"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बुढीगङ्गा जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया पूरा नहुँदा काम अगाडी बढ्न सकेन

No data was found

Khabar Raftar

साउन ११ अछाम । अछामको बुढीगङ्गा जलविद्युत् आयोजनाको ठेक्का प्रक्रिया पूरा नहुदा आयोेजनाको काम अगाडी बढ्न सकेको छैन । २० मेगावाटको उक्त आयोजनाको समयमै ठेक्का प्रक्रिया पूरा नहुँदा निर्माण कार्य अगाडी बढ्न नसकेको हो । आयोजना निर्माणको मुख्य कामको समयमै ठेक्का नहुँदा निर्माण कार्य पछि धकेलिँदै गएको छ  । आयोजना निर्माणको लागि तीन पटक सम्म ठेक्का प्रक्रिया रद्द हुँदा निर्माणको कार्य अघि बढ्न नसकेको हो ।

पावर हाउस, टनेल र ड्याम निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिए पनि तीनै पटक ठेक्का रद्द भएको बताईएको छ । आयोजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर स्वतन्त्रकुमार कर्णका अनुसार ०७८ साल भदौमा गरिएको दुई चरणको ठेक्का प्रक्रियामा एउटा कम्पनीको मात्र बोलपत्र परेकाले उक्त ठेक्का प्रक्रिया रद्द गरिएको थियो । त्यसको छ महिना पछि चैतमा गरिएको एकल चरण ठेक्का प्रक्रियामा आएका कम्पनीले ठेक्का रकम भन्दा बढी ठेक्का हाले पछि उक्त प्रक्रिया पनि रोकिएको इन्जिनियर कर्णले बताए ।

आयोजनाले पुनः ०७९ साल असोजमा अन्तर्राष्ट्रियस्तरकै बोलपत्र आह्वान गरे पनि कम्पनीहरूले त्यसमा तोकिएको रकम भन्दा बढी ठेक्का हालेकाले प्रक्रिया अघि नबढेको इन्जिनियर कर्णले जानकारी गराए । इन्जिनियर कर्णले चौथो पटक बोलपत्र खोलिएकाले त्यसको प्रक्रिया पूरा भएपछि मात्र आयोजना स्थलका मुख्य निर्माणका काम हुने बताए । ठेक्का प्रक्रिया पटक पटक रद्द हुँदा आयोजना निर्माणमा ढिलाइ भइरहेको साँफेबगरका युवा कृष्ण बुढाले बताए ।

करिब १८ महिनामा सम्पन्न हुने डिपिआर ठेक्का प्रक्रियामै तीन वर्ष लागेपछि निर्माण समयमै सम्पन्न हुनेमा शंका उत्पन्न भएको छ । आयोजना स्थल नजिकै प्रशासनिक भवन, पावर हाउस जाने पहुँच मार्ग र पुल निर्माण भइसकेका छन  भने आयोजनाका लागि अछाममा २ सय ५० रोपनी, डोटीमा ५० र बाजुरामा २० रोपनी जग्गाको मुआब्जा वितरण समेत भइसकेको बताइएको छ ।

छ अर्ब लागत अनुमान गरिएको उक्त आयोजनामा साउदी विकास कोषको तीन अर्ब २० करोड, कुवेत विकास कोषको एक अर्ब ८० करोड ऋण र बाँकी नेपाल सरकारले लगानी गर्ने गरी आयोजना सुुरु गरिएको हो । उत्पादित विद्युत् १ सय ३२ केभी प्रसारण लाइनबाट कैलालीको पहलमानपुरमा रहेको सब स्टेसनमा जोडिने बताईएको छ  । करिब ८२ किलोमिटर लामो प्रसारण लाइन साँफेबगरबाट डोटी हुँदै कैलालीको पहलमानपुर सम्म पुग्ने आयोजनाले जनाएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान