चैत्र २६ धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतवार एकै दिन २२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ।
सात सय ६२ जनामा एन्टिजेन विधिबाट कोरोना भाइरसको नमुना परीक्षण गरिएकोमा १८ जना र ४० जनाको पिसिआर विधिबाट गरिएको परिक्षणमा चार जना गरी २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १९ जना कैलालीका, दुई जना कञ्चनपुर, र एक जना बैतडी जिल्लाका रहेको जानकारी गराएको छ।
Post Views: 133


