बैशाख १२ धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ६ वटा नमूनाको कोरोना परिक्षण गरिएकोमा १५ जनामा संक्रमणको पुष्टि भएको हो ।
स्वास्थ निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १ सय ८६ नमूनाको कारोना परिक्षण गर्दा १४ जना र पीसीआर बिधिबाट २० नमूनाको कोरोना परिक्षण गर्दा १ जना गरी थप १५ जनामा संक्रमणको पुष्टि भएको हो ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ४९ पुगेको छ ।
Post Views: 120


