"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको गड्डाचौकी नाका भएर आउने पर्यटकको संख्या बढ्यो

No data was found

Khabar Raftar

कार्तिक २० कञ्चनपुर । कञ्चनपुरको सीमा नाका गड्डाचौकी भएर आउने पर्यटकको सङख्या बढेको छ । सीमा नाका गड्डाचौकी भएर अक्टोबर महिना सम्म आठ सय ८७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको डिसेम्बर महिना सम्म पाँच सय ४२ जना पर्यटक नेपाल भित्रिएका थिए ।

गत वर्ष भन्दा यस वर्षको अक्टोबर सम्म मात्रै तीन सय पाँच जना बढी पर्यटक नेपाल भित्रिएका हुन् । कोरोनाको सङ्क्रमण घटदै गएकाले आवत जावतका लागि वातावरण सहज भए पछि विदेशी पर्यटक आउने क्रम बढ्दै गएको हो । भारतबाट स्थलमार्ग हुदै फ्रान्स, इजरायल, रुस, संयुक्त अधिराज्य (युके), संयुक्त अधिराज्य अमेरिका, जापान लगायत युरोपेली देशका नागरिकहरु नेपाल भित्रिने गरेको गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अधिकृत पदमराज भट्टले जानकारी गगराए ।

उनले सबैभन्दा बढी अक्टोबर महिनामा एक सय ६१ जना पर्यटक आएको जानकारी गराए । गत जनवरीमा ३१ जना, फ्रवरीमा ६३ जना, मार्चमा एक सय ३७ जना, अप्रिलमा एक सय १३ जना, मेमा ८५ जना, जुनमा ४५ जना, जुलाईमा २० जना, अगस्तमा ३७ जना र सेप्टेम्बरमा एक सय ५५ जना पर्यटक नेपाल भित्रिएको उनले जानकारी गराए ।

त्यसैगरी सन् २०२० मा छ सय २० जना र सन् २०२१ मा ५८ जना पर्यटक सीमा नाका भएर नेपाल आएको उनले बताए । सीमा नाका गड्डाचौकी भएर बाहिरिने पर्यटकको संख्या भने शून्य रहेको उनले जानकारी गराए । भारत सरकारले निश्चित नाकाहरुबाट मात्रै पर्यटक बाहिरिने अनुमति दिएकाले यस नाकाबाट बाहिरिने पर्यटक शून्य भएको उनले बताए ।

कोरोना महामारीको संङ्क्रमण पश्चात् सन् २०२१ को डिसेम्बर देखि सीमा नाका भएर भारततर्फ जाने पर्यटकलाई भारत सरकारले रोकेको उनले बताए ।
“सीमा नाका भएर भित्रिने पर्यटकहरु एक दिन महेन्द्रनगर बजार क्षेत्रका होटलमा बसेर अन्यत्र जाने गरेको अध्यागमन कार्यालयका सूचना अधिकारी पदमराज भट्टले जानकारी गराए ।

केही सिधै गन्तव्यमा जाने गरेको बताउदै उनले अधिकांश पर्यटक पोखरा, काठमाण्डौं, लुम्बीनी, अछामको रामारोशन, खप्तड, बर्दिया, चितवन राष्ट्रिय निकुञ्ज घुम्नका लागि आउने गरेको जानकारी गराए । महिनामा एक दुई जना मात्रै पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्नका लागि इच्छा जाहेर गर्ने गरेको बताउदै उनले कुन गन्तव्यमा जाने भन्नेबारे विदेशी पर्यटकले आउनु अघि नै योजना बनाइसकेको हुने उनले जानकारी गराए ।

योजना अनुसार होटेलमा बसेर तोकिएको गन्तव्यमा जाने मार्ग प्रयोग गर्ने गरेको उनले बताए । भारत हुँदै कञ्चनपुर आइपुग्ने अधिकांश पर्यटकले भारतीय रुपैंया बोकेर आउने गरेको र भिसा दिँदा लाग्ने शुःल्क डलरमा लिइने भएकाले सटही काउन्टर नहुँदा डलर खोज्ने झन्झट हुने गरेको उनले बताए ।

नेपाली नागरिकसँग बैवाहिक सम्बन्धमा बाँधिएका विदेशीको भिसा म्याद समाप्त भएको खण्डमा थप्न चाहे ९० डलर भिसा शुःल्क लिएर थप्न सक्ने अधिकार अध्यागमन अधिकृतलाई भएको उनले बताए ।

त्यसैगरी पर्यटकले तोकेको समय अवधि पूरा गरी एक महिना अझै नेपालमै घुम्ने इच्छा जाहेर गरेमा तोकिएको भिसा शुःल्क लिएर म्याद थप्न सक्ने व्यवस्था रहेको सूचना अधिकारी भट्टले जानकारी गराए । वैवाहिक भिसाको म्याद थप्ने विदेशीहरुको संख्या केही वर्ष देखि बढ्दै गएको उनले जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान