"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बझाङका तीनवटै हाइड्रो पावर आयोजना ६४ मेगावाट विद्युत प्रणालीमा जोडिए

No data was found

Khabar Raftar

साउन २० बझाङ । सुदूपश्चिम प्रदेशको बझाङस्थीत कालंगा नदी बेसिनमा निर्माणाधीन ३ वटा जलविद्युत आयोजनाको बिजुली पूर्णरूपमा प्रणालीमा जोडिएका छन् । बझाङको बुंगल नगरपालिकामा र केदारस्युँ गाउँपालिकामा संञ्चालित माथिल्लो कालंगा हाइड्रो पावर, कालंगा गाड हाइड्रो पावर र सानीगाड हाइड्रो पावरको आयोजना बिजुली पूर्णरूपमा विद्युत प्रणालीमा जोडिएका हुन् ।

३ वटा जलविद्युत आयोजना ६४ मेगावाट भन्दा बढी विद्युत प्रणालीमा जोडिएको हो । यसअघि ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड हाइड्रो पावर र १५.३३ मेगावाटको कालंगा गाड हाइड्रो पावर प्रणालीमा आवद्ध भइसकेकोमा बिहीबार देखि १०.७० मेगावाटको सानी गाड हाइड्रो पावर पनि सञ्चालनमा आएको बुंगल हाइड्रो लिमिटेडका सञ्चालक राजेशकुमार श्रेष्ठले जानकारी दिए ।

योसँगै सानी गाड हाइड्रो प्रालि अन्तर्गतका ३ वटा कम्पनीले उक्त बेसिनमा विकास गरेका ३ वटा आयोजनाबाट ६४.४९ मेगावाट विद्युत दार्चुलाको बलाँच स्थित नेपाल विद्युत प्राधिकरणको १३२÷३३ केभी सबस्टेसनमा आवद्ध भएको छ । यी ३ वटा जलविद्युत आयोजनाको बिजुली बलाँच पुर्याउन प्रवर्द्धकले ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेको छ ।

जुन, अहिलेसम्म निजी क्षेत्रले निर्माण गरेको सबैभन्दा लामो लाइन मानिएको छ । उक्त परिमाणसँग बलाँच सबस्टेसनमा जोडिएको निजी क्षेत्रको विद्युत करिब १२१ मेगावाट पुगेको छ । प्राधिकरणद्वारा निर्मित ३० मेगवाटको चमेलिया समेत जोड्दा यस सबस्टेसनमा आवद्ध विद्युतको परिमाण करिब १५१ मेगावाट हुन पुग्छ । यसअघि, अपि पावरले निर्माण गरेको ४० मेगावाटको माथिल्लो चमेलियाबाट व्यापारिक उत्पादन भइसकेको छ भने सोही कम्पनीद्वारा निर्मित ८.५ मेगावाटको नौगड गाड र ८ मेगावाटको माथिल्लो नौगड गाड पनि सञ्चालनमा आइसकेका    छन् ।

माथिल्लो कालंगा गाड सानी गाड हाइड्रो कम्पनीद्वारा निर्माण गरिएको ३८.४६ मेगावाटको माथिल्लो कालंगा गाड हाइड्रो पावर ले २०७९ माघ १३ गते देखि विद्युत उत्पादन सुरु गरेको थियो । ६ अर्ब ९४ करोड रुपैयाँ लागतमा निर्माण पूरा गरिएको यो आयोजनामा माचापुच्छ्रे बैंक लिमिटेडको अगुवाईमा ८ वटा बैंकले लगानी गरेका छन् । त्यस्तै कालंगा हाइड्रो इनर्जी कम्पनीले निर्माण गरेको १५.३३ मेगावाटको कालंगा गाडबाट पनि २०७९ सालमै विद्युत उत्पादन भएको थियो ।

३ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण गरिएको यस आयोजनामा एनएमबी बैंक लिमिटेडको अगुवाईमा ६ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । निर्माण पूरा गर्दासम्म यसको लागत २ अर्ब २० करोड रुपैयाँ पुगेको कम्पनीले जानकारी दिएको छ ।

७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानीको हिस्सा रहेको छ ,भने सोही नदी बेसिनमा बुंगल हाइड्रो पावर कम्पनीले निर्माण गरेको १०.७० मेगावाटको सानी गाड साउन १८ गतेदेखि प्रणालीमा जोडिएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान