"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोपिचाको परिचर्चा साहित्यक श्रष्ठाहरुमा ठूलो उत्साह

No data was found

Khabar Raftar

प्रदिप मलासी,चैत्र ०२ धनगढी । बझाङका प्रमुख जिल्ला अधिकारी विश्व कुईकेलद्वारा लिखित गोपिचा उपन्यासको शुक्रवार धनगढीमा परिचर्चा कार्यक्रम गरिएको छ । सुदूरपश्चिमाच्चल साहित्य समाजको आयोजनामा शुक्रवार साहित्य समाजको सभा हलमा औपचारिक कार्यक्रमको आयोजना गरी गोपिचा उपन्यास माथी परिचर्चा कार्यक्रम गरिएको हो । कार्यक्रममा तुलसि शर्मा र नरेन्द्र भट्टले उक्त उपन्यास माथी परिचर्चा गर्दै जातिय बिभेदको अन्त्यसंगै ब्यवस्था परिवर्तनका लागि अपमान सहन गर्न वाध्य गोपीचालाई राज्यले सहिद धोषणा गर्नु पर्ने भन्दै उपन्यासले दिन खोजेको भाव समाज परिवर्तनको ठूलो मार्ग दर्शन भऐको बताए ।

प्रेम बिबाहकै कारण जात जाने र जेल जीवन बिताउनु परेका गोपीचाले राणा शासनको दबदवालाई अन्त्य गर्न र राजबन्दी नेताहरुलाई जेल मुक्त गर्न गोपीले ठूलो योगदान गरेको वक्ताहरुले चर्चा गरेका छन । साहित्य भेषभुषा भेग भुगोल संगै जीवन शैली रुपान्तरण गर्न साहित्य क्षेत्रको अतुलनिय योगदान रहने भन्दै साहित्यकारले साहित्यिक कलमलाई निरन्तरता दिनु पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख वरिष्ठ प्रहरी नायव महानिरिक्षक रबिन्द्र केसीले बताए । तीन पुस्ता अगाडीको समाजमा देखा परेको दृश्यलाई भिज्युयल मार्फत पुर्नताजकिय गर्नु भएकोमा उपन्यासका लेखक विश्व कुईकेल सरलाई प्रमुख केसीले धन्यवाद सहित व्यक्त गरेका छन ।

गोपिचाले व्यवस्था परिवर्तनका लागि गरेको योगदानलाई राज्यले मुल्यांकन गर्नु पर्ने भन्दै गोपिचा जस्तै धेरै गुमनामहरुको शरीर माथी प्राप्त श्रीपेच भएकाले पुस्तकको बाहिरी पृष्ठमा श्रीपेचको तस्बिर राखेको लेखक विश्व कईकेलले बताए । सुदूरपश्चिममा भएका धेरै बिभेदको अन्त्य साहित्यको लेखनवाट सम्भव भएकाले साहित्य क्षेत्रको बिकासमा सबै साहित्य श्रष्ठाहरुले निरन्तरता देखाउनु पर्ने भन्दै आफ्नोे कृतिको परिचर्चा कार्यक्रम गरी साहित्य उर्जा थपि दिनु भएकोमा सुदूरपश्चिम साहित्य समाजलाई उनले धन्यवाद व्यक्त गरे ।

हरेक सिर्जनाहरु बिचार विमर्श गर्ने थलोको रुपमा सुदूरपश्चिम साहित्य समाज रहेकाले कृतिहरुको बारेमा यस्ता कार्यक्रम निरन्तरता दिदै आएको र साहित्य प्रति रुचि राख्ने सबै साहित्यिक मनहरुलाई आफुहरु उत्साह थप्न लागि रहने कार्यक्रमका अध्यक्ष तथा सुदूरपश्चिमाच्चल साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयले बताए । साहित्य हाम्रो अभिन्न अंग भएकाले समाज सुधार बिकासका सवालमा कलम चलाई साहित्य क्षेत्रमा सबैको आक्रषणता बढाउने गोपिचा उपन्यासका लागि लेखक विश्व कुईकेललाई अध्यक्ष पाण्डेयले धन्यवाद व्यक्त गरेका छन ।

सुदूरमा हुने बैबाहिक अवस्थालाई हरेक जाति बर्ग समुदायले सहज रुपमा स्वीकार गर्न सके समाजको बिद्यमान विभेद अन्त्य गर्न कुनै समय नलाग्ने प्रेस युनियन प्रदेश अध्यक्ष मनमोहन स्वारले बताए । साहित्य समाजका महासचिव गणेश नेपालीले विश्व कुईकेल जस्तो साहित्यकार सुदूरपश्चिमको परिवर्तनका लागि एक उदाहरणिय व्यक्ति भएकाले सुदूरको बिभेदको पर्खाल भत्काउने विश्व कुईकेल जन्माउनु पर्ने बताए ।

शुक्रवार सुदूरपश्चिमाञ्चल साहित्य समाज धनगढीले गरेको परिचर्चा कार्यक्रमको अध्यक्षता सुदूर पश्चिम साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयले गरेका थिए भने सुदूरपश्चिम प्रहरी प्रमुख रबिन्द्र केसी प्रमुख अथिति रहनु भएको कार्यक्रमको संचालन साहित्य समाजका महासचिव गणेश नेपालीले गरेका थिए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान