चैत्र २५ बैतडी । बैतडीको झुलाघाट नाकाबाट फर्केका ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट स्वदेश फर्किएका ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकका अनुसार सीमा नाका झुलाघाटमा गरिएको परीक्षणमा एकसातामा सात जनामा संक्रमणको पुष्टि भएको हो । भारतबाट फर्कने सबैको कोरोना परीक्षण गर्ने गरिएको र उनीहरुमध्ये पछिल्लो एकहप्तामा सात जनामा कोरोनाको पुष्टि भएको हो।
बैतडीका मात्रै नभएर अन्य जिल्लाका नागरिकमा समेत संक्रमणको पुष्टि भएको पाईएको छ। झुलाघाट नाकाबाट स्वदेश फर्कनेहरुको अनिवार्य कोरोना जाँच गरिनुका साथै मास्क समेत अनिवार्य गरिएको छ।
Post Views: 103


