावरण बनाउनु पर्ने बताउदै भण्डारी परिवारको धनगढीको शैक्षिक सामाजिक विकासमा उल्लेख्य योगदान रहेको बताए । स्वः भण्डारीका सुपुत्र राजेश भण्डारीले आफ्नाका पिताका प्रेरणाले सामाजिक शैक्षिक साँस्कृतिक क्षेत्रमा लाग्न उत्साहित बनाएको भन्दै साहित्य समाजका गतिविधिमा सक्दो सहयोग गर्ने बताए । स्वः भण्डारीका भतिजा इन्जिनियर कृष्णगोपाल भण्डारीले काकाले कमजोर तप्कालाई सधै सक्दो सहयोग गर्नुभएको स्मरण गरे ।

समारोहमा समाजका अध्यक्ष तीर्थराज पाण्डेयले साहित्य समाज परिसरमा स्वः बद्रीनाथ भण्डारीको शालिक स्थापना गर्नै जानकारी गराए । अध्यक्ष पाण्डेले शालीक स्थापना गर्ने जानकारी गराए पछि स्व भण्डारीका सुपुत्र राजेश भण्डारीले एकाउन्न हाजार, पुत्रवधु चित्रा भण्डारीले एघार हजार, भतिजा इन्जिनीयर कृष्णगोपाल भण्डारीले पन्ध्र हजार र भतिजा चित्रराज भण्डारीले एघार हजार शालिक निर्माणका लागि प्रदान गर्ने घोषणा गरेका थिए । कार्यक्रमको संचालन महासचिब गणेश बहादुर नेपालीले गरेका थिए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान